News Portal

रेडियो सुन्नुहोस्

आफ्नो नाम नखुलाउने सर्तमा १ लाख बराबरको शैक्षिक सामग्री सहयोग

वडाध्यक्षद्वारा २ विद्यालयका ५५ विद्यार्थीलाई सहयोगबापतको सामाग्री वितरण

बिबश जि.एम.२०८१ असोज ६
३८५ पटक
२०८१ असोज ६

आफ्नो नाम नखुलाउने सर्तमा प्युठानमा एक सहयोगदाताले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई १ लाख बराबरको सामाग्री सहयोग गरेका छन् । २ वटा विद्यालयमा वडामार्फत वितरण गर्ने गरी सहयोग प्राप्त भएको प्यूठान नगरपालिकाका प्रवक्ता तथा ३ नम्बर वडाध्यक्ष सुमनराज श्रेष्ठले बताए ।

आइतबार प्यूठान नगरपालिका ३ कुवापानि स्थित पद्मा प्राथमिक विद्यालय र मुक्ति माध्यमिक विद्यालयमा उक्त सामाग्री वडाध्यक्ष श्रेष्ठमार्फत विद्यार्थीलाई हस्तान्तरण गरिएको छ । पद्मा प्रावि का २९ जना विद्यार्थीलाई ज्याकेट, झोला र जुक्ता वितरण गरिएको छ भने मुक्ति मा.वि.का २६ जना अभिभावक विहीन बालबालिकालाई ट्रयाकसुट र जुत्ता वितरण गरिएको हो ।

शैक्षिक सामाग्री पाएपछि विद्यार्थी खुसी भएका छन् । सानो सहयोगमा पनि ठुलो प्रचार खोज्ने चलन बढिरहेको समयमा एक लाखको सामाग्री सहयोग गर्दा पनि नामै नखुलाउने सहयोगदातालाई सामाग्री वितरण कार्यक्रमका सहभागी विद्यार्थी र अभिभावकले प्रशंसा गरेका थिए

सहयोगदाताबाट आएको सामाग्री हस्तान्तरण गर्दै वडाध्यक्ष श्रेष्ठले दाताको ‘एउटा हातले गरेको सहयोग अर्को हातलाई थाहा नदिने’ इच्छाअनुसार दाता र उनका परिवारको परिचय नखुलाई सामाग्री वितरण गरिएको  बताए । दाताको सहयोगले कुनै पनि सहयोग प्रचारका लागि होइन मानवीयताका लागि हो भन्ने सन्देशसहित विद्यार्थीको पठनपाठनमा हौसलाका मिल्ने अध्यक्ष श्रेष्ठको विश्वास छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...