News Portal

रेडियो सुन्नुहोस्

क्रान्तिकारी पत्रकार संगठनको मिडिया हाउस संग तलव बृद्धि र दशै भत्ताकाे माग

सिखबर संवाददाताअसोज २१, काठमाण्डाैं
१२५७ पटक
असोज २१, काठमाण्डाैं

क्रान्तिकारी पत्रकार संगठन, नेपालले सञ्चारगृहका मालिकहरुलाई आइतबार एक माग पत्र बुझाएको छ । पत्रकारको तलव बृद्धि र दशै भत्तासहित श्रमजीवी पत्रकार ऐनले तोकेको सेवासुविधा उपलब्ध गराउन क्रान्तिकारी पत्रकार संगठनले माग गरेको हो ।
संगठनका केन्द्रीय उपाआध्यक्ष जन्म्देब जैसी, महासचिव बाबुराम भुषालको नेतृत्वमा गएको एक टोलिले आइतबार जनता टेलिभिजन र अन्नपूर्ण मिडिया नेटवर्कलाई पत्र बुझाएको हो ।

संगठनका वरिष्ठ केन्द्रीय सदस्य कमल बुढा, धनन्जय बुढा, करन बडाललगायतको टोलिले ज्ञापनपत्र बुझाउदै आफ्ना माग सम्बोधन नगरे सम्बन्धित मिडिया हाउसमा शसक्त आन्दोलन गर्ने बताएको छ ।
मागपत्र बुझ्दै जनता टेलिभिजनका प्रवन्ध निर्देशक लक्ष्मण हुमागाईँले आफुहरु अरु टेलिभिजन जस्तो निजी नभएर पब्लिक कम्पनी मार्फत सन्चार ग्रुह सन्चालन गरिरहेको हुनाले न्युनतम पारिश्रमिकलगयातका बिषयमा आफू गम्भीर रहेको र सरकारले तोकेको तलब सम्बन्धित पत्रकारकै खातामा जम्मा गर्ने गरेको बताए ।

उनले आफु नेपालमा चल्ने बिदेशी टेलिभिजन बिज्ञापनमा क्लिनफीड लागु गर्नुपर्ने र आम नागरिकलाई सकेसम्म सित्तैमा टेलिभिजन हेर्ने ब्यबस्था गर्न सरकार समक्ष माग गर्ने पक्षमा रहेको समेत बताए । हुमागाईँले सरकारले लागू गरेको देवानी संघीताले नेपाली प्रेसको घाटी निमोठेको समेत बताए । उक्त संघीता संशोधन गर्न सबैले दबाब दिनुपर्ने समेत बताए ।

यस्तै अन्नपूर्ण मिडिया नेटवर्कका म्यानेजिङ डाइरेक्टर लक्ष्मी प्रसाद पौडेलले आफ्नो मिडिया हाउसले हजुरहरुले उठाएका मुद्दा जायज भन्दै मिडियाले भोग्नुपरेका विषयमा पनि क्रान्तिकारी पत्रकार बोल्न आग्रह गरे । संगठनका तर्फबाट उपाध्यक्ष जैसीले न्युनतम तलव वृद्धि भएअनुसार श्रमजीवीलाई उपलब्ध गराउन र कम्पनी विनियम बनाई तहगत अनुसार पारिश्रमिक बढाईर उपलब्ध गराउनुपर्ने बताए ।
साथै दुइटै सञ्चारगृहले सबै श्रमजीवीलाई एक महिनाको तलव बराबर दशैं भत्ता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । संगठनले बाँकी सञ्चारगृहमा पनि मागपत्र बुझाउँदै जाने र माग पूरा नगर्ने सञ्चारगृहमा आन्दोलनका कार्यक्रम लिन बाध्य हुने उपाध्यक्ष जैसीले चेतावनी दिएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...