प्यूठान जिल्लाको मल्लरानी गाउँपालिकाको समग्र गतिविधीबारे झुलेनी पोष्ट साप्ताहिक पत्रिकाका लागि झुलेनी पोष्टकर्मी बोम बहादुर परियारले मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्कासँग गरेको कुराकानीको सारसंक्षेप ः
अध्यक्ष ज्यू ,तपाईलाई स्वागत छ ।
धन्यवाद ।
तपाई जनप्रतिनिधि भइसकेपछि लगभग डेढ बर्ष बिताईसक्नु भो , कस्तो लागिरहेको छ ?
यो डेढ बर्षको अवधिमा हामी निर्वाचित भएर आइसकेपछि स्थानीय सरकार सञ्चालन ऐन र संविधान कानुन अनुसार गाउँपालिकाले गर्नुपर्ने कामहरु अगाडी बढाईराखेका छौ । जनताका चाहाना धेरै छन् र हामीसँग बजेट सीमित छ । त्यसलाई हामीले सकेसम्म तल देखि जनताले छानेर पठाएका चाहाना अनुसारका योजना र बिकास निर्माणका कामहरुलाई अगाडी बढाउने प्रयत्न गरिराखेका छौ । अहिले सम्म ठिक छ र ठिकै ढङ्गले अगाडी बढिराखेको छौं ।
हजुर त प्रधानपन्च चलाएको मान्छे पनि हो। तीन वटा व्यवस्था भोगिसक्नु भएको छ? पहिलेको जनप्रतिनिधि हुँदा र अहिलेको जनप्रतिनिधि हुँदा के फरक पाउनुभएको छ ?
म हिजोको व्यवस्था अन्तरगतको जुन जनप्रतिनिधि भए त्यतिबेला निरकुंश शासन प्रणाली थियो । त्यतिबेला तल जनताका विचमा गएर काम गर्नको लागि खास बजेटको व्यवस्था हुँदैनथ्यो र जनताका सानातिना समस्याहरु समाधान गर्ने अथवा मुद्धामामिला मिलाउनेमा केन्द्रित हुन्थ्यांै तर जब २०४६ पछि बहुदलिय व्यवस्थाको पुर्नस्थापना भइसकेपछि कम्तीमा जनताले आफ्नो कुराहरु राख्न पाउने र आफ्ना अभिव्यक्तिहरु दिन पाउने जुन खालको व्यवस्था आयो त्यसले अलि हिजोको व्यवस्थाको तुलनामा केही हदसम्म परिवर्तन भएको मलाई महसुस भयो । त्यसपछि जब २०६२÷०६३ को आन्दोलनबाट गणतन्त्र प्राप्त भयो। यो पुँजिवादी गणतन्त्र हो । गणतन्त्र प्राप्त भइसकेपछि अहिलेको संविधान अनुसार केन्द्रमा रहेका अधिकारहरु तलसम्म आए र संविधानले जुन ३ तहको सरकारको व्यवस्था ग¥यो। हामी सबैभन्दा तल्लो स्थानीय तहले आफैले कानुन बनाउन पाउने र हामीलाई प्राप्त भएको बजेटलाई आफै बाँडफाँड गरेर अगाडी बढ्न पाउने व्यवस्था भएकोले हिजोको तुलनामा अहिले त धेरै राम्रो छ।
यो डेढ बर्षको अवधिमा मल्लरानी गाउँपालिकाको निम्ति लोकप्रिय कार्यक्रम तपाईले के ल्याउनुभयो ?
अब धेरै कुरा त अघिल्लो कार्यकालमा सुरु भएका कामहरु पूरा गर्ने चुनौती थियो । नीति तथा कार्यक्रममा गत बर्ष लिफ्ट खानेपानी धेरै सञ्चालन भएका छन् । जनताहरुलाई विद्युतको महशुल पुरै तिर्न समस्या थियो र हामीले ५० प्रतिशत अनुदान दिने व्यवस्था ग¥यौ। अहिले पनि चलिरहेका खानेपानी उपभोक्ताहरुलाई विद्युत महशुलको ५० प्रतिशत हामीले दिने गरेका छौं । त्यस्तै शिक्षा क्षेत्रका कुरा गर्दा शिक्षामा क्रमिक रुपमा सुधार हुँदै गएको छ। नियमित सञ्चालन भएका सडकहरुलाई निरन्तर सञ्चालन गर्ने तयारीमा छौ । सडक मर्मतसंभारकर्ता भनेर राखेका छौ। र उनीहरुलाई रोजगारी पनि मिलेको छ । हाम्रा नियमित चल्ने सडकहरुका सानातिना खाल्डा खुल्डी पुर्दै सुचारु गराईराखेका छौं ।
तपाईहरुले शिक्षामा भर्ना शुल्क छुट भनेर नीति तथा कार्यक्रम पनि ल्याउनुभयोे, अहिले विद्यालयलाई अनुदान दिने कार्यक्रमबाट तपाई असफल हुनुभयो भन्ने गुनासो व्यापक छ नि के हो ?
