News Portal

रेडियो सुन्नुहोस्

आत्महत्या रोकथाम विषयक अन्तरक्रिया

झुलेनी नेटवर्क२०८० असोज २३
७६२ पटक
२०८० असोज २३

विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य कार्यालय प्यूठानमा सरोकारवाला निकायबिच आत्महत्या रोकथाम विषयक अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र प्यूठानको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख, उपप्रमुख, प्यूठान नगरपालिकाका उपमेयर, जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख, सञ्चारकर्मी लगायत सरोकारवाला निकाय सहभागि थिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले प्यूठान जिल्लामा आत्महत्याको अवस्था, आत्महत्या घटाउन गर्नपर्ने प्रयास, रोकथाम बारे उल्लेख गरेका थिए । कार्यक्रममा सहभागिहरुले आत्महत्या रोक्न सबै सरोकारवाला निकायले साझा कार्यक्रम बनाएर लाग्नुपर्ने कुरामा जोड दिए ।

जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांकअनुसार प्यूठानमा २०७७ साल देखि हालसम्म २ सय ५० जनाले विभिन्न कारणले आत्महत्या गरेका छन् । यस वर्षको विश्व मानसिक स्वास्थ्य दिवसको नारा ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ तय गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...