News Portal

रेडियो सुन्नुहोस्

आर्थिक अभावकै कारण डेढ महिनादेखी लिला बहादुर अस्तालको शैयामा

बोम बहादुर परियार भदौ १
८९० पटक
भदौ १

सरुमारानी गाउँपालिका ३ गुरुङडाडाँका ३९ बर्षिय लिला बहादुर पल्ली विगत डेढ महिनादेखी प्यूठान अस्पतालको शैयामा थलिएका छन् । गत असार २२ गते श्रीमती सरिता पल्लीले जिल्ला अस्पताल बिजुवारमा उपचारको लागि ल्याएको अझै फर्किएका छैनन् ।


लिला बहादुरलाई दिमागको टिबी ९ मेनिन्जाइटिस भएको डा.पौडेष ज्ञवालीले बताए । पल्ली मेनिन्जाइटिसको औषधी सेवन गरिरहे पनि पूर्ण रुपमा होसमा भने आउन सकेका छैनन् । लामो समयसम्म विस्तारामा थलिदा (बेड सोर) भई उनको शरीरका विभिन्न भागमा ठूलाठूला घाउहरु निस्किएका छन् । चिकित्सकले बाहिर उपचार गर्न जान सल्लाह दिए पनि आर्थिक अभावका कारण बाहिर लैजान नसकिएको श्रीमती सरिता पल्लीले बताईन् ।


“घरको मुख्य व्यक्ति नै बेडमा थलिएपछि उपचार खर्च जुटाउन समस्या भएको छ,” । सरिताले भनिन, ‘कमाउने कोही छैनन्, घरबाट पनि कुनै चासो छैन ।’ श्रीमानको उपचारको लागि सरिताले सहयोगको याचना गरेकी छिन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...