News Portal

रेडियो सुन्नुहोस्

दश दिनमा पानी पिएरै ५ किलो तौल घटाउने ७ तरिका

सिखबर संवाददाताकाठमाण्डौ
१५७० पटक
काठमाण्डौ

पानी हाम्रो जीवनका लागि अतिनै महत्वपुर्णा चिज हो । अब पानी पिएर नै तौल घटाउने सकिने तरिकाहरु पनि सार्वजनिक भएका छन् । जब शरीरमा पानी पर्याप्त मात्रामा पुग्छ, शरिरका अंगहरुले सही तरिकाले काम गर्दछन् ।

जब अंगहरुले सही तरिकाले काम गर्दछन, शरिरको मेटाबोलिजम राम्रो हुन्छ। जति मेटाबोलिजम बढि हुन्छ त्यती नै तौल घट्छ। धेरै पानी पिउनाले क्यालोरी बर्न गर्ने क्षमता पनि बढ्छ । विज्ञानमा यसलाई रेस्टिङ एनर्जी एक्सपेण्डिचर भनिन्छ। एक अध्ययनका अनुसार पानी पिएको १० मिनेट भित्रै रेस्टिङ इनर्जी एक्सपेण्डिचर २४ देखी ३० प्रतिशत सम्म बढ्छ ।

यसरी जति धेरै पानी, त्यति धेरै क्यालोरी बर्न गर्ने क्षमता बढ्दै जान्छ। कसरी र कुन समयमा पिउने पानी १) बिहान उठ्ने बितिकै खाली पेटमा डेढ गिलास पिउनुस । यसले तौल घटाउन सहयोग गर्दछ। साथै दिमागलाई शक्ति दिन्छ र दिनभर सक्रिय राख्दछ । २) चिया वा कफि पिउनु अघि आधा वा एक गिलास पिउनुहोस्। यसले शरीरमा चिया वा कफिका कारण हुने एसिडिटीबाट बचाउँछ र तौल कम गर्न सहयोग गर्दछ । ३) खान खानु भन्दा आधा घण्टा अघि एक गिलास पानी पिउनुहोस। यसले भोक कम हुन्छ ।

ओभरइटिङबाट बच्न सकिन्छ र तौल घट्न सहयोगी हुन्छ । ४) सुत्नु भन्दा केही समय पहिले पानी पिउनुहोस। यसले राती केही खाने मन हुँदैन । साथै विहान शरीरबाट टक्सिन्स बाहिर निकाल्न पनि सहयोग गर्दछ। रातमा खानु राम्रो मानिँदैन। ५) एकै चोटी धेरै पानी पिउनु भन्दा थोरै थोरै गरेर दिनमा ८(१० पटक पानी पिउनुहोस। यसले शरीरमा पानी कम हुन दिँदैन् । ६) जुस, सफ्ट ड्रिङक सट्टा पानी नै पिउनुहोस्। यसले शरीरमा सुगरको मात्रा कम गर्न र तौल घटाउन मद्दत मिल्छ । ७) खाना खाइसकेपछी वा कुसमयमा भोक लागेमा तातो पानीलाई चिया जसरी पियमा पनि भोक हुन्छ र तौल घटाउन सहयोग हुन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...