महिलाहरुको महान चाड हरितालिका तीज नजिकिईरहेको छ । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। हिजोआज गाउँघरमा तीजका भाकाहरु गुञ्जिन थालेका छन् । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ। साथै पछिल्लो समय देश बाहिर बसोबास गर्ने नेपाली नारीहरुले पनि यो पर्व मनाउन थालेको पाईन्छ । आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकी थिइन् भन्ने धार्मिक मान्यता छ । त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएका छन् भन्ने विश्वास गरिन्छ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार ब्रत बस्न बसिन्। यसरी पार्वतीको कठोर ब्रतको कारण शिवजी ‘चिताएको कुरा पुगोस’ भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको हो भन्ने मान्यता पनि छ ।
हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई श्रीमानको घरमा विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ÷थियो । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै ब्रत बसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन । ब्रतको समयमा महिलाहरूले तीजको ब्रत कथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।
खासगरी यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी-चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवंम सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन रहेको छ। दिदीबहिनीहरु भेट भई बर्षभरिका दुःख पिडाहरु साटासाट गर्ने र तीजको अघिल्लो दर खाने गरिन्छ। यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाउँअनुसार विभिन्न मिठा–मिठा परिकार साथै खिर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्थ्यो । तर अहिले पछिल्लो समय बढ्दै गएको आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। आजभोली सामान्यतया दर मध्येरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन बसेको थियो। तर आजभोली त तीज आउनुभन्दा एक महिना अगाडी देखि नै विभिन्न पार्टी प्यालेस, होटलहरुमा गई दर खाने चलन छ । दुः ख पिडा भावना समेटिएका भाका भन्दा पनि अन्य गीतहरु बजाएर मनोरञ्जन लिने चलन बढेको छ । आफुसँग भएको चिज भन्दा पनि अरुले के गरे,के खाए, के लाए, भन्ने तर्फ तड्कभड्क, देखासिकी बढेको पाईन्छ ।
तीज पर्व कसरी मनाउने भन्ने प्रश्न र चर्चा हरेक वर्ष हुने गर्छ । यस वर्ष पनि हिन्दू महिलाहरुको पर्व तीज आइसकेको छ। तर, महिला दिदीबहिनीहरुलाई भने तीज लाग्न थालेको महिना दिन जति भइसक्यो । दरखाने कार्यक्रमहरुमा सहभागी हुनका लागि भ्याई नभ्याई देखिन्छ । दर खाने, खुवाउने, चट्ट मेकअपमा सजिने, पार्टी प्यालेस र होटलमा गएर रमाइलो गर्ने प्रचलन बढेको छ । पछिल्ला दिनहरुमा यिनै माध्यमबाट तीज मनाइँदै आएको देखिन्छ । हुन त आफूले सक्ने हैसियतमा चाडपर्व मनाउँदा प्रश्न गर्ने नगर्ने दुई पक्षमा बहस हुने गर्छ । यसो भनीरहँदा चाडपर्वहरु मनाउँनै हुन्न भन्न खोजेको चाँही किमार्थ होईन । सबैले आफ्नो धर्म ,संस्कृति,परम्परा र दक्षता अनुसार आ आफ्ना पर्वहरु मनाउनु पर्छ तर पछिल्लो समय बढ्दै गएको तड्कभड्क र देखासिकीको आधारमा अवस्य होईन । आफ्नो क्षमता र सामाजिक सांस्कृतिक परिवेश खलल नहुने गरी मनाउनु उपयुक्त देखिन्छ ।
