News Portal

रेडियो सुन्नुहोस्

फोहोर व्यवस्थापन नहुँदा खोलानाला प्रदुषित बन्दै

झुलेनीपोष्ट२०७९माघ,१९ प्यूठान
४६६ पटक
२०७९माघ,१९ प्यूठान

जिल्लाका बजार क्षेत्र आसपासका खोलानाला प्रदुषित बन्दै गएको छ । खोलाको आसपासमा रहेका पसल, बजार, होटेल तथा अन्य ब्यापार व्यवसाय गर्दै आएका व्यापारी तथा स्थानीयवासिन्दाले जथाभावी फोहोर फ्याक्नाले खोला प्रदुषित बन्दै गएको हो । प्यूठान नगरपालिका ३ जुर्मीखोला स्थित पुलमुनी प्लास्टिकका बोतल, सिसा, कागज, कपडा लगायतका फाहोर यत्रतत्र छरिएर रहेका छन् । त्यस्तै झिमरुक खोला नजिकै किनार र नदिमा हेर्ने हो भने दिनहु जसो कागज, पलास्टिक, मरेका तथा सडेगलेका पशु बग्दै आएको देखिन्छ । जसका कारण खोलानाला दुर्गन्दित बन्दै गएको छ । यही खोलामा बजार क्षेत्र नजिकै वसोवास गर्दै आइरहेका स्थानीयवासीहरु नुहाँउन, कपडा धुन जाने गर्छन ।
प्यूठान नगरपालिकाले वार्षिक रुपमा मोटो रकम खर्च गरेर दैनिक रुपमा फोहोर संकलन गर्दै आईरहेको छ । नगरपालिकाले प्यूठान नगरभित्रको फोहोर व्यवस्थापन गर्ने भनी वार्षिक रुपमा करिब ३० लाखको हारहारीमा बजेट छुट्याउदै आएको छ । नगरपालिकाले बजार भित्रबाट निस्केको फोहोर मात्र व्यवस्थापन गर्नाले पनि सडक नजिकैको खोलानाला कुरुप देखिएको हो ।
प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र वर्माले अव नागरिकलाई अनुशासनका कुरा सिकाउनुपर्ने बताए । स्थानीयले फाहोर व्यवस्थापन नगर्नाले भित्री बजार बाहेक अन्य स्थानमा फोहोरको डङ्गुर देखिएको भन्दै फोहोरलाई तत्काल व्यवस्थापन गर्ने बिषयमा छलफल भईरहेको उनले बताए । उनले नागरिकस्तरमा सचेतनामुलक कार्यक्रम गर्ने तथा निश्चित ठाउँमा मात्र फोहोर जम्मा गर्ने विषयमा नागरिकलाई शुसुचित गराउने पनि बताए । बजार क्षेत्रको मुख्य सडक आसपासमा रहेको खोलाको नहरनै प्रदुषित बन्दा विभिन्न प्रकारका रोगव्याधी फैलिने भएकाले यसलाई समयमै व्यवस्थापन गर्नुपर्ने आवाश्यकता देखिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...