News Portal

रेडियो सुन्नुहोस्

मुक्ति मा.विको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

बिबश जि.एम२०८० फागुन ७
७०५ पटक
२०८० फागुन ७

मुक्ति माध्यामिक विद्यालय रातामाटाको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । प्यूठान नगरपालिका ३ बिजयनगर स्थित मुक्ति माध्यामिक विद्यालयले सोमबार स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगिले सबै विद्यालयले गतिशिलता प्राप्त गर्न आवश्यक रहेको बताए । सबै विद्यालयमा शिक्षाको शैक्षिक क्षेत्र विकासको निम्ति जुन जुन कम्पोनेन्ट आवश्यकता पर्छ त्यो सबै समयमा नै क्रियाशिल भए मात्र विद्यालयको शैक्षिक गुणस्तरलाई प्रभावकारी रुपमा अगाडी बढाउन सकिने बताए। साथै नगरप्रमुख योगिले विद्यालय शिक्षा क्षत्रेबाट राजनीति टाढा हुनुपर्ने बताएका छन।

कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालय तथा विधार्थीलाई उत्कृष्ट बनाउन शिक्षक र अभिभावक तदारुकताका साथ लाग्नुपर्ने बताएका छन् । साथै जन्मोत्सव मनाएर मात्र विधार्थी तथा विधालयले राम्रो स्थान हासिल गर्न नसक्ने बताउँदै त्यसको लागि सबै पक्षलाई सबल बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले नगरपालिकाले शिक्षा क्षेत्रलाई राम्रो बनाउन विभिन्न सरोकारवाला तथा अभिभावकबाट सुझाब लिदै आएको बताए । शिक्षा कार्यदल बनाएको भन्दै अब छिट्टै नै नगर शिक्षा ऐनले त्यो शिक्षा कार्यदल नगरसभाबाट पास गर्ने गरि तयारी गरेको पनि उनले जानकारी गराए । साथै विद्यालयले अहिले विद्यालय व्यवस्थापन समिती अध्यक्ष अझै पनि चुन्न नसकेको प्रति उनले दुख व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दामोदर बिष्टले वार्षिक प्रगति प्रतिबेदन र लेखापाल यम बहादुर खत्रीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिक्षा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्का, मुक्ति मा.बिका पूर्व प्रधानाध्यापक गुमानराज पुलामी, संचारकर्मी, अभिभावक, विधार्थी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन शिक्षक कृष्ण घिमिरेले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...