News Portal

रेडियो सुन्नुहोस्

गोबिन्द अनेकको मौलिक तीज गीत बरिलै सार्वजनिक

झुलेनी नेटवर्क२०८१ श्रावण १५
११०८ पटक
२०८१ श्रावण १५

तीजलाई लक्षित गरिएका गीतहरु यतिबेला सार्वजनिक हुने क्रम बढीरहेको छ । योसँगै बिकृतीजन्य गीतहरु सार्वजनिक गर्ने होडबाजी नै देखिएको छ । तर, यहि भीडमा पनि तीजको मौलिकता र मर्म बोकेको गीत पनि सार्वजनिक भएको छ । बहुप्रतिभाशाली संगीतकर्मी गोबिन्द अनेकले मौलिक तीज गीत ‘बरिलै बरिलै, यस्तै रैछ छोरीलै’ सार्वजनिक गरेका हुन् । गीतका लागि शब्द, संगीत र संगीत संयोजन समेत स्वयम् गोबिन्द अनेकले गरेका हुन् ।

लोकप्रिय गायिकाहरु शान्तिश्री परियार, सुनिता बुढा क्षेत्री, समीक्षा अधिकारी र बोमकुमारी बिकको सुमधुर स्वर सुन्न सकिन्छ । तीजको वास्तविक मर्म बोकेको यस गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।

गीतको भिडियोमा रोशनी कार्की, सरिता ढुंगाना (जुनकीरी) र जुना गुरुङको जीवन्त अभिनय रहेको छ । सुनिल बिकको निर्देशनमा बनेको भिडियोमा रोशन विश्वकर्माले नृत्य निर्देशन गरेका हुन् । बासु न्यौपानेले छायांकन गरेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

गीतमा वर्ष दिनको तीजमा पनि माइती पुग्न नपाएका चेलीका वेदना र बिलौनाका कथा बुन्ने प्रयत्न गरिएको छ । गीतलाई आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका गीतकार तथा संगीतकार अनेकले भने – “तीज पर्व भन्नेबित्तिकै नारी वेदना र संवेदनाका कुराहरू जोडिने गर्छ, विशेष गरेर नेपाली समाजका नारीहरुले भोग्ने गरेका पिर व्यथा, अप्ठ्यारा परिस्थिति, अवहेलना र नारी विभेदका केही अंश यो सृजना मार्फत देखाउने कोशिष गरेका छौं ।”

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...