News Portal

रेडियो सुन्नुहोस्

भित्रिकोटको पर्यटन प्रबर्धनका लागि दौड प्रतियोगिता हुँदै

झुलेनी नेटवर्क२०८१ असोज २४
५९० पटक
२०८१ असोज २४

ऐतिहासिक पर्यटकीय गन्तब्य भित्रिकोटको पर्यटन प्रबर्धनका लागि शुक्रबार प्यूठान नगरपालिका वडा नं ७ को आयोजनामा तेस्रो भित्रिकोट दौड प्रतियोगिता हुँदैछ ।

महाअष्टमीमा गरिँदै आएको दौड प्रतियोगताको तयारी भईरहेको आयोजकले जनाएको छ । २०७९ सालदेखि सुरु गरिएको दौड प्रतियोगिताको बिजेतालाई यसवर्ष प्रथम, द्घितिय, तृतीय र सान्त्वनालाई क्रमस: १५ हजार, १० हजार, ७ हजार र ३ हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको वडाअध्यक्ष नेत्र बहादुर के.सी. ले बताए।

प्यूठान नगरपालिका ७ पुण्यखोला स्थित सैनिक ब्यारेक नजिकैबाट भित्रिकोट दरवार स्थलसम्म ७ हजार ५ सय मिटर दुरिको दौड प्रतियोगिता बिहान ७:३० बजे सुरु हुने वडाअध्यक्ष के.सी. ले जानकारी दिए। नेपाल राज्यको एकिकरण पूर्व चौविसे राज्यहरु मध्ये शक्तिशाली राज्यको रुपमा रहेको भित्रिकोटको पर्यटन प्रवर्द्घन गर्न दौड आयोजना गरिएको उनको भनाई छ।

लिगलिगकोटको दौड प्रतियोगिताको परम्परालाई झल्को दिने गरी प्यूठानमा भित्रिकोट दौडको आयोजना हुन थालेको दौड आयोजना व्यवस्थापन समितिका सदस्य सुशील पोख्रेलले बताए । नेपाल एकीकरणअघि हाल गोरखा जिल्लामा पर्ने लिगलिग कोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । बाइसे–चौबीसे राज्यमध्ये लिगलिगकोटमा विसं १६०४ मा सुरु भएको मानिएको दौड २०६७ सालबाट निरन्तरता हुन थालिएको हो । तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ । ऐतिहासिक महत्वको भित्रिकोट दरबार क्षेत्र पर्यटनको हवको रुपमा विकासका लागि सरोकारवालाले ध्यान पूर्याउनु पर्ने पोख्रेलले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...