त्यसो होइन किनभने यो शिक्षा निशुल्क हाम्रो मात्र होइन नेपाल सरकारको नीति तथा कार्यक्रम भित्र छ। माध्यमिक विद्यालय तहसम्म निशुल्क भनिएको छ । जुन गाउँपालिकामा शिक्षकहरुको दरबन्दी प्रर्याप्त छैन, त्यहाँ व्यवस्था गरेका छौ । त्यस्तै बालबिकास सहयोगी कार्यकर्ताहरुमा सरकारले दिन सकेको थिएन, त्यहाँ पनि हामीले थपेर दिएका छौ । पारिश्रमिकको व्यवस्था गरेका छौ। त्यसले गर्दा यो बुझाईमा हो, निशुल्क त नेपाल सरकारको नीति भित्रै छ । त्यसकारण उहाँहरुको जुन कुरा भ्रम थियो । विद्यालयले अनुदान दिने कार्यक्रम त राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, मुख्यमन्त्री सुधार कार्यक्रमबाट उहाँहरुको भौतिक सुधारका लागि दिइरहेका छौ । तल्लो तहका बालबालिकाहरुको लागि कक्षाकोठा बसाई दिईरहेका छौं । थप अनुदान त्यहाँको आवश्कता हेरेर दिने हो । आवश्यकता अनुसार दिईरहेका छौ । अब विद्यालय थप भएका त छैनन् उहाँहरुले आफै पारीश्रमिक पुगेन, हामीलाई भौतिक सुधार नै भएन भन्नुहुन्छ भने त राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट गत बर्ष र अहिलेको ४÷४ वडाहरुमा विल्डिङ निर्माण गरेका छौ । मुख्यमन्त्री कार्यालयबाट, खानेपनी शौचालय निर्माण भएका छन्। त्यसकारण त्यो उहाँहरुले भन्नुभयो बाहिर जनगुनासो आयो, त्यो होइन किनभने निशुल्क भनेको त नेपाल सरकारको नीति हो, त्यसकारण केन्द्रिय रुपबाट संघिय सरकारले दिने दरबन्दी अथवा विद्यार्थीको अनुपातमा दिनुपर्ने, त्यो धेरै बर्ष भयो रोकिएको छ तर त्यही समस्यामा परेर हामीले गाउँपालिकाले आफ्नो गाउँपालिकाबाट गाउँपालिकाका अनुदान शिक्षा भनेर दरबन्दी सिर्जना गरेर निरन्तरता दिइराखेका छौ ।
त्यस्तै जनताको आधारभूत समस्या आवश्यकता शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटोको सुधारको योजनाहरु अब के–के छन ?
हामीले खासगरी यो शिक्षातर्फ त मैले अघि नै पनि भनिहाले शिक्षाक्षेत्रको लागि हामीले एउटा कार्यदल बनायौं, कार्यदलले अध्ययन प्रतिवेदन तयार ग¥यो त्यसको आधारमा हामी यस बर्ष देखि शिक्षा क्षेत्रलाई गुणस्तरीय शिक्षा दिनको लागि अगाडी बढाउने योजना बनाएका छौ । त्यसपछि सडकको कुरा गर्नुहुन्छ भने हामीसँग संघिय समपूरक अनुदान, समपूरक र प्रदेश समपूरकबाट पनि हामीले सडक अगाडी बढाउने योजना छ । ६ वटा बाटोहरु यो बर्ष सञ्चालन हुँदैछन् । त्यस्तै गरेर यो गत बर्ष देखि नै सुरु भएको मल्लरानी पर्यटकीय मार्ग थोरै समयमा पक्की बनाएर समापन हुँदैछ ।पर्यटन मार्ग स्थल पनि निर्माण भइरहेको छ । त्यस्तै हामीले अहिले हरेक वडालाई वडा केन्द्र मानेर वडा केन्द्रमा आउनको लागि एकएक वटा बाटो छनोट गरेर ९/९ लाख रुपंैया बजेट पनि छुट्याएका छौं । त्यसलाई सुधार गरेर कम्सेकम जनताहरु वडासम्म सहज रुपमा आउन सकुन भनेर त्यो योजना पनि सञ्चालनमा राखेका छौ । खानेपानीको कुरा गर्दा हामीकहाँ ग्रेयाबेटी फ्लो अत्यन्तै कम छ । मुहानहरु धेरै सुकिसके, त्यसले गर्दाखेरी अहिले हाम्रो पालिकाभरी सबै ठाउँ लिफ्ट खानेपानीकै आयोजनाहरु सञ्चालन भइरहेका छन् । त्यो अन्तरगत खलंगा झिमरुक लिफ्ट खानेपानी अन्तिम चरणमा छ । अब केही समयपछि त्यो सञ्चालनमा आउँछ । त्यस्तै गरेर वडा नं ३ को खरिगापाटा र दोमइखोला खानेपानी आयोजना चाही काम पुरा भएको छ । अव त्यहाँका उपभोक्ताहरुसँग हामी बसेर त्यसलाई तुरुन्त सञ्चालन गर्ने छौ । यसले केही हदसम्म खानेपानीको आपुर्ती हुन्छ भन्ने हामीलाई लागेको छ ।
