News Portal

रेडियो सुन्नुहोस्

दौड प्रतियोगितामा स्याउँलिबाङका रेम बुढा मगर पहिलो

बिबश जि.एम२०७९ चैत्र २५ प्यूठान
१०८५ पटक
२०७९ चैत्र २५ प्यूठान

मल्लरानी पर्यटन प्रवद्धनका लागि सञ्चालन गरिएको दौड प्रतियोगितामा आज भएको छ ।

आज भएको प्रतियोगितामा नौबहिनी गाउँपालिका १ स्याउँलिबाङका रेम बुढा मगर पहिलो स्थान हुन सफल भएका छन् ।

खलगांको टुडिखेलबाट मल्लरानीको डाडाँसम्म ५ किलोमिटरको दुरिमा उनले करिब २८ मिनेटको अवधिमा पार गरेका हुन् ।

दोस्रो स्थानमा पनि स्याउलिबाङकै अर्का दामोदर बुढा मगर र तेस्रोमा खलगांका रमेश शाही रहे ।

महिला तर्फ झिमरुक गाउँपालकाकी सकुन्तला सुनारले ६८ मिनेटमा दुरी पार गरिन् ।

प्रथम,द्धितीय, तृतीय हुनेलाई क्रमश १५ हजार, १० हजार र ५ हजार रहेको छ भने महिला तर्फबाट पहिलो हुन सफल भएकी सुनारलाई पनि सान्त्वना पुरस्कारको रुपमा ५ हजार प्रदान गर्ने दौड प्रतियोगिताका संयोजक निर्मलदास नकर्मीले बताए ।

पुरस्कारको लागि प्यूठान काठमाडौं नेवा समाज र स्वर्गद्धारी महाप्रभु बचत तथा ऋण सहकारी संस्था मार्फत रहेको छ ।

प्रतियोगिताको लागि ६५ जनाले आफ्नो नाम दर्ता गराए पनि समयमा उपस्थित हुन नसक्दा ८ महिला सहित ४४ जना मात्र दौड प्रतियोगितामा सामेल भएको प्रतियोगिताका संयोजक नकर्मीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...