हाम्रो संस्कृति र परम्परा अनुसार यसको वैज्ञानिक पाटोलाई पनि बुझेर मनाउनु जरुरी छ। यथार्थमा व्रत बसेर श्रीमानको आयु बढने त होईन, यसमा कुनै वैज्ञानिक आधार प्रमाण पनि छैन तर यस पर्वको परम्पराले श्रीमान श्रीमतीबीच अझै आत्मीयता बढने, माया प्रेम झनै प्रगाढ हुने, घर परिवारमा पर्वले उल्लासमय वातावरण बन्ने, साथी सँगीसँग भेटघाट हुँदा मानसिक रूपमा दुःख पीडाहरू भुलाउने आदि यसका व्यावहारिक पक्ष हुन ।
खुसियाली साट्ने प्रसङ्गबाट सुरु भएको नाचगानमा बिस्तारै महिलाहरूले आफ्नो भावना, सुखदुःख तथा नारीको संवेदनालाई पनि गीतको विषय बनाउँदै लगे । आजभोलि नारीले भोग्नुपरेका दुःख, पीडा, मर्म, समस्या, घरायसी हिंसा, अत्याचारजस्ता विषयमा समेत गीतहरू गाइन्छन् । मौलिक चिन्तन र सृजनाका आधारमा मौखिक गीत गाउने परम्परा आजकाल ग्रामीण समाजमा बाहेक अन्यत्र घट्दै गएको छ । अचेल मौखिक गीतको सट्टा क्यासेट तथा म्युजिक प्लेयरबाट नै गीत बजाई नाच्ने चलन हावी भएको छ, यसले नारीहरूको रचनात्मक क्षमता तथा नाचगानको पुरानो मौलिक चलनलाई टाढा पु¥याएको अनुभव हुन्छ ।
धार्मिक तथा सांस्कृतिक महत्व रहेको तीज पर्वले पुरुषप्रधान देश नेपालमा घरभित्र मात्रै खुम्चिएर बस्ने महिलाहरूलाई बाहिर निस्कन प्रेरित गर्ने र आफ्ना पीरमर्का अरु समक्ष राख्ने मौका दिने भएकाले यसको सामाजिक महत्व पनि त्यत्तिकै छ । तर अचेल उच्छृङ्खल र भड्किला गीत गाउने, शृङ्गारको नाममा गहनाको प्रदर्शन गरी समाजमा प्रतिष्ठित बन्न खोज्ने, नाचको निहूँमा अङ्गप्रदर्शन गर्ने जस्ता विकृतिहरू तीजको समयमा व्यापक भएको पाईन्छ। अझ अर्को कुरा चाडवाडको बेला पारिवारिक तनाव पनि थपेको छ । आफुसँग भै नभई ऋण गरेर नयाँ कपडा गहना किन्ने बानीले पारिवारिक तनाव पनि श्रृजना गरेको महसुस हुन्छ । यस्ता विकृतिले हाम्रा संस्कार र संस्कृतिका मूल्यमान्यतालाई घटाउँदै गएको र समाजलाई दूषित बनाउँदै गएको हुनाले यस्ता विकृतिलाई हटाई हाम्रा रीतिरिवाज, पर्व, संस्कार र संस्कृतिलाई स्वच्छ तुल्याउनु जरुरी छ । धार्मिक, सामाजिक तथा वैज्ञानिक महत्व भएका यी पर्वहरूको रहस्य सबैले बुझेर सभ्य तथा समुचित ढङ्गले यिनको पालना गर्नु हामी सबैको कर्तव्य हो । सामाजिक र पारिवारिक सद्भाव कायम गर्न, आफ्नो माइती, साथीसंगीसँगको सम्बन्ध दिगो र सुमधुर राख्न, मनोरञ्जन गर्न, सुख दुख साट्न, धार्मिक र सांकृतिक दृष्टिकोण आदिका हिसावले तीज पर्वको नेपाली समाजमा ठूलो भूमिका छ । तर, तीज यी कुरामा मात्रै सीमित नहुँदा कतै यो विकृतीका रुपमा तीजले सामाजिक र पारिवारिक विभाजन र बिसंगती त ल्याउने हैन