News Portal

रेडियो सुन्नुहोस्

यौन दुर्घटना राेक्न स्थानीय सरकारले बाँड्यो कण्डम ! होटल हाेटलमा समेत व्यवसस्था

सिखबर संवाददातापाैष १५ काठमाडौँ
२०४२ पटक
पाैष १५ काठमाडौँ

समुदायको महान् पर्व चाक्चाकुरको अवसरमा यौन दुर्घटना राेक्न भन्दै कण्डम वितरण गरिएको छ। चाक्चाकुरमा लाग्ने मेलामा यूवायूवतीबीच हुने सामिप्यतालाई मध्यनजर गर्दै महाकुलुङ गाउँपालिका ३ छेस्कामका यूवाहरुलाई दुई हजार भन्दा बढि कण्डम वितरण गरिएको हो।

शुक्रबार देखि शुरु हुने खुला फुटबल प्रतियोगिता र चाक्चाकुर मेलालाई ध्यानमा राख्दै स्वास्थ्य चौकी छेस्कामले कण्डम वितरण गरेको स्वास्थ्य शाखा ले जानकारी दिएको छ ।

गाउँपालिकाका अनुसार चाक्चाकुर मेला १७ गतेसम्म जारी रहने भएकाले मेलाको अवसरमा यूवायूवतीमा हुने सामिप्यताले निम्त्याउने यौन दुर्घटना न्यूनिकरणका लागि अस्थायी साधनको प्रयोगलाई प्रोत्साहन गरिएको स्वरुप यस्तो कदम चालिएको हो ।

समझदारीमा हुने यौन सम्पर्कबाट हुने अनिच्छित गर्भधारणलाई रोक्ने र सानै उमेरमा हुने विवाहलाई कमी गर्ने उद्देश्यले कण्डम वितरणको अभियान थालिएको जनाईएको हो ।

यूवाहरुसँग हातेमालो गर्दै कण्डम वितरण गरिएको र चाक्चाकुर अवधिसम्म खुला स्थानमा कण्डमको उपलब्धता गराउने तयारी समेत गरिएको बुझिएको छ । होटलहरुमा समेत कण्डम लिन सकिने गरि व्यवस्थापन गरिएको छ।

गाउँपालिकाले चाक्चाकुर पर्व मनाउनका लागि भन्दै पुस १५ देखि १७ सम्म स्थानीय विदा दिने निर्णय समेत गरेकाे छ। कुलुङहरुको बाक्लो बसोबास रहेको महाकुलुङमा पुस १५ को अवसरमा आफन्त भेटघाट, सामूहिक जमघट र खानपिनकाे चलन रहकाे छ।

मेलाको अवसरमा यूवायूवतीहरुको भागी विवाह हुने चलन पनि रहेको तर चेतनाको स्तर बृद्धि भएसँगै भागी विवाहको चलन घट्दै गएको जानकारहरु बताउँछन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...