News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ६ दिने आधारभुत स्काउट तालिम सुरु

बिबश जि.एम२०८० चैत २५
५८५ पटक
२०८० चैत २५

प्यूठानमा ६ दिने आधारभुत स्काउट तालिम शनिबारबाट सुरु भएको छ । सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा प्यूठान र रोल्पाका ४५ शिक्षकहरुका लागि तालिम सञ्चालन भएको हो ।

सामाजिक विकास कार्यालय अन्तर्गत शैक्षिक क्रियाकलाप तालिम गराउनको लागि सहज पुग्ने भन्दै २ जिल्लाबाट प्रत्येक पालिकाका शिक्षकहरुको लागि तालिम सञ्चालन भएको प्रदेश तालिम आयुक्त तथा तालिमका सहायक प्रशिक्षक खुमाकान्त अधिकारीले जानकारी दिए । उनका अनुसार २३ शिक्षक र २२ शिक्षिका गरी ४५ जना शिक्षकहरु सहभागि भएका छन् । चैत २९ गते सम्म चल्ने तालिमको प्रशिक्षकमा बसन्तलाल शाक्य र शुशिला विष्ट रहेका छन् ।

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानका प्रमुख पुण्य न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको तालिममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी प्रमुख अतिथि, प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा र मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ रहेका थिए । तालिम प्यूठान नगरपालिका ८ बाग्दुला स्थित जनता मा.वि मा भईरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...