News Portal

रेडियो सुन्नुहोस्

शिक्षकका माग पुरा नभए आन्दोलन थप शसक्त हुने

बोम बहादुर परियार२०८० असोज ४
७०१ पटक
२०८० असोज ४

विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम गरिरहेको छ ।
सरकारले गत भदौ २७ गते विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि असन्तुष्टि जनाउँदै आजदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चितकालका बन्द भएका छन्। आफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन पुगेका कारण देशभरका सामुदायिक विद्यालय बन्द भएको नेपाल शिक्षक महासंघले बताएको छ ।

शिक्षा विधेयकमा शिक्षकको सरुवा, बढुवा, नियुक्ति कार्यसम्पादन, सेवा सुविधा, नियमन लगायत रेखदेखमा स्थानीय तहको भूमिका रहने व्यवस्थाप्रति महासंघले असन्तुष्टि जनाउँदै शिक्षकहरु आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य चक्रपाणी पौडेलले बताए । देशभरका सामुदायिक बिद्यालयका शिक्षकहरु आन्दोलनमा सहभागी भएको उनको भनाई छ ।


नेपाल शिक्षक महासंघ प्यूठानका सचिव जानका के.सीले शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ गएकाले सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध भएको बताइन् । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरी व्यवस्था मिलाइएको उनको भनाई छ ।
शिक्षकका निजी माग भन्दा पनि देशको समग्र शैक्षिक क्षेत्रको सुधारका लागि आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ प्युठान मल्लरानी गाउँपालिकाका सचिव गोविन्द राज पौडेलले बताए । अन्य क्षेत्रको ऐन नियम जस्तै शिक्षा क्षेत्रको ऐन नियम बनाउने बिषयमा सम्बन्धित क्षेत्रको प्रतिनिधित्व हुनपर्ने उनको भनाई छ । शिक्षकका माग पुरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए ।


विधेयकले शिक्षकलाई पालिका मातहत राख्ने व्यवस्था गरेको प्रति असन्तुष्टि जनाउँदै महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै विद्यालय बन्द गरी प्रदर्शनमा उत्रिएको जनाएको छ । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...