News Portal

रेडियो सुन्नुहोस्

झिमरुकको बृहत्तर विकासका लागि विशेष कार्यशालाको समुद्घाटन

झुलेनी नेटवर्क
९४८ पटक

झिमरुक गाउँपालिकाको समृद्धिका लागि आयोजित बृहत कार्यशाला गोष्ठि आजदेखि सुरु भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित दुई दिनसम्म सञ्चालन हुने कार्यशालाको प्यूठानका प्रतिनिधि सभा सदस्य सांसद सूर्य थापाले दियो बालेर उद्घाटन गरेका हुन् ।

क्षेत्रगत रुपमा विषय विशेषज्ञहरु सहभागिता कार्यक्रममा अबको झिमरुक झिमरुक गाउँपालिका कस्तो बनाउने भन्ने विषयमा बृहत्तर छलफलबाट निष्कर्ष निकालिने बताइएको छ । विषय विशेषज्ञहरुले क्षेत्रगत रुपमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष पित बहादुर महतराले जानकारी दिए ।

गाउँपालिकाको क्षेत्रगत विकासको अवधारणा गोष्ठिबाट निर्माण हुने बताउँदै अध्यक्ष मतराले गाउँपालिकाको समृद्धिका लागि यो कार्यक्रम कोशेढुङ्गा सावित हुने अपेक्षा गरेको बताए ।

कार्यशाला गोष्ठिमा गाउँपालिकाको पुर्वाधार विकासतर्फ इन्जिनियर छवि पोख्रेल, कृषि तथा पशुपंक्षी विकास तर्फ कृषि विज्ञ मुकेश रामजाली, सहकारी गरिवि निवारण तथा रोजगारी तर्फ सहकारी विज्ञ रबिन्द्र के.सि., शुसासन तथा संस्थागत विकास तर्फ डा. शैलेन्द्र गिरी, शिक्षा तर्फ प्रा.डा. विष्णुप्रसाद पोख्रेल, स्वास्थ्य तर्फ जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे र कृषि क्षेत्रतर्फ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई प्यूठानका प्रमुख चुमान गिरीले क्षेत्रगत रुपमा अवधारण प्रस्तुत गर्दैछन् ।

सबैको साझा धारणबाट मात्र गाउँपालिकाको समृद्धि हासिल गर्न सकिने गाउँपालिकाले अपेक्षा लिएर गोष्ठिको आयोजना गरीएको हो । कृषि तथा पशुपंक्षी, ग्रामिण पर्यटन र खेलकुदको क्षेत्रमा प्रचुर संभावना भएको क्षेत्रको रुपमा झिमरुक गाउँपालिका चिनिन्छ ।

https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=2884473685030800https://fb.watch/iOVoXk2b06/

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...