झुलेनी नेटवर्क२०८१ असोज १५
२०८१ असोज १५९ दिनअघि पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुईवटा कसुरमा ५०/५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
साइबर अपराधमा पक्राउ परेका प्रसाईँले एक लाख रूपैयाँ धरौटी बुझाउनुपर्ने छ ।
प्रसाईँले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।
साइबर सम्बन्धी दुईवटा कसुरमा एकसाथ थुनछेक भएको हो ।