News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ६ दिने आधारभुत स्काउट तालिम सुरु

बिबश जि.एम२०८० चैत २५
७५२ पटक
२०८० चैत २५

प्यूठानमा ६ दिने आधारभुत स्काउट तालिम शनिबारबाट सुरु भएको छ । सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा प्यूठान र रोल्पाका ४५ शिक्षकहरुका लागि तालिम सञ्चालन भएको हो ।

सामाजिक विकास कार्यालय अन्तर्गत शैक्षिक क्रियाकलाप तालिम गराउनको लागि सहज पुग्ने भन्दै २ जिल्लाबाट प्रत्येक पालिकाका शिक्षकहरुको लागि तालिम सञ्चालन भएको प्रदेश तालिम आयुक्त तथा तालिमका सहायक प्रशिक्षक खुमाकान्त अधिकारीले जानकारी दिए । उनका अनुसार २३ शिक्षक र २२ शिक्षिका गरी ४५ जना शिक्षकहरु सहभागि भएका छन् । चैत २९ गते सम्म चल्ने तालिमको प्रशिक्षकमा बसन्तलाल शाक्य र शुशिला विष्ट रहेका छन् ।

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानका प्रमुख पुण्य न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको तालिममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी प्रमुख अतिथि, प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा र मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ रहेका थिए । तालिम प्यूठान नगरपालिका ८ बाग्दुला स्थित जनता मा.वि मा भईरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...