News Portal

रेडियो सुन्नुहोस्

आत्मनिर्भर बन्ने हुटहुटीले सफल व्यवसायी बनायो, १० वर्षमै फेरियो जीवन

झुलेनी नेटवर्क२०८० कात्तिक १०
१२१९ पटक
२०८० कात्तिक १०

प्यूठान नगरपालिका–४ बिजुवारका बालाजु श्रेष्ठलाई सानैदेखि आत्मनिर्भर बन्ने हुटहुटी थियो । कक्षा ८ पढ्दै गर्दा उनी गाउँमा गएर लोकल कुखुरा खरिद गरी बिजुवार लिएर बेच्थे । आत्मनिर्भर बन्नुपर्छ भनेर उनले बंगुर पाले, पान दोकान खोल, म्युजीक कर्नर राखे, रेडियो घडी बेच्न इलेक्ट्रोनिक पसल समेत गरे । तर, सोचेजस्तो सफलता भने निर्माण व्यवसायबाट मिल्यो ।

२०५६ सालमा भर्खर एसएलसी पास गरेपछि उनी स्थानीय कालिका विकास केन्द्रको सदस्य भएर सामाजिक कार्यक्रममा संलग्न भए । कालिका विकास केन्द्र मार्फत स्विड्रेन युवा संगठन र राष्ट्रिय युवा परिषद्ले काठमाडौंंमा आयोजना गरेको नेपाली युवा र प्रजातन्त्र विषयक कार्यशालामा सहभागि हुन पाएका थिए । यो कार्यशालामा सहभागिता जनाएपछि युवा अवस्थामै केहि गर्नुपर्छ भन्ने आत्मविश्वास बढाएको श्रेष्ठ बताउँछन् ।

स्वर्गद्धारी क्याम्पस पुन्यखोलामा प्रमाणपत्र तह अध्ययन गर्दैगर्दा उनी स्वतन्त्र विद्यार्थी युनियनको सदस्य चुनिएका थिए । स्ववियुले निकाल्ने बलिदान पुस्तकमा उनले ऑसु शिर्षकमा मुक्तक छपाए । उनको त्यो मुक्तक धेरै समकक्षी विद्यार्थीहरुले मन पराएका थिए । पछि २०६० सालमा श्रेष्ठले ऑसु निर्माण सेवा नामक निर्माण कम्पनी दर्ता गराए । त्यही कम्पनीले हिजोआज उनलाई प्यूठानमा मात्र नभएर देशभर नै आँशु निर्माण सेवाका प्रोपाईटर बालाजु श्रेष्ठ भनेर परिचित बनाएको छ । अहिले उनी नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रिय सदस्य चुनिएका छन् ।

बुबा गोपालप्रसाद श्रेष्ठले सन्तोषी कन्ट्रक्सन निर्माण कम्पनी दर्ता गरेर ठेक्कापट्टाको काम गर्थे । बुबालाई ठेक्कापट्टाको काम धेरै फापेन । सफलता मिलेन । ‘म त्यो ताका उद्योग बाणिज्य संघ प्यूठानमा बजार सहायक पदमा मासिक ३ हजार पारिश्रमिक पाउने गरि काममा लागेको थिए,’उनले भने, ‘त्यो बेला ३० वर्षमा १० लाख कमाउने सपना थियो । व्यवसायीक यात्राले १५ वर्षमै जीवन फेरियो ।’

अहिले श्रेष्ठ आत्मनिर्भर मात्र छैनन् । ऑसु निर्माण सेवा मार्फत गरिएका कामले सयौंले रोजगारी समेत पाएका छन् । उनी हिजोआज लाखौ रुपैयाँ पर्ने गाडिमा हुईकिन्छन् । दर्जनौ निर्माण व्यवसायमा आवश्यक पर्ने इक्युपमेन्टहरु छन् । बुबाको साइडमा काम हेर्न जादा उनले काम गर्ने आइडिया सिकेका थिए । श्रेष्ठ हरेक क्षेत्रमा अब्वल मानिन्छन् ।