हजुर त यो सिंगो गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ ? कार्यक्रम कार्यान्वयनमा वडाध्यक्षहरुको भूमिका निकै महत्वपूर्ण हुन्छ,कार्यक्रम कार्यान्वयनको क्रममा कतै वडाध्यक्षहरुबाट केही असहयोग त भएको छैन तपाईलाई ?
भएको छैन् । किनभने उहाँहरु वडाध्यक्ष पनि हो एकातिर कार्यपालिका सदस्य पनि हो । हामी हरेक कुराहरु गर्दा खेरी कार्यपालिकाको बैठक बस्दा छलफल गरेर निर्णय गरेर अगाडी जान्छौ । त्यसैले त्यस्तो समस्या आउँदैन् ।
हजुर त राजमोको २६ बर्ष जिल्ला अध्यक्ष भएर पनि चलाउनुभयो । समाजवाद उन्मुख कार्यक्रमहरु के–के हुन सक्छन् ?
तपाईले एउटा ठूलै प्रश्न गर्नुभयो । म २६ बर्ष जतिबेला राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्ष भए । त्यतिबेला मुलुक द्धन्द्धमा थियो । त्यतिबेला द्धन्द्धको पक्षमा नेकपा माओवादी र सरकार रणभुमिमा थियो । जनताहरुलाई अत्यन्तै समस्या थियो । किनभने त्यतिबेला हिड्डुल गर्न, आवतजावत गर्न धेरै समस्याहरु थिए । तर पनि हामीले त्यतिबेला नसुराकी नखुराकी नारा लियौं । त्यसकारण हामीले नसुराकी नखुराकीको नारा लिएपछि दुबै पक्षबाट जनतालाई बचाएर लैजानुपर्छ भनेर द्धन्द्धरत पक्षबाट भएका कमिकमजोरी हामीले भण्डाफोर ग¥यौ । सरकारको तर्फबाट जनता मार्ने काम भयो । त्यसको पनि डटेरै भण्डाफोर ग¥यौ र कम्सेकम प्यूठानमा त्यति क्षति हुन पुगेन । किनकी हामी गाउँघरमै गयौं जनताका विचमा गयौं ।सबै कुराहरुको प्रस्ट पार्दै राजनितिक प्रशिक्षण चलायौं । त्यसले पनि एउटा दुबै पक्षलाई जनता विरोधी काम गर्न हुन्न भन्ने हाम्रो अभियानले केही हदसम्म काम गरेको मैले महसुस गरे । त्यसपछि म २६ बर्ष रहिरहदा प्यूठानका सबै राजनितिक पार्टीहरुसँग मेरो नजिकको सम्बन्ध भयो । किनभने मैले कहिल्यै पनि कसैका विरुद्ध त्यस्ता खालका कुरा गर्ने काम गरिन र सबै साथीहरुसँग समन्वय गरे सबै राजनितिक पार्टीहरुसँग समन्वय गरेर जिल्लालाई अगाडी बढाउन पर्छ भन्ने कुरा मेरो निरन्तर रहिरहयो । र अहिले पनि सहपाठी भएर काम गर्ने धेरै राजनितिक दलका साथीहरु, विभिन्न क्षेत्रमा हुनुहुन्छ, र अहिले पनि उहाँहरुसँग मेरो त्यही ढङ्गको सुमधुर सम्बन्ध छ । र जिल्लालाई अगाडी बढाउनको लागि उहाँहरुसँग अहिले पनि भलाकुसारी हुने गर्छ ।
जिल्लाका हरेक बजारहरुमा बैंक छन् । पूर्वी प्यूठानको चुँजाठाटीमा अहिलेसम्म एउटा पनि आई.एम.ई समेत छैन् । अघिल्लो कार्यकालमा पनि भएन, चुँजाठाटीका स्थानीयले बैंकको सेवा सुविधा नजिकबाट लिन नै पाएनन्,किन यस्तो समस्या भो ? अब हजुरको कार्यकालमा के हुन्छ ?
