News Portal

रेडियो सुन्नुहोस्

फलफूल तथा तरकारी व्यवसायी संघद्धारा प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र

बिबश जि.एम२०८० असोज २४
१५९७ पटक
२०८० असोज २४

प्यूठान नगरबजार क्षेत्रभित्र अनाधिकृत रुपमा व्यापार व्यवसाय संचालन भइरहेको भन्दै फलफूल तथा तरकारी व्यवसायी संघ प्यूठानले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार फलफूल तथा तरकारी व्यवसायी संघ प्यूठानले चेरनेटा, क्वाडी, जुम्री, बिजुवार, मरन्ठाना, बाग्दुला, दम्ति, खप्रेङखोला लगायतका क्षेत्रमा खुल्ला रुपमा कृषिजन्य सामाग्री विक्री भइरहेको भन्दै व्यवस्थापन गर्न नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको फलफूल तथा तरकारी व्यवसायी संघ प्यूठानले जनाएको छ ।

 

व्यवसायीले नगरपालिका सहित विभिन्न निकायमा व्यवसायी दर्ता गर्नुेपर्ने भएपनि दर्ता नै नगरी नगरपालिकालाई चुनौती दिदै निर्वाध रुपमा व्यवसाय संचालन गर्दा जिल्लाका व्यवसायीहरुलाई असहज भएको जानकारी गराउदै ध्यानाकर्षण गराएको जिल्ला अध्यक्ष पदम बहादुर थापाको हस्ताक्षरितमा भनिएको छ ।

साथै नगर क्षेत्र वरिपरी भिडभाड हुने, जाथाभावी फोहोर हुँदा नगरको सौन्दर्यता घट्ने भएकाले यस्तो खालका सडक घुम्ति व्यापारीहरुलाई कानुन संवत ढंगले आफ्नो व्यवसाय संचालन गर्न पहल गरिदिन आग्रह समेत गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...