News Portal

रेडियो सुन्नुहोस्

हातको रड जिल्लामै निकाल्न पाँउदा कृष्णाको अनुहारमा आएको खुसी

बोम बहादुर परियार२०८० असोज १३
८८४ पटक
२०८० असोज १३

गौमुखी गाउँपालिका ४ पुँजाकी २२ बर्षिय कृष्णा घर्ति क्षेत्रीको डेढ बर्ष अघि लडेर दाँया हात भाँचिएको थियो । त्यसपछि उनको हातमा रड राखियो ।

हातको रड झिक्ने समय पुगेपछि उनी बिहिबार आफ्नी नन्द ललितालाई लिएर प्युठान अस्पताल पुगेकी थिइन । उनीआफैमा बिरामी छिन, साथमा उनको दुधे बालक पनि छ । प्युठान अस्पतालमा बिशेषज्ञ डाक्टर आएकोबारे उनलाई थाहा थिएन । प्युठान अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.राजेन्द्र पौडेलले रड प्युठान अस्पतालबाटै निकाल्ने भनेपछि कृष्णा खुसी भइन ।


शुक्रबार कृष्णाको हातको रड सफलतापुर्वक निकालिएको डाक्टर पौडेलले बताए । उनले भने,- बिरामीले जिल्लामै विशेषज्ञ सेवा पाउदा लाखौ खर्च जोगिएको छ ।
कृष्णाको आर्थिक अबस्था कमजोर भएको हुँदा अस्पतालबाट केहि सहुलितमा उपचार गएिको अस्पताल प्रशासनले जनाएको छ ।

बिरामीलाई शनिबार अस्पतालबाट डिस्चार्ज गरिएको डाक्टर पौडलले जानकारी दिए ।
त्यस्तै प्युठान अस्पतालमा सेवा लिन पुगेका गौमुखी गाँउपालिकाका अर्का सेवाग्राही सिताराम के.सीले अस्पतालको बिशेषज्ञ सेवा दुर्गमका नागरीकहरुको सबैभन्दा ठुलो खुसी रहेको बताएका छन ।
अहिले अस्पतालको सेवा प्रवाह बढेसंगै बिरामीहरुको चाँप समेत ह्वात्तै बढेको अस्पताल श्रोतले जनाएको छ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...