News Portal

रेडियो सुन्नुहोस्

झिमरुकको बृहत्तर विकासका लागि विशेष कार्यशालाको समुद्घाटन

झुलेनी नेटवर्क
९६२ पटक

झिमरुक गाउँपालिकाको समृद्धिका लागि आयोजित बृहत कार्यशाला गोष्ठि आजदेखि सुरु भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित दुई दिनसम्म सञ्चालन हुने कार्यशालाको प्यूठानका प्रतिनिधि सभा सदस्य सांसद सूर्य थापाले दियो बालेर उद्घाटन गरेका हुन् ।

क्षेत्रगत रुपमा विषय विशेषज्ञहरु सहभागिता कार्यक्रममा अबको झिमरुक झिमरुक गाउँपालिका कस्तो बनाउने भन्ने विषयमा बृहत्तर छलफलबाट निष्कर्ष निकालिने बताइएको छ । विषय विशेषज्ञहरुले क्षेत्रगत रुपमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष पित बहादुर महतराले जानकारी दिए ।

गाउँपालिकाको क्षेत्रगत विकासको अवधारणा गोष्ठिबाट निर्माण हुने बताउँदै अध्यक्ष मतराले गाउँपालिकाको समृद्धिका लागि यो कार्यक्रम कोशेढुङ्गा सावित हुने अपेक्षा गरेको बताए ।

कार्यशाला गोष्ठिमा गाउँपालिकाको पुर्वाधार विकासतर्फ इन्जिनियर छवि पोख्रेल, कृषि तथा पशुपंक्षी विकास तर्फ कृषि विज्ञ मुकेश रामजाली, सहकारी गरिवि निवारण तथा रोजगारी तर्फ सहकारी विज्ञ रबिन्द्र के.सि., शुसासन तथा संस्थागत विकास तर्फ डा. शैलेन्द्र गिरी, शिक्षा तर्फ प्रा.डा. विष्णुप्रसाद पोख्रेल, स्वास्थ्य तर्फ जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे र कृषि क्षेत्रतर्फ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई प्यूठानका प्रमुख चुमान गिरीले क्षेत्रगत रुपमा अवधारण प्रस्तुत गर्दैछन् ।

सबैको साझा धारणबाट मात्र गाउँपालिकाको समृद्धि हासिल गर्न सकिने गाउँपालिकाले अपेक्षा लिएर गोष्ठिको आयोजना गरीएको हो । कृषि तथा पशुपंक्षी, ग्रामिण पर्यटन र खेलकुदको क्षेत्रमा प्रचुर संभावना भएको क्षेत्रको रुपमा झिमरुक गाउँपालिका चिनिन्छ ।

https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=2884473685030800https://fb.watch/iOVoXk2b06/

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...