News Portal

रेडियो सुन्नुहोस्

आजको राशिफल: २०८१ मंसिर १७ सोमवार

संकलक: राम प्रसाद सुवेदी २०८१ मंसिर १७
५३७ पटक
२०८१ मंसिर १७

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्ने छ। नोकरी वा पेशामा लगनशीलताले अप्ठ्यारो समस्याहरु सुल्झिनेछन्। आध्यात्मिक क्षेत्रमा विकास हुनेछ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

कार्य समयमा पूर्ण नहुनाले हानि हुने सम्भावना छ। जीवन साथीलाई कार्यक्षेत्रमा पदोन्नति मिल्नेछ। शैक्षिक क्षेत्रबाट सम्मान पाइनेछ। कार्यक्षेत्रलाई लिएर यात्रा हुन सक्ला।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा

घर परिवार वा आफन्तहरूसँग वादविवाददेखि बच्नुहोस्। कार्य क्षेत्रमा आफ्नो निजी कामलाई छोडेर अर्काको मद्दत नगरौँ। व्यापार व्यवसायमा नयाँ काम हात लागिपर्नेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आर्थिक कारोबारमा नयाँ निर्णयहरू सोचविचार गरेर लिनुहोला। सन्तानबाट शुभ सूचना मिल्नेछ। रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर हुनुहुनेछ। आर्थिक पक्ष सबल रहनेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कार्यक्षेत्रमा नयाँ योजनाहरू प्रारम्भ गर्दा लाभ रहनेछ। पारिवारिक दायित्वहरु निभाउनमा असफल भएको कारण मन अशान्त रहनेछ। भ्रमणको रूपरेखा बन्नेछ। नोकरी वा पेशामा रिस नगरौं।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

कार्यक्षेत्रमा जोखिमका कार्यहरूमा रुचि बढ्नेछ। सामाजिक कार्यक्रमहरूको सम्मेलनमा सम्मान बढ्नेछ। आर्थिक कारोबारमा नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। धैर्य राखौं।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते

जग्गा जमिन सम्बन्धी कानुनी मामिलाहरू सुल्झिनेछ। उच्च अध्ययनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा मिठो बोलीको प्रयोग गरौं। आयस्रोत बढ्नेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

मांगलिक कार्यमा धन खर्च हुनेछ। कार्यक्षेत्रमा मेहनत अनुरूप सफलता मिल्नेछ।आधिकारिक वर्गसँग काम निकाल्न गाह्रो हुनेछ। कलाको क्षेत्रमा सफलता पाइनेछ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

कार्यक्षेत्रमा समयमा काम पूरा नहुनाले मनमा निराशा रहनेछ। स्वास्थ्य सम्वन्धि समस्या हुन सक्ला। दाम्पत्य जीवनमा मनमुटाव रहनेछ। व्यापार व्यवसायमा थप लगानी लगाउनको लागि उचित समय पर्खिनुहोला। यात्रा गर्दा सामानको सुरक्षा स्वयं राखौं।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

अग्रिम कार्य अगाडि बढाउनको लागि कठिनाइको सामना गर्नुपर्ला। राजनीतिक वा सामाजिक कार्यमा विशेष लाभ हुनेछ। नोकरी वा पेशामा प्रतिष्ठा बढ्नेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा

पूर्वमा गरेका सामाजिक कार्यहरूले प्रसिद्धि पाउनुहुन्छ। कलात्मक वा रचनात्मक कार्यमा रुचि बढ्ने छ। कार्य क्षेत्रमा वरिष्ठ व्यक्तिहरुको कुरा नसुन्दा हानी हुनेछ। कानुनी समस्याहरू सुल्झिनेछन्।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

साझेदारीमा ठूलो कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। आर्थिक कारोबारमा विस्तारको सम्भावना रहेको छ। शेयर मार्केटबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा एउटा काम सिध्याएर नै अर्को कार्य प्रारम्भ गरौं।

श्रोत हाम्रोपात्रो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...