News Portal

रेडियो सुन्नुहोस्

बल्लेखोला–मैरामारे जाने बाटो बर्षाले अवरुद्ध

झुलेनी नेटवर्क२०८१ असार १४
६५५ पटक
२०८१ असार १४

नौबहिनी गाउँपालिका– ७ बल्लेखोला–मैरामारे जाने बाटो बर्षाले अवरुद्ध गरेको छ । असार ११ गते मंगलबार राती परेको पानीले बाटो अवरुद्ध गरेपछि यातायात ठप्प रहेको छ । बल्लेखोला देखी मैरामारेसम्म पुग्ने बाटो करिब ५ ठाउँमा जमिना भासिने र पहिरो आउने गरेको वडा नं ७ का वडाध्यक्ष रोम प्रसाद बुढाथोकीले जानकारी दिए । अध्यक्ष बुढाथोकीका अनुसार पहिरोले बाटोलाई खोल्सा बनाईदिदा पैदल यात्रा गर्न समेत कठिन परेको छ ।

अहिले सकड पूर्वाधार कार्यालय प्यूठानले पहिरोको अवस्था बारे बुझेको वडाध्यक्ष बुढाथोकीको भनाई छ । बल्लेखोला देखि मैरामारेसम्म जाने बाटो कालीमाटी, बिलौनी खोला, सुर्दिप स्वास्थ्य चौकी जाने बाटोको गोगनपानी खोला लगायतका ठाउँमा पहिरोले बाटो अस्तव्यस्त बनाएको छ । यसको लागि आफुले पालिका र सम्बन्धित कार्यालयमा समेत यो समस्या जानकारी गराएको बताए ।

स्थानीय तह सञ्चालनमा आएपछि २०७५ सालदेखि नयाँ ट्र्याकमा सुरु भएको बल्लेखोला–मैरामारे मोटरबाटोमा बर्खाको समयमा त्यस ठाउँका स्थानीयले सास्ती खेप्दै आएका छन् । साघुँरो बाटो भएका कारण बल्लेखोला–मैरामारे बाटोको स्तरोन्नतीको लागि अहिले प्रदेश र गाउँपालिकाबाट बजेट विनियोजन भएको छ । बाटो खुलाउनको लागि आफु लागि परेको र गाउँपालिकामा समेत यसको लागि पहल थालेको अध्यक्ष बुढाथोकीको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...