News Portal

रेडियो सुन्नुहोस्

सवारी चालकलाई ट्राफिक नियम सम्बन्धि सचेतना

बिबश जि.एम २०८० असोज १३
३६६ पटक
२०८० असोज १३

सवारी चालकहरुका लागि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम जुम्रीमा भएको छ । शनिबार मल्लरानी यातायात प्रा.लिको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय देबिस्थानको समन्वयमा बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाको सभाहल जुम्रीमा कार्यक्रम भएको हो । कार्यक्रममा प्यूठान नगरपालिका भित्र रहेका अटो चालकहरुको सहभागिता थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका ट्राफिक प्रमुख चन्द्र बहादुर के.सी ले चालकहरुलाई आफ्नो गाडीको रुटअनुसार चलाउन आग्रह गरेका छन् । चालकहरुले आफ्नो रुट भन्दा बाहेक र चालक अनुमति पत्र नलिई चलाउँदा दुर्घटना भएमा राज्यले कुनै पनि क्षतिपुर्ति नबेहोर्ने पनि जानकारी गराए । उनका अनुसार लाइसेन्स नभएको, मापसे गरेर गाडी चलाउने, ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरुलाई ५ सय देखि ५ हजार सम्म जरिवाना काट्ने अधिकार ट्राफिकलाई रहेको छ ।

साथै सिट क्षमता भन्दा बढि यात्रु राख्ने, तोकिएको भन्दा बढि भाडा लिने लगायतका गुनासो ट्राफिकमा आइरहेको भन्दै आगामी दिनमा त्यसो गरेको पाइए कार्वाही गरिने जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आज घटस्थापना, दशैं सुरु

पालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।...

अवरुद्ध राजमार्ग खुलाउन अध्ययन टोली खटियो

दसैंअघि बाढी, पहिरो लगायतका विपद्का कारण अवरुद्ध बनेका राजमार्ग खुलाउन सरकारले नेपाली सेना समेत संलग्न...

आजको राशिफल : २०८१आश्विन १७ बिहिवार

मेष आज कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । पुराना शत्रु पराजित...

५ लाख माथिका योजना ठेक्का मार्फत गराउने निर्णयबारे अदालतद्वारा कारण देखाउ आदेश

५ लाखभन्दा माथिको योजना टेन्डर मार्फत गराउने लुम्बिनी प्रदेश सरकारको निर्णयबारे उच्च अदालत दाङ तुलसिपुरले...

एउटा घटनालाई हेरेर सरकारको मुल्याङ्कन गर्नु न्यायोचित हुँदैन- गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले एउटा घटनालाई हेरेर सरकारको मुल्याङ्कन गर्नु न्यायोचित नहुने बताएका छन् । बाढी-पहिरोको...