News Portal

रेडियो सुन्नुहोस्

मुक्ति मा.विको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

बिबश जि.एम२०८० फागुन ७
८६१ पटक
२०८० फागुन ७

मुक्ति माध्यामिक विद्यालय रातामाटाको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । प्यूठान नगरपालिका ३ बिजयनगर स्थित मुक्ति माध्यामिक विद्यालयले सोमबार स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगिले सबै विद्यालयले गतिशिलता प्राप्त गर्न आवश्यक रहेको बताए । सबै विद्यालयमा शिक्षाको शैक्षिक क्षेत्र विकासको निम्ति जुन जुन कम्पोनेन्ट आवश्यकता पर्छ त्यो सबै समयमा नै क्रियाशिल भए मात्र विद्यालयको शैक्षिक गुणस्तरलाई प्रभावकारी रुपमा अगाडी बढाउन सकिने बताए। साथै नगरप्रमुख योगिले विद्यालय शिक्षा क्षत्रेबाट राजनीति टाढा हुनुपर्ने बताएका छन।

कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालय तथा विधार्थीलाई उत्कृष्ट बनाउन शिक्षक र अभिभावक तदारुकताका साथ लाग्नुपर्ने बताएका छन् । साथै जन्मोत्सव मनाएर मात्र विधार्थी तथा विधालयले राम्रो स्थान हासिल गर्न नसक्ने बताउँदै त्यसको लागि सबै पक्षलाई सबल बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले नगरपालिकाले शिक्षा क्षेत्रलाई राम्रो बनाउन विभिन्न सरोकारवाला तथा अभिभावकबाट सुझाब लिदै आएको बताए । शिक्षा कार्यदल बनाएको भन्दै अब छिट्टै नै नगर शिक्षा ऐनले त्यो शिक्षा कार्यदल नगरसभाबाट पास गर्ने गरि तयारी गरेको पनि उनले जानकारी गराए । साथै विद्यालयले अहिले विद्यालय व्यवस्थापन समिती अध्यक्ष अझै पनि चुन्न नसकेको प्रति उनले दुख व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दामोदर बिष्टले वार्षिक प्रगति प्रतिबेदन र लेखापाल यम बहादुर खत्रीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिक्षा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्का, मुक्ति मा.बिका पूर्व प्रधानाध्यापक गुमानराज पुलामी, संचारकर्मी, अभिभावक, विधार्थी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन शिक्षक कृष्ण घिमिरेले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...