News Portal

रेडियो सुन्नुहोस्

आन्तरिक पर्यटकको गन्तव्य बन्दै मल्लरानीको बुकिडाँडा

बोम बहादुर परियार२०७९ चैत्र २१
१५०० पटक
२०७९ चैत्र २१

पर्यटकीय सम्भावना बोकेको बुकिडाँडामा अहिले चहलपहल बढ्दै गएको छ । पूर्वी प्यूठानको मल्लरानी गाउँपालिका ३ मा पर्ने बुकिडाँडा अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । बुकिडाँडामा पर्यटकीय पूर्वाधारको लागि स्थानीयले पहल थालेका छन् ।

समुन्द्रिक सतहदेखि झन्डै १८ सय मिटर उचाइमा रहेको यो ठाउबाट प्यूठानको ७५ प्रतिसत भूभाग अबलोकन गर्न सकिन्छ । यहाँबाट सुन्दर हिम शृङ्खला समेत देखिन्छ । जनजातीहरुको बाहुल्यता रहेको बुकेनिको गाउँ बुकिडाँडाको नजिकै पर्छ । सदरमुकाम खलंगाबाट गाडिमा ३० मिनेटमा बुकिडाँडा पुग्न सकिन्छ ।

बुकिडाँडाको प्रचार प्रसार र पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले बुकिडाडामा शनिबार बनभोज कार्यक्रमको आयोजना गरिएको थियो । सोहिदिन करिब २ सय जना मानिसहरुले बुकिडाडाको अबलोकन गरेको स्थानीय नारायण पुनले बताए ।

बुकिडाँडाको नजिकै अहिले डबल लेनको सडक पुगेको छ । सडक कालोपत्रे गर्ने चरणमा छ । फुर्सदको समयमा गर्मी छल्नको लागि मानिसहरु बुकिडाँडामा पुग्ने स्थानीय बताउछन् ।

स्थानीयको नेतृत्वमा बुकिडाँडामा खरले छायको प्रतिक्षालय निर्माण गरिएको छ । फराकिलो भूभागमा फैलिएको सधै सिर्रिर बतास चल्ने बुकिडाँडामा स्थानीयले मोटरको माध्यमबाट पिउने पानी लगेका छन । बुकिडाँडाको तल्लो भागमा रातो लागिगुरास फुल्ने गर्छन । मानिसहरु तिनै फुलहरु हेरेर भुल्ने गर्छन ।

बुकिडाँडाको टापुपा स्थानीयले राष्ट्रिय झण्डा गाडेका छन् । अग्लो ठाउँमा निरन्तर फहराइरहने झण्डा पनि त्याहाँ पुग्नेकहरुको अकर्षणको दृष्य वनेको छ ।

बुकिडाडाँलाइ पर्यटकीय स्थलको रुपमा विकास गर्नेगरी वडाले पर्यटकीय पूर्वाधार निर्माणको योजना बनाउने मल्लरानी ३ का वडा अध्यक्ष नोमराज पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...