News Portal

रेडियो सुन्नुहोस्

यूवा गैरसरकारी संस्था महासंघ प्यूठान शाखा अध्यक्षमा प्रज्वल पहाडी

बिबश जि.एम२०८१ असार २५
५३५ पटक
२०८१ असार २५

यूवा गैरसरकारी संस्था महासंघ प्यूठानको भेला सम्पन्न भएको छ । मंगलबार जुम्रीमा भएको भेलाले प्रज्वल पहाडीको संयोजकत्वमा ७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा बोम बहादुर परियार, सचिव बिमल प्रसाद पोख्रेल, सहसचिव हेमन्त पाठक र कोषाध्यक्षमा स्मृति घर्तीमगरलाई चयन गरेको छ । भेलाले सदस्यमा २ जना पछि थप गर्ने गरी हाललाई रिक्त राखेको छ ।

त्यस्तै भेलाले सल्लाहकारमा भगत कर्माचार्य, सञ्जय रिजाल, जुमानसिंह के.सी र झविन्द्र शर्मालाई चयन गरेको छ ।
भेलामा सहभागिहरुले जिल्लामा गैरसरकारी संस्था भएपनि स्थानीय तहहरुले त्यति चासो नदिँदा नीजि क्षेत्रका संस्था वा कुनै पनि समुह ओझेलमा परेको बताएका थिए । साथै गैरसरकारी संस्था भन्दा एउटा व्यक्ति गएर कार्यक्रम सञ्चालन गरेको पाईएकाले यस्तो कार्यले संस्थालाई बलियो बनाउन नसकिने बताएका छन् । उनीहरुले यसको लागि संस्था बलियो र सक्रिय भएर लाग्नुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै यूवा गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष नारायण गिरीले संस्थालाई गतिशील बनाउँदै लैजान समेत आग्रह गरेका छन् । साथै संस्था बलियो बनाउनको लागि सक्रिय भएर लाग्नुपर्ने सुझाव समेत दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...