News Portal

रेडियो सुन्नुहोस्

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु: भक्तपुर तनावग्रस्त, १५ सेल अश्रुग्यास प्रहार

सिखबर संवाददाताअसोज १७, २०७५
८४१ पटक
असोज १७, २०७५

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित पाण्डु बजारमा बुधबार साँझ एक टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काभ्रेबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख.३६५० नम्बरको टिप्परले त्यही दिशातर्फ जाँदै गरेको बा८८प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रहरी परिसर भक्तपुरका अनुसार साँगाबाट ६ बजे छुटेर तीव्र गतिमा आएको टिप्परले मोटरसाइकललाई ठक्कर दिएर चालक फरार भएको हो । ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित भिडले टिप्परमा आगो लगाइदिएर ध्वस्त बनाइदिएका छन् । डेढ घण्टासम्म पनि आगो नियन्त्रणमा आएको छैन ।

आगो नियन्त्रणका लागि आएका प्रहरीले भिड हटाउन खोज्दा आक्रोशित भिडले नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको स्थानीय हरिशरण थापाले बताउनुभयो । प्रहरीले लाठीचार्ज गरेपछि आक्रोशित भिडले ढुङ्गाहाने पछि सूर्यविनायक क्षेत्र राति ८:३० बजेसम्म तनावग्रस्त बनेको छ ।

आगो नियन्त्रण गर्न आएको दमकललाई समेत भिडले ढुङ्गा हानेर तोडफोड गरेपछि प्रहरीले भिडमा अश्रृग्यास हानेको छ । स्थानीयका अनुसार प्रहरीले १५ सेल भन्दा बढी अश्रुग्यास हानेको छ । राती ८ः३० बजेसम्म अश्रुग्यास हानेर भिड तितरबितर बनाएपछि दमकलले आगो निभाएको छ ।

घटनामा प्रहरीको व्यापक लापर्वाही

घटनालाई शान्तिपूर्ण रुपमा नियन्त्रणमा लिन सकिने भए पनि प्रहरीको लापर्वाहीका कारण सूर्यविनायक क्षेत्र तनावग्रस्त बनेको स्थानीय बासिन्दाले बताएका छन् । प्रहरीले राति घर जान लागेका, पसल सञ्चालन गरेको व्यापारीदेखि सुत्केरी महिला समेतलाई अन्धाधुन्दा लाठीचार्ज गरेको स्थानीयले आरोप लगाएका छन् ।

स्थानीय प्रत्यक्षदर्शी सावित्री पोखरेलले प्रहरीले बच्चा बोकेको सुत्केरी महिलालाई समेत लाठी प्रहार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ढुङ्गा हान्नेहरु भागे, सोझा र निर्दोष माथि प्रहरीले लाठी र अश्रुग्यास बर्सायो, टाढाटाढा घर जानेहरुको कन्तबिजोग बनायो, धेरै घाइते भए ।’

प्रहरीले घरको छतछतमा समेत अश्रुग्यास हानेको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँले प्रहरीको लापर्वाहीका कारण स्थानीयदेखि घर जान हिँडेका नागरिकले समेत निकै दुःख पाएको बताउनुभयो ।

आक्रोशित भिडले गरेको ढुङ्गा प्रहारका कारण दमकल तोडफोड हुनुको साथै दमकलका कर्मचारी समेत घाइते भएको र केही प्रहरी घाइते भएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । प्रहरीको लाठीचार्ज र अश्रुग्यासबाट कति घाइते भए भन्ने यकिन तथ्यांक नआए पनि जिल्लामा विभिन्न अस्पतालमा घाइतेको उपचार भइरहेको स्थानीय नागरिकले जानकारी दिएका छन् ।

दिउँसै चल्यो टिप्पर

भक्तपुरमा बुधबार दिउँसो १२ बजेदेखि नै टिप्पर सञ्चालनमा आएको स्थानीय बासिन्दा बताउँछन् । स्थानीय सञ्जय श्रेष्ठले यसअघि साँगाबाट ६ बजे टिप्पर आउने गरे पनि आज प्रहरी प्रशासनकै मिलेमतोमा टिप्पर १२ बजेदेखि सञ्चालनमा आएको स्थानीयको आरोप छ ।

सरकारको निर्णय विपरीत दिउँसो टिप्पर सञ्चालन गर्न दिएको भन्दै स्थानीयले प्रहरी र प्रशासनप्रति आक्रोश व्यक्त गरेका छ ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...