News Portal

रेडियो सुन्नुहोस्

एकै दिनमा २ सय ५० जनाले आँखा जाँच गराए

झुलेनी नेटवर्क२०८१ जेठ ३१
६४७ पटक
२०८१ जेठ ३१

आँखा अस्पताल बिजुवारमा एक दिने शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय ५० जनाले विशेषज्ञ सेवा लिएको नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारले जनाएको छ । बुधबार भएको एक दिने शिविरबाट २७ महिला र १९ पुरुषले आँखाको अप्रेशन गराउन पाएका हुन ।

उनिहरुको विहिवार शल्यक्रिया गरिएको नेपाल नेत्रज्यो संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालकी कार्यालय प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिईन् । उनका अनुसार सेवा लिएका आँखाका विरामीहरुमा पर्दाको समस्या, आँखाको नानीको समस्या, आँखा पाक्ने रोग, मोतिया विन्दु, आँखामा सुख्खापन लगायतका समस्या देखिएको छ । आँखा अस्पतालले हरेक महिनाको विभिन्न समयमा शिविर सञ्चालन गर्दै आईरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...