News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पतालको बाटो मर्मतका लागि अनुगमन

झुलेनी नेटवर्क२०८० असोज ७
६६७ पटक
२०८० असोज ७

प्यूठान अस्पतालको सडक मर्मतको लागि अनुगमन गरिएको छ । आइतबार सडक पूर्वाधार विकास कार्यालय प्यूठानका प्रमुख चन्द्र बहादुर शाह, लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णध्वज खड्का, प्यूठान नगरपालिकाका पूर्व मेयर अर्जुन कुमार कक्षपति, प्यूठान नगरपालिका वडा नं ८ का पूर्व वडाध्यक्ष लिलाप सिंह के.सी, अस्पतालका स्वास्थ्यकर्मी र पत्रकार सहितको टिमले अस्पताल जाने सडक मर्मत गर्ने बिषयमा छलफल गरेका हुन् ।

प्यूठान अस्पतालमा आउने सुत्केरी महिला र थप बिरामीहरुलाई आवतजावत गर्न कठिनाई भएको हुँदा बाटो मर्मत गर्न अस्पतालका अर्थाेपेडिक सर्जन डा.राजेन्द्र पौडेलले आग्रह गरेका हुन् ।

पूर्वाधार विकास कार्यालय प्यूठानका प्रमुख शाहले अस्पतालको सडक सुधार गर्नका लागि आवश्यक बजेटको व्यवस्था गर्न पहल गर्ने बताए । अनुगमनका क्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णध्वज खड्काले अस्पताल स्तरोन्नतीका लागि सहयोग गर्ने बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...