त्यसको लागि हामी आइसकेपछि धेरै कोसिस ग¥यौ । समन्वय पनि ग¥यौ तर बैंकको एउटा संस्थागत बैंक जाने कुरा गरेका थिए । खासगरी त्यहाँ सरकारी कारोबार हुँदैन् । हाम्रो वडा नं.३ को पुच्छारमा चुँजाठाटी बजार पर्छ । अब सबै हाम्रा पालिका लगायत सबैको केन्द्र खलंगामा पर्ने भएको कारणले उनीहरुले अलि असहजता देखाएका छन् । तैपनि हामीले प्रयत्न के गरिरहेको छौं भने कम्सेकम टाढा विदेशबाट पैसा पठाउनेहरु खलंगा नै आउनुपर्छ भन्ने भन्नुभन्दा चुँजाठाटीबाट सहजता जस्तो देखिन्छ । ऐरावतीको वडा नं ६ को केही भाग उतापट्टी गएर भूमिका स्थान नगरपालिका अर्घाखाँचीका केही भाग पनि त्यो चुँजाठाटी केन्द्रमा पर्छ । त्यसको लागि हामी प्रयत्नरत छौं । अब सफल नहुँदै तपाईलाई यो भइहाल्छ भनेर भन्न उचित नहोला किनभने हामी लागि राखेका छौ । कैयौ चिजहरु सहज ढङ्गले मान्दोरहेनछन् ।त्यसको लागि प्रयत्न चाही भइरहेको छ ।
त्यसमा स्थानीय सरकारको त जोडदार पहल हुन पर्दैन र अध्यक्ष ज्यू ?
होइन जोडदार पहल हुन जरुरी त छ, हामीले पहल पनि गरिरहेका छौ । अब त्यो नदेखिदै र रिजल्ट नआउँदै त्यसको परिणाम त देख्नुहुन्न । जस्तो अहिले सामाजिक सुरुक्ष भत्ता वडामै गएर वितरण गरेका छौ, किनभने यहाँ भएका बैंकलाई बोलाएर समन्वय गरेर पहिला नेपाल बैंकले मात्र वितरण गथ्र्यो, भिडभाड हुन्थ्यो, र मान्छे आउँदा असहज भएको हुँनाले अहिले हामी गतबर्ष देखि ३ वटा बैंक राष्ट्रिय बाणिज्य बैंक, शाइन रेशुगां बैंक र नेपाल बैंक सँग समन्वय गरेर अहिले हाम्रा सामाजिक सुरक्षा भत्ता पाउने बृद्धहरुलाई वडा स्तरमै लगेर उहाँहरुकै हातबाट सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएका छौ । अब यसले विस्तारै बैंकहरु हामी प्रति नजिक हुँदै हुनुहुन्छ, त्यसले गर्दा हामी प्रयत्न गर्दैछौ र त्यसपछि चँजाठाटीमा एउटा सानो यूनिटमा मात्र भएपनि बैंक राख्न सक्छौ की भनेर हामी लागिरहेका छौं ।
हवस् त निकै महत्वपूर्ण समय दिनुभयो धन्यवाद तपाईलाई । अन्तिममा केही भन्न मन लागेका र मैले सोध्न छुटेका केही कुरा छन् भने भन्न सक्नुहुन्छ ।
धन्यवाद, पत्रकार मित्र, झुलेनी पोस्टले जुन आज मल्लरानी गाउँपालिकामा आएर हाम्रो बिचार लिने जमर्काे गर्नुभयो । यहाँहरुलाई मल्लरानी गाउँपालिकाको अध्यक्षको तर्फबाट धेरै धन्यवाद दिन चाहान्छु । र सँगसँगै अब यो मल्लरानी गाउँपालिकामा हामीले गरेका धेरै राम्रो काम छन् । अब ती सबै एकै छिनको यो अन्तरवार्तामा सम्भव हुँदैन् । किनभने यस बर्ष हामीले धेरै मान्छेहरु जनश्रम गर्नबाट बिमुख भए, सरकारकै मुख ताक्ने हरेक चिजमा त्यो भइरहेको हुुँदा हामीले यो अहिले २०८०/०८१ को एउटा नीति