News Portal

रेडियो सुन्नुहोस्

बिश्व रक्तदान दिवस माण्डवी गाउँपालिकामा पनि मनाईयो

हेमन्त पाठक२०८० जेठ ३१
८२९ पटक
२०८० जेठ ३१

माण्डवी गाउँपालिकाको आर्थिक सहयोग तथा जिल्ला रेडक्रस सोसाइटीको सहकार्य र नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा बिश्व रक्तदान दिवस माण्डवी गाउँपालिकामा मनाईएको छ । बुधबार भएको  रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए ।

४३ पोका रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र रुपन्देहीमा पठाइएको स्वयंसेवी रक्तदान समाज प्यूठानका कोषाध्यक्ष मनु लामाले जानकारी दिए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानका अध्यक्ष प्रल्हादभक्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी (रोशन), गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश पाण्डे, प्रशासन शाखाका अधिकृत बलराम पौडेल लगायतकाे सहभागिता रहेको थियो ।

स्वस्थ रगत, सबैको रगत भन्ने मुल नाराका साथ सञ्चालन गरिएको बृहत् रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र रुपन्देहीका प्राविधिक टोलीको सहभागिता रहेको थियो । रक्तदान गर्ने सबै रक्तदातालाई रक्तदान स्थलमै प्रमाणपत्र प्रदान गरीएकाे कोषाध्यक्ष लामाले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...