News Portal

रेडियो सुन्नुहोस्

‘नेपालकै पहिलो अटो गेमले मलाई नेशनल च्याम्पियनसिप बनाउदै इन्टनेशनल पार्टिसिपेन्ट खेलाडी समेत बनाएको छ ।’

सुरेन्द्र प्रधान अटो जिमखाना च्याम्पियन, ‘नेशनल च्याम्पियनसिप २०१७’

१७५८ पटक

नेपालको इतिहासमा पहिलो पटक अटो जिमखानाको आयोजना सम्पन्न भएको छ । ‘भग्सवागन नेश्नल अटो जिमखाना च्याम्पियनसिप २०१७’ बाट सुरेन्द्र प्रधान च्याम्पियनसिप भएका छन् । यो सँगै प्रधान अन्तराष्