रु यो कुरामा हामी सबै सजक र सचेत हुनु जरुरी छ । चाडपर्वहरु हाम्रो क्षमता अनुसार मनाऔं, अरुको देखासिकी र तडक भडक भन्दा पनि आफुसँग जे छ त्यसैमा खुसी साटौं, अरुको देखासिकी र आर्थिक भार थपेर क्षणिक खुसीका लागि बाँचुञ्जेल आर्थिक तनावमा नपरौं । दर खाने नाममा धेरै चिल्लो खानेकुरा, बाहिरी खानाका परिकारहरुलाई प्राथमिकता नदेऊ,तीजको ब्रत बस्दा आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर मात्र ब्रत बस्ने गरौं।
तीज मार्फत सचेतना ः
पछिल्लो समय हरितालिका तीज पर्वलाई प्यूठान लगाएत देशैभरि सन्देशमुलक कार्यक्रम गरी यसको गरिमालाई फराकिलो बनाएको बिषय निकै सकारात्मक बिषय रहेको छ। स्थानीय सरकारहरुको आयोजनामा महिला हिंसा, महिला अधिकार , महिलाका समस्या तथा भष्ट्राचार न्यूनीकरण लगाएतका विभिन्न बिषयलाई गित मार्फत उठान गरी सन्देश प्रवाह गरिरहेका छन्। यो एकदमै राम्रो पक्ष हो। यो बिषयलाई हामीले प्राथमिकतामा राख्नुपर्दछ। अरुको देखासिखी होइन हाम्रो यथार्थमा तीज पर्वलाई आफु अनुकुल खुसीयालीका साथ मनाऔंसबै आमा, दिदी , बहिनीहरुले हर्षोल्लासका साथ तीज पर्व मनाऔं, सबैलाई हरितालिका तीज पर्वको हार्दिक मंगलमय शुभकामना ।।
तीज पर्व ः मौलिकतालाई बचाइराखौं
दीपा घर्ती (पौडेल)२०८० भदौ ३०
२०८० भदौ ३०गौमुखी क्षेत्रमा अल्लो सङ्कलन कार्यलाई व्यवस्थित गरिने
गौमुखी गाउँपालिकाले अल्लो सङ्कलन गर्ने कार्यलाई हालका लागि रोक लगाएको छ । गाउँपालिकाले सोमबार एक...
सहकारी अपचलनमा मुछिएपछि धनराजको विज्ञप्ति- ‘मलाई थाहा छैन’
मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुछिएपछि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज...
मेलम्चीमा पूर्वसचिवसहित ४ जना दोषी ठहर
मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले ४ जनालाई दोषी ठहर गरेको छ । विशेष...
कांग्रेस उपसभापति धनराज गुरुङमाथि सहकारी ठगीको आरोप, सीआइबीमा उजुरी
पूर्वकानूनमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाइ सहकारी ठगिको आरोप लागेको छ । उनिविरुद्ध सहकारी...
संयुक्त राष्ट्रसङ्घको महासभा भोलिदेखि, नेपालको तर्फबाट असोज १० मा प्रधानमन्त्रीले सम्बोधन गर्ने
संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा भोलीदेखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदैछ । यसपालिकाे राष्ट्रसङ्घको महासभाको नारा...
- अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली
- प्युठानमा बच्चा जन्माउने महिलाको सङ्ख्या घट्यो
- ‘संस्थागत सुत्केरी’ मा स्वर्गद्वारी सबैभन्दा कमजोर
- झिमरुक नदीमा एक महिलाको बेवारिसे शव फेला
- दक्ष शिक्षक पाउनै मुस्किल
- भिंग्री–स्वर्गद्वारी सडकमा तीन वर्षमा ३३ दुर्घटना, २५ को मृत्यु
- लुम्बिनी प्रदेशमा शुक्रवार सार्वजनिक बिदा
- झिमरुक नदीमा फेला परेको शवको पहिचान खुल्यो
- आज दर खाने दिन ! फेरियो चलन
- यसपालिको दशैंमा नयाँ नोट नपाइने