News Portal

रेडियो सुन्नुहोस्

यसरी सम्मानित भएका हुन् प्युठान अस्पतालका स्वास्थ्यकर्मीहरु

बोम बहादुर परियारश्रावण १५
९५२ पटक
श्रावण १५

प्यूठान,  प्युठान अस्पतालका स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् । जिल्ला अस्पताल बिजुवार प्यूठानमा सोमबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको हो। गत असार २५ गते सर्पको टोकाईबाट विरामी परेका प्युठान नगरपालिका १ खैराका २ जना बालबालिकाहरुको ज्यान बचाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै खप्तडी बस्नेत कुलपुजा समिती परिवारले प्युठान अस्पतालका स्वास्थ्यकर्मीहरुलाई अस्पतालमै पुगेर सम्मान गरेका हुन ।

खप्तडी बस्नेत कुलपुजा समिती परिवारका अध्यक्ष चुमानसिङ बस्नेतले स्वास्थ्यकर्मीहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । अध्यक्ष बस्नेतले स्वास्थ्यकर्मीहरुलाई धन्यवाद् दिदै समय मै स्वास्थ्यकर्मीको सक्रियता नभएको भए बस्नेत परिवारका दुई दिदीभाईलाई बचाउन नसकिने बताए । १४ बर्षिय बालिका करिना बस्नेत र ९ बर्षिय बालक करन बस्नेतलाई गत असार २५ गते आफ्नै घरमा सुतिरहेको बेला करेत सर्पले डसेको थियो ।

उनीहरुलाई प्युठान अस्पतालमा एन्टीस्नेक भेनम दिएर उपचार प्रक्रिया सुरु गरेपनि बिरामीको अवस्था निकै जटिल बनेपछि स्वास्थ्यकर्मीहरु स्वयंम बिरामीको निगरानीमा खटेर प्युठान अस्पतालबाट एम्बुलेन्समा राखी नेपालगंज लगेका थिए । नेपालगन्जबाट भेरी अस्पतालका सर्पदंस रोग बिशेषज्ञ डा.कृष्ण आचार्यलाई जिल्ला अस्पताल प्यूठानका डाक्टरहरुले बिरामीको अवस्थाको बारेमा जानकारी गराएका थिए। सर्पदंस रोग बिशेषज्ञ डा.कृष्ण आचार्यले बिरामीलाई जति सक्दो छिटो थप उपचार गर्नुपर्ने सल्लाह दिए।

डाक्टरको सल्लाह बमोजिम एम्वुलेन्स लिएर नेपालगन्जबाट दाङ आउने क्रममा बिचबाटो मै उपचार गरी बिरामीलाई बचाउन सफल भएका थिए । विरामीलाई जसरी पनि बचाउनु पर्दछ भनेर लागि पर्यौं जिल्ला अस्पताल प्यूठानका प्रमुख डाक्टर प्रमिला खनालले भनिन्–‘‘ हाम्रो प्रयास सफल भयो।’’ उनले उपचारमा खट्ने सबै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिंदै प्यूठान अस्पतालमा सर्पदंसका बिरामीको उपचारका लागि विशेषज्ञ सेवा सुरु गर्न सबैको पहल जरुरी रहेको बताईन् ।

स्वास्थ्यकर्मी सम्मान कार्यक्रमका प्रमुख अतिथि प्युठान अस्पताल बिकास समितिका अध्यक्ष बिजय बिराज बिष्टले समय मै सबै क्षेत्रको सक्रियता र सहयोग भएमा सर्पदंसका बिरामीको ज्यान बचाउन सकिने बताए ।

खप्तडी बस्नेत कुलपुजा समितीका सदस्य भोज बहादुर बस्नेतले सञ्चालन गरेको कार्यक्रममा बस्नेत परिवारको सम्मानले अस्पतालका स्वास्थ्यकर्मीहरु खुसी र उत्साहित बनेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...