News Portal

रेडियो सुन्नुहोस्

गोबिन्द अनेकको मौलिक तीज गीत बरिलै सार्वजनिक

झुलेनी नेटवर्क२०८१ श्रावण १५
११२८ पटक
२०८१ श्रावण १५

तीजलाई लक्षित गरिएका गीतहरु यतिबेला सार्वजनिक हुने क्रम बढीरहेको छ । योसँगै बिकृतीजन्य गीतहरु सार्वजनिक गर्ने होडबाजी नै देखिएको छ । तर, यहि भीडमा पनि तीजको मौलिकता र मर्म बोकेको गीत पनि सार्वजनिक भएको छ । बहुप्रतिभाशाली संगीतकर्मी गोबिन्द अनेकले मौलिक तीज गीत ‘बरिलै बरिलै, यस्तै रैछ छोरीलै’ सार्वजनिक गरेका हुन् । गीतका लागि शब्द, संगीत र संगीत संयोजन समेत स्वयम् गोबिन्द अनेकले गरेका हुन् ।

लोकप्रिय गायिकाहरु शान्तिश्री परियार, सुनिता बुढा क्षेत्री, समीक्षा अधिकारी र बोमकुमारी बिकको सुमधुर स्वर सुन्न सकिन्छ । तीजको वास्तविक मर्म बोकेको यस गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।

गीतको भिडियोमा रोशनी कार्की, सरिता ढुंगाना (जुनकीरी) र जुना गुरुङको जीवन्त अभिनय रहेको छ । सुनिल बिकको निर्देशनमा बनेको भिडियोमा रोशन विश्वकर्माले नृत्य निर्देशन गरेका हुन् । बासु न्यौपानेले छायांकन गरेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

गीतमा वर्ष दिनको तीजमा पनि माइती पुग्न नपाएका चेलीका वेदना र बिलौनाका कथा बुन्ने प्रयत्न गरिएको छ । गीतलाई आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका गीतकार तथा संगीतकार अनेकले भने – “तीज पर्व भन्नेबित्तिकै नारी वेदना र संवेदनाका कुराहरू जोडिने गर्छ, विशेष गरेर नेपाली समाजका नारीहरुले भोग्ने गरेका पिर व्यथा, अप्ठ्यारा परिस्थिति, अवहेलना र नारी विभेदका केही अंश यो सृजना मार्फत देखाउने कोशिष गरेका छौं ।”

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...