News Portal

रेडियो सुन्नुहोस्

फोहोर व्यवस्थापन नहुँदा खोलानाला प्रदुषित बन्दै

झुलेनीपोष्ट२०७९माघ,१९ प्यूठान
६४३ पटक
२०७९माघ,१९ प्यूठान

जिल्लाका बजार क्षेत्र आसपासका खोलानाला प्रदुषित बन्दै गएको छ । खोलाको आसपासमा रहेका पसल, बजार, होटेल तथा अन्य ब्यापार व्यवसाय गर्दै आएका व्यापारी तथा स्थानीयवासिन्दाले जथाभावी फोहोर फ्याक्नाले खोला प्रदुषित बन्दै गएको हो । प्यूठान नगरपालिका ३ जुर्मीखोला स्थित पुलमुनी प्लास्टिकका बोतल, सिसा, कागज, कपडा लगायतका फाहोर यत्रतत्र छरिएर रहेका छन् । त्यस्तै झिमरुक खोला नजिकै किनार र नदिमा हेर्ने हो भने दिनहु जसो कागज, पलास्टिक, मरेका तथा सडेगलेका पशु बग्दै आएको देखिन्छ । जसका कारण खोलानाला दुर्गन्दित बन्दै गएको छ । यही खोलामा बजार क्षेत्र नजिकै वसोवास गर्दै आइरहेका स्थानीयवासीहरु नुहाँउन, कपडा धुन जाने गर्छन ।
प्यूठान नगरपालिकाले वार्षिक रुपमा मोटो रकम खर्च गरेर दैनिक रुपमा फोहोर संकलन गर्दै आईरहेको छ । नगरपालिकाले प्यूठान नगरभित्रको फोहोर व्यवस्थापन गर्ने भनी वार्षिक रुपमा करिब ३० लाखको हारहारीमा बजेट छुट्याउदै आएको छ । नगरपालिकाले बजार भित्रबाट निस्केको फोहोर मात्र व्यवस्थापन गर्नाले पनि सडक नजिकैको खोलानाला कुरुप देखिएको हो ।
प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र वर्माले अव नागरिकलाई अनुशासनका कुरा सिकाउनुपर्ने बताए । स्थानीयले फाहोर व्यवस्थापन नगर्नाले भित्री बजार बाहेक अन्य स्थानमा फोहोरको डङ्गुर देखिएको भन्दै फोहोरलाई तत्काल व्यवस्थापन गर्ने बिषयमा छलफल भईरहेको उनले बताए । उनले नागरिकस्तरमा सचेतनामुलक कार्यक्रम गर्ने तथा निश्चित ठाउँमा मात्र फोहोर जम्मा गर्ने विषयमा नागरिकलाई शुसुचित गराउने पनि बताए । बजार क्षेत्रको मुख्य सडक आसपासमा रहेको खोलाको नहरनै प्रदुषित बन्दा विभिन्न प्रकारका रोगव्याधी फैलिने भएकाले यसलाई समयमै व्यवस्थापन गर्नुपर्ने आवाश्यकता देखिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...