News Portal

रेडियो सुन्नुहोस्

बिजुवारमा ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क२०८१ पौष ७
१४३५ पटक
२०८१ पौष ७

प्यूठानमा ख्रीसमसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार प्यूठान नगरपालिका–४ बिजुवार स्थित बिजुवार सु-समाचार चर्चमा आयोजित कार्यक्रममा आउँदै गरेको ख्रीष्टमसको शुभकामना आदान–प्रदान गरिएको हो ।

बिजुवार सु-समाचार चर्चका पास्टर देवु गिरीको अध्यक्षता प्यूठान नगरपालिकाका नगरप्रवक्ता एव ३ नं. वडा अध्यक्ष सुमनराज श्रेष्ठको प्रमुख आतिथ्यता, प्यूठान नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रेशम कार्की र ७ नं. वडा अध्यक्ष नेत्र बहादुर के.सी.को विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुमनराज श्रेष्ठले बाइबलका कुरालाई व्यवहारमा उतार्न सके सामाजिक सदभाव बृद्धि हुने बताए । उनले बाइबलका अनुयायीहरु अरु भन्दा राम्रा र स्वार्थ रहित हुने धारणा राखे ।

सोही कार्यक्रममा नगरप्रवक्ता श्रेष्ठले आफ्नै खर्चमा ५ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई झोला र स्टेशनी वितरण गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...