News Portal

रेडियो सुन्नुहोस्

आफ्नो नाम नखुलाउने सर्तमा १ लाख बराबरको शैक्षिक सामग्री सहयोग

वडाध्यक्षद्वारा २ विद्यालयका ५५ विद्यार्थीलाई सहयोगबापतको सामाग्री वितरण

बिबश जि.एम.२०८१ असोज ६
५८४ पटक
२०८१ असोज ६

आफ्नो नाम नखुलाउने सर्तमा प्युठानमा एक सहयोगदाताले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई १ लाख बराबरको सामाग्री सहयोग गरेका छन् । २ वटा विद्यालयमा वडामार्फत वितरण गर्ने गरी सहयोग प्राप्त भएको प्यूठान नगरपालिकाका प्रवक्ता तथा ३ नम्बर वडाध्यक्ष सुमनराज श्रेष्ठले बताए ।

आइतबार प्यूठान नगरपालिका ३ कुवापानि स्थित पद्मा प्राथमिक विद्यालय र मुक्ति माध्यमिक विद्यालयमा उक्त सामाग्री वडाध्यक्ष श्रेष्ठमार्फत विद्यार्थीलाई हस्तान्तरण गरिएको छ । पद्मा प्रावि का २९ जना विद्यार्थीलाई ज्याकेट, झोला र जुक्ता वितरण गरिएको छ भने मुक्ति मा.वि.का २६ जना अभिभावक विहीन बालबालिकालाई ट्रयाकसुट र जुत्ता वितरण गरिएको हो ।

शैक्षिक सामाग्री पाएपछि विद्यार्थी खुसी भएका छन् । सानो सहयोगमा पनि ठुलो प्रचार खोज्ने चलन बढिरहेको समयमा एक लाखको सामाग्री सहयोग गर्दा पनि नामै नखुलाउने सहयोगदातालाई सामाग्री वितरण कार्यक्रमका सहभागी विद्यार्थी र अभिभावकले प्रशंसा गरेका थिए

सहयोगदाताबाट आएको सामाग्री हस्तान्तरण गर्दै वडाध्यक्ष श्रेष्ठले दाताको ‘एउटा हातले गरेको सहयोग अर्को हातलाई थाहा नदिने’ इच्छाअनुसार दाता र उनका परिवारको परिचय नखुलाई सामाग्री वितरण गरिएको  बताए । दाताको सहयोगले कुनै पनि सहयोग प्रचारका लागि होइन मानवीयताका लागि हो भन्ने सन्देशसहित विद्यार्थीको पठनपाठनमा हौसलाका मिल्ने अध्यक्ष श्रेष्ठको विश्वास छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...