संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्युठानमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले संविधानको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।
जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि.सी. को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मी, जिल्ला न्यायधिश हिरण्यप्रसाद भण्डारी, मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी, प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदी, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, पत्रकार, नागरिक समाजका अगुवा लगायतको आतिथ्यता रहेको थियो ।