News Portal

रेडियो सुन्नुहोस्

आत्महत्या रोकथाम विषयक अन्तरक्रिया

झुलेनी नेटवर्क२०८० असोज २३
७७२ पटक
२०८० असोज २३

विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य कार्यालय प्यूठानमा सरोकारवाला निकायबिच आत्महत्या रोकथाम विषयक अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र प्यूठानको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख, उपप्रमुख, प्यूठान नगरपालिकाका उपमेयर, जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख, सञ्चारकर्मी लगायत सरोकारवाला निकाय सहभागि थिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले प्यूठान जिल्लामा आत्महत्याको अवस्था, आत्महत्या घटाउन गर्नपर्ने प्रयास, रोकथाम बारे उल्लेख गरेका थिए । कार्यक्रममा सहभागिहरुले आत्महत्या रोक्न सबै सरोकारवाला निकायले साझा कार्यक्रम बनाएर लाग्नुपर्ने कुरामा जोड दिए ।

जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांकअनुसार प्यूठानमा २०७७ साल देखि हालसम्म २ सय ५० जनाले विभिन्न कारणले आत्महत्या गरेका छन् । यस वर्षको विश्व मानसिक स्वास्थ्य दिवसको नारा ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ तय गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...