News Portal

रेडियो सुन्नुहोस्

जन्मदिनको अवसरमा डाक्टर प्रमिलाले दिइन् धरम्पानी स्वास्थ्य चौकीलाइ वाटर डिस्पेन्सर

बोम बहादुर परियार२०८० कार्तिक ३
८७९ पटक
२०८० कार्तिक ३

जन्मदिनको अवसरमा धरम्पानी स्वास्थ्य चौकीलाइ वाटर डिस्पेन्सर उपलब्ध गराईएको छ ।
शुक्रवार प्यूठान अस्पतालका प्रमुख एवं लायन्स क्लब अफ भित्रीकोटका सदस्य डाक्टर प्रमिला खनालले जन्मदिनको अवसर पारी मल्लरानी गाउँपालिका ३ चुँजाठाटीमा रहेको धरम्पानी स्वास्थ्य चौकीलाइ वाटर डिस्पेन्सर हस्तान्तरण गरेकी हुन ।

स्वास्थ्यचौकीमा आउने विरामीहरुको अवस्थालाई मध्यनजर गर्दै वाटर डिस्पेन्सर मेसिन उपलब्ध गराएको डाक्टर खनालले वताइन ।
विरामीहरुले उक्त मेसिनबाट शुद्ध तातो चिसो पानी आवश्यकता अनुसार निकालेर प्रयोग गर्न सक्नेछन् । स्वास्थ्यचौकीमा मेसिनको अभाव भएको हुँदा उनले जन्मदिनको अवसरमा उपलब्ध गराएको वताइन ।


वाटर डिस्पेन्सर हस्तान्तरण कार्यक्रममा मल्लरानी गाउँपालिका ३ का वडाध्यक्ष नोमराज पौडेल, लायन्स क्लब प्यूठानका रिजन चियर पर्सन एवम प्यूठान नगरपालिकाका पूर्व मेयर अर्जुन कुमार कक्षपती , प्यूठान अस्पतालका हाडजोर्नी तथा नसारोग विसेषज्ञ डाक्टर राजेन्द्र पौडेल ,लायन्स क्लब प्यूठानका सदस्य पुर्ण गमाल , पत्रकार दिपा पौडेल , स्वास्थ्यचौकीका प्रमुख टुकाराम पोख्रेल र सस्थाका कर्मचारी, स्थानीय समाजसेवी एबम धरम्पानी स्वास्थ्य सस्थाका जग्गादाता लेखनाथ पौडेल लगायतको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...