News Portal

रेडियो सुन्नुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

बिबश जि.एम२०८१ बैशाख ३
६८५ पटक
२०८१ बैशाख ३

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको छ । सोमबार जिबावती र लालीगुँरास सामुदायिक विपद व्यवस्थापन समितिको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको समन्वयमा कार्यक्रम भएको हो ।

मानवबाट हुने आगलागीका घटना, दुर्घटना, ग्यास चुहावटबाट हुने आगलागीलाई नियन्त्रण कसरी गर्ने, आगलागीमा परी घाइते भएकाहरुलाई कसरी प्राथमिक उपचार गर्ने लगायतका बिषयमा अभ्यास गरिएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामीले जुनसुकै विपदका घटनाहरु भए पनि बाजा बजाएर नआउने भएकाले यस्ता भैपरी आउने घटनाहरुबाट सचेत हुन सबैलाई आग्रह गरेका छन् । साथै उनले यसको लागि सबैले हातेमालो गरी सचेत भएर अघि बढ्न जोड दिएका छन् ।

समाजमा घटिरहने आगलागी, दुर्घटना लगायतका घटनाहरुलाई कसरी नियन्त्रण तथा न्यूनीकरण गर्न सकिन्छ भन्ने पूर्व तयारीका लागि कृतिम अभ्यास गरिएको जिबावती सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष हेमन्त पाठकले बताए । यस्ता घटनामा सबैलाई सचेत बनाउनका लागि पनि यो कार्यक्रम आवश्यक रहेको पाठकको भनाई छ ।

कार्यक्रममा जिबावती र लालीगुँरास सामुदायिक विपद व्यवस्थापन समितिका सदस्य, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका कर्मचारी, स्थानीयबासी लगायतको सहभागिता थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...