News Portal

रेडियो सुन्नुहोस्

शिक्षकका माग पुरा नभए आन्दोलन थप शसक्त हुने

बोम बहादुर परियार२०८० असोज ४
९३७ पटक
२०८० असोज ४

विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम गरिरहेको छ ।
सरकारले गत भदौ २७ गते विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि असन्तुष्टि जनाउँदै आजदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चितकालका बन्द भएका छन्। आफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन पुगेका कारण देशभरका सामुदायिक विद्यालय बन्द भएको नेपाल शिक्षक महासंघले बताएको छ ।

शिक्षा विधेयकमा शिक्षकको सरुवा, बढुवा, नियुक्ति कार्यसम्पादन, सेवा सुविधा, नियमन लगायत रेखदेखमा स्थानीय तहको भूमिका रहने व्यवस्थाप्रति महासंघले असन्तुष्टि जनाउँदै शिक्षकहरु आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य चक्रपाणी पौडेलले बताए । देशभरका सामुदायिक बिद्यालयका शिक्षकहरु आन्दोलनमा सहभागी भएको उनको भनाई छ ।


नेपाल शिक्षक महासंघ प्यूठानका सचिव जानका के.सीले शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ गएकाले सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध भएको बताइन् । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरी व्यवस्था मिलाइएको उनको भनाई छ ।
शिक्षकका निजी माग भन्दा पनि देशको समग्र शैक्षिक क्षेत्रको सुधारका लागि आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ प्युठान मल्लरानी गाउँपालिकाका सचिव गोविन्द राज पौडेलले बताए । अन्य क्षेत्रको ऐन नियम जस्तै शिक्षा क्षेत्रको ऐन नियम बनाउने बिषयमा सम्बन्धित क्षेत्रको प्रतिनिधित्व हुनपर्ने उनको भनाई छ । शिक्षकका माग पुरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए ।


विधेयकले शिक्षकलाई पालिका मातहत राख्ने व्यवस्था गरेको प्रति असन्तुष्टि जनाउँदै महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै विद्यालय बन्द गरी प्रदर्शनमा उत्रिएको जनाएको छ । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...