प्रमाण पत्र तह उत्तिर्ण गरेपछि केहि समय कालिका विकास केन्द्र अन्तर्गत आशा कार्यक्रममा लेखापालको रुपमा पनि काम गरे । ‘यहाँ कमाएको पैसा सुरुमा निर्माण श्रेत्रमा लगानी गरे,’ उनले भने,‘काम गर्दै जादा सफलता मिल्यो ।’ उनको ‘घ’ वर्गको निर्माण कम्पनी ‘ख’ वर्गमा अपग्रेड भएको छ । ‘सफलतको लागि जोकोहिले पनि आम्दानी र खर्चको हिसाव राख्न सक्नुपर्छ, उनी भन्छन्,‘मैले हरेक काम गर्दा घाटा नाफाको हिसाब आकलन गरेर मात्र हात हाल्ने गरेको छु । यसैले सफलता दिलाएको छ ।’

प्यूठान नगरपालिका – ४ बिजुवारको हल्दीखोला साइडमा २०३६ सालमा सामान्य परिवारमा माहिलो छोराको रुपमा ७ महिनामै जन्मेका बालाजु श्रेष्ठ व्यवसायीक सफलता मिलेका युवा मध्ये जिल्लामा औलामा गन्ने भित्र पर्दछन् । श्रेष्ठको जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुला पुलचोक, नयाँबजार, अस्पताललाइन र काठमाण्डौंको रातोपुलमा करोडौका घर छन् । घर भाडा मार्फत महिनामा लाखौं रुपैयाँ भाडा उठ्ने गर्दछ । साथै जिल्ला भित्र बाहिर दर्जनौ घडेरी छन् ।

उनको निर्माण कम्पनीले प्यूठानमा मात्र होइन रोल्पा, अर्घाखाँची, कपीलबस्तु, दाङ, डोल्पा, जुम्ला जिल्लामा समेत काम गरेर परिचित छ । ‘सुरुका दिनमा काम गर्दा यती धेरै सफलता मिल्ला भन्ने सोचेको थिइन,’ उनले भने,‘आफ्नो कम्पनी मार्फत गरिएको काम देख्दा आफै दंग पर्छु ।’

२०६० सालमा सडक डिभिजन कार्यालय प्यूठानको ५ लाख रुपैयाँको नाली निर्माण गर्ने ठेक्का पारेर काम थालेका श्रेष्ठले जिल्लाका दर्जनौ करोड भन्दा बढिका सडकहरु निर्माण सम्पन्न गरेका छन् । ऐरावतीको नब्बेफाँट सिंचाइ योजना, प्यूठान नगरपालिकाको नौकुलो सिंचाई योजना, साविकको तीराम गाविसको भवन, देविस्थान, बरौला, चुजाठाँटी स्वास्थ्य चौकी,बरौला,रजवार, कोचिबाङ, दरभान, मच्छि ढाँडमा पक्किपुल, बहाने, बिजुवार लगायत स्थानमा प्रहरी चौकी, ओखरकोट,चेरनेटा बरौला, बिजुवार ढुंगेठाटी, देविस्थान कुमालटार, टिकुरी बसपार्कमा सडक र माण्डबी, झिमरुक,नौबहिनीको प्रशासकीय भवन लगायत उनले दर्जनौ योजनाहरु समयमै निर्माण सम्पन गरिसकेका छन् ।

अहिले पनि उनको कम्पनी मार्फत गौमुखी गाउँपालिकाको १५ सैय्याको अस्पताल, तुसारा गब्दीको पक्किपुल लगायत योजना निर्माणाधिन अवस्थामा छन् । धेरै निर्माण कम्पनीहरुले समयमै निर्माणको काम नसकेर कालोसुचीमा पर्ने, आलोचना खेप्ने समाचार आइरहदा श्रेष्ठको कम्पनी मार्फत निर्माणको जिम्मा दिएका काम समय अगाबै सम्पन्न गरेर बोनस समेत पाएको छ । ‘भवन डिभिजन कार्यालय दाङ मार्फत काम भएको बांगेसाल स्वास्थ्य चौकी समय अगाबै निर्माण गरेर बोनस पाएका थियौं,’ उनले भने, ‘काउले, विकासे र नौकुलो पनि समय अगाबै सम्पन भएका योजनाहरु हुन् ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एकिकृत कृषि कार्यालयद्वारा चालु वर्षका योजनाहरुको अनुगमन

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको...

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...