कार्यक्रम ल्यायौं र रिचार्ज पोखरीहरु हामी जनप्रतिनिधिले नै श्रम गरेर नजिकका स्थानीय बासिन्दालाई पनि बोलाएर निर्माण गरौ भन्ने अभियान चलायौं । र विभिन्न वडाहरु मा रिचार्ज पोखरी निर्माण समेत गरिसकेका छौं । यो गर्न खोजेको के हो भने हामीले केही श्रम गर्नुपर्छ र हामी श्रममा अगाडी भयौं भने कम्सेकम सबै चिज सरकारको मुख ताकेर हुँदैन् । हिजो पनि परम्परागत रुपमा हामीले बाटो, पधेँरा कुवा, सरसफाई गर्ने निरन्तर एउटा परम्परा थियो । त्यो अहिले बिचमा रोकिएको छ । त्यसलाई फेरी सुचारु गर्नुपर्छ भन्ने सोचाइका साथ हामी यसरी लागि परिरहेका छौ । त्यस्तै गरेर मल्लरानी गाउँपालिका भित्र कैयौ बस्तिहरु अहिले पनि आवतजावत गर्न अप्ठ्यारो छ । जस्तै वडा नं १ दुईवटा खण्डमा छ । उपल्लो भेगका बासिन्दाहरु झिमरुक, प्यूठान नगरपालिका छोएर खलंगा आउनुपर्छ । त्यसै गरि मल्लरानी पर्यटकीय मार्ग छ त्यो सँगै अर्काे एउटा नेपाल सरकारको रणनीति सडक अन्तरगत एउटा सडक निर्माण गरेको छ । सँगै हाम्रो संघिय समपूरक छ । वडा नं १ को देउरालीबाट थाम सोलहाल्ना जाने बाटोको लागि निरन्तर प्रयत्न गरेका छौ र त्यो बाटो सम्पन्न भयो भने देखि हाम्रा उपल्लो भेगका बासिन्दाहरु सिधै हाम्रै पालिकाबाट आउन सक्नुहुन्छ र एउटा सुगमता पनि हुन्छ । अर्र्घाखाँचीको मालारानीसँग जोडिन्छ र मालारानीका स्थानीय पनि त्यहाँबाट आवतजावत गर्न सक्छन् । त्यसले हाम्रो मल्लरानीको पर्यटकीय क्षेत्रलाई पनि राम्रो बनाउँछ र सदरमुकाम खलंगामा पनि आवतजावत र सुगमता हुन्छ भन्ने विश्वास लिएका छौ । यस्तै गरेर खानेपानी, विद्युतीकरणका कुराहरु छन् । धेरै क्षेत्र हाम्रो विद्युतीकरण भइसकेको छ । केही घरहरु छुटेका होलान् । सँगै बजार क्षेत्रपनि हामीले रातको समयमा उज्यालो बनाईराख्न पर्छ भनेर हाम्रो सोलार बत्तिको कार्यक्रम छ । गतबर्ष हामीले चाही खलंगामा एक ठाउँ थप्यौ र चुँजाठाटीमा २ वटा व्यवस्था गरेका छौ । यसबर्ष पनि सानासाना बजार क्षेत्र र वडामा उज्यालो दिने कार्यक्रम पनि राखेका छौं । यस्तै सरसफाईलाई ध्यान दिदा खलंगा बजार लगायत बजार केन्द्रको फोहोर मैलालाई व्यवस्थापन गर्नका लागि हामीले यस बर्ष १५ लाख बजेट छुट्याएका छौ र वडा नं ३ हुँदै वडा नं ४ को भैरवडाडाँ क्षेत्रमा विभिन्न प्रक्रिया पु¥याएर त्यो ठाउँलाई छनोट गरेका छौ । त्यहाँ सँम्म पुग्नको लागि ६ लाख बिनियोजन गरेर बाटो निर्माण गरिसकेका छौ । यो बर्ष हामीले त्यो फोहोर मैला लगेर डम्पिङ गर्नको लागि डम्पिङ निर्माण गर्ने कार्य छ । त्यसलाई अगाडी बढायौ भने बजारहरुलाई स्वच्छ बनाउन मदत पुग्छ, फोहोर मैलाबाट बच्न सक्छौ भन्ने आशा र विश्वास लिएका छौ ।