News Portal

रेडियो सुन्नुहोस्

चान्जाको विद्यालय पहिरोको उच्च जोखिममा

झुलेनी नेटवर्क२०८० श्रावण ६
८०९ पटक
२०८० श्रावण ६

गयराती परेको अविरल वर्षाका कारण प्यूठान नगरपालिका ५ स्थित चान्जाको बैकल्पिक वाल विकास केन्द्रको भवन जोखिममा परेको छ । माथि र तलबाट आएको पहिरोले विद्यालयको शौचालय भत्किएको छ ।

खेलमैदान पूरै बगेको स्थानीय किम बहादुर जिसीले जानकारी दिए । विद्यालय पूर्णरुपमा जोखिमा रहेकाले विद्यालय अन्यत्र सार्नपर्ने अवस्थामा रहेको उनले बताए । विद्यालयमा पठन÷पाठन गराउन सक्ने अवस्था नभएको प्रधानाध्यापक तुल्सिराम भुसालले जानकारी दिए ।

प्यूठान नगरपालिका ५ जुम्रिकाँढा डाडाँपारीको दुर्गम बस्ति चान्जामा स्थानीयको सक्रियतामा ३ कक्षा सम्म विद्यालय सञ्चालनमा छ । विद्यालयमा ४० जना विद्यार्थी छन् । यहाँबाट कक्षा ३ उत्तिर्ण गरेपछि माथिल्लो कक्षा अध्ययन गर्न दुई घण्टा हिँडेर जुम्रीकाँडाको ठूलो गाउँको विद्यालयमा पुग्नुपर्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...