News Portal

रेडियो सुन्नुहोस्

आर्थिक अभावकै कारण डेढ महिनादेखी लिला बहादुर अस्तालको शैयामा

बोम बहादुर परियार भदौ १
६८५ पटक
भदौ १

सरुमारानी गाउँपालिका ३ गुरुङडाडाँका ३९ बर्षिय लिला बहादुर पल्ली विगत डेढ महिनादेखी प्यूठान अस्पतालको शैयामा थलिएका छन् । गत असार २२ गते श्रीमती सरिता पल्लीले जिल्ला अस्पताल बिजुवारमा उपचारको लागि ल्याएको अझै फर्किएका छैनन् ।


लिला बहादुरलाई दिमागको टिबी ९ मेनिन्जाइटिस भएको डा.पौडेष ज्ञवालीले बताए । पल्ली मेनिन्जाइटिसको औषधी सेवन गरिरहे पनि पूर्ण रुपमा होसमा भने आउन सकेका छैनन् । लामो समयसम्म विस्तारामा थलिदा (बेड सोर) भई उनको शरीरका विभिन्न भागमा ठूलाठूला घाउहरु निस्किएका छन् । चिकित्सकले बाहिर उपचार गर्न जान सल्लाह दिए पनि आर्थिक अभावका कारण बाहिर लैजान नसकिएको श्रीमती सरिता पल्लीले बताईन् ।


“घरको मुख्य व्यक्ति नै बेडमा थलिएपछि उपचार खर्च जुटाउन समस्या भएको छ,” । सरिताले भनिन, ‘कमाउने कोही छैनन्, घरबाट पनि कुनै चासो छैन ।’ श्रीमानको उपचारको लागि सरिताले सहयोगको याचना गरेकी छिन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...