News Portal

रेडियो सुन्नुहोस्

आन्तरिक पर्यटकको गन्तव्य बन्दै मल्लरानीको बुकिडाँडा

बोम बहादुर परियार२०७९ चैत्र २१
१२६० पटक
२०७९ चैत्र २१

पर्यटकीय सम्भावना बोकेको बुकिडाँडामा अहिले चहलपहल बढ्दै गएको छ । पूर्वी प्यूठानको मल्लरानी गाउँपालिका ३ मा पर्ने बुकिडाँडा अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । बुकिडाँडामा पर्यटकीय पूर्वाधारको लागि स्थानीयले पहल थालेका छन् ।

समुन्द्रिक सतहदेखि झन्डै १८ सय मिटर उचाइमा रहेको यो ठाउबाट प्यूठानको ७५ प्रतिसत भूभाग अबलोकन गर्न सकिन्छ । यहाँबाट सुन्दर हिम शृङ्खला समेत देखिन्छ । जनजातीहरुको बाहुल्यता रहेको बुकेनिको गाउँ बुकिडाँडाको नजिकै पर्छ । सदरमुकाम खलंगाबाट गाडिमा ३० मिनेटमा बुकिडाँडा पुग्न सकिन्छ ।

बुकिडाँडाको प्रचार प्रसार र पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले बुकिडाडामा शनिबार बनभोज कार्यक्रमको आयोजना गरिएको थियो । सोहिदिन करिब २ सय जना मानिसहरुले बुकिडाडाको अबलोकन गरेको स्थानीय नारायण पुनले बताए ।

बुकिडाँडाको नजिकै अहिले डबल लेनको सडक पुगेको छ । सडक कालोपत्रे गर्ने चरणमा छ । फुर्सदको समयमा गर्मी छल्नको लागि मानिसहरु बुकिडाँडामा पुग्ने स्थानीय बताउछन् ।

स्थानीयको नेतृत्वमा बुकिडाँडामा खरले छायको प्रतिक्षालय निर्माण गरिएको छ । फराकिलो भूभागमा फैलिएको सधै सिर्रिर बतास चल्ने बुकिडाँडामा स्थानीयले मोटरको माध्यमबाट पिउने पानी लगेका छन । बुकिडाँडाको तल्लो भागमा रातो लागिगुरास फुल्ने गर्छन । मानिसहरु तिनै फुलहरु हेरेर भुल्ने गर्छन ।

बुकिडाँडाको टापुपा स्थानीयले राष्ट्रिय झण्डा गाडेका छन् । अग्लो ठाउँमा निरन्तर फहराइरहने झण्डा पनि त्याहाँ पुग्नेकहरुको अकर्षणको दृष्य वनेको छ ।

बुकिडाडाँलाइ पर्यटकीय स्थलको रुपमा विकास गर्नेगरी वडाले पर्यटकीय पूर्वाधार निर्माणको योजना बनाउने मल्लरानी ३ का वडा अध्यक्ष नोमराज पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...