झुलेनी नेटवर्क२०८१ असोज १५
२०८१ असोज १५केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार फेरि बदली सुरू भएको हो । बदलीको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ ।
यो असर भोलि र पर्सिसम्मै रहने जनाइएको छ । तर, ठूलो अनि लगातारको वर्षा भने नहुने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।