धरान -नेपालका लागि चिनियाँ राजदूत यु हाङले संखुवासभाको किमांथाङका र ताप्लेजुङको ओलाङचुङगोला नाका सञ्चालन गरी नेपाल–चीन व्यपारलाई सहज बनाउने बताएकी छन् ।
सुनसरीको धरान मा आयोजत कार्यक्रममा बोल्दै हाङले नेपाल–चीन सम्बन्धलाई सहज बनाउन सबै सीमा नाका संचालन गरि दुबै देशको आवागमनलाई सहज बनाउने बताएकी हुन् ।
उनले प्रमुख नाका खोल्न चीन सरकार सकारात्मक भएको बताएकी छन् । प्राकृतिक हिसाबले नेपाल–चीन नाका खोल्न धेरै कठिन रहेको बताउदै उनले प्रमुख नाका खोल्न चीन सरकार सकारात्मक भएको उल्लेख गरेकी छन् ।