News Portal

रेडियो सुन्नुहोस्

३ दिने सहकारी व्यवस्थापन तालिम सुरु

बिबश जि.एम२०८० असोज १०
७९८ पटक
२०८० असोज १०

सहकारी व्यवस्थापन सम्बन्धि ३ दिने तालिम आजदेखि सुरु भएको छ । दिगो तथा मर्यादित आर्थिक सामाजिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्तरगत सहकारीहरुका लागि ३ दिने सहकारी व्यवस्थापन सम्बन्धि तालिम सुरु भएको हो । कालिका विकास केन्द्र नेपाल प्यूठानको आयोजना तथा स्ट्रोम फाउन्डेसनको सहयोग र ऐरावती गाउँपालिकाको समन्वयमा कालिका विकास केन्द्र नेपाल प्यूठानको सभाहल बिजुवारमा तालिम सुरु भएको हो ।

सहकारीहरुको दिगो व्यवस्थापन गर्ने उद्देश्यले ऐरावती गाउँपालिका भित्र रहेका सहकारीका प्रमुखहरुलाई तालिमको आयोजना गरिएको कालिका विकास केन्द्र नेपाल अन्तरगत (सिड्स) कार्यक्रमका संयोजक सरोज श्रेष्ठले जानकारी दिए । बचत गर्ने स्वाबलम्बन समहुहरुलाई मुलाधारमा ल्याउनको साथै सहकारीलाई व्यवस्थि तगर्दै उक्त समुहहरुको सहकारीमा पहुज बृद्धि गर्नका लागि विभिन्न बिषयमा जानकारी गराउने तालिमको मुख्य उद्देश्य रहेको कार्यक्रमका संयोजक श्रेष्ठले बताए ।  उनका अनुसार बचत समुहहरुलाई मुलधारमा लिएर सहकारीमा आवद्ध गराउने तालिमाको मुख्य उद्देश्य रहेको छ ।

तालिममा ऐरावती गाउँपालिका भित्रका विभिन्न १२ वटा सहकारी संस्थाका २२ को सहभागि रहेको छ । कालिका विकास केन्द्र नेपाल प्यूठानका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद राज भण्डारीको अध्यक्षतामा सुरु भएको तालिमको सहजिकरण घोराही उपमहानगरपालिका शाखा अधिकृत प्रेम के.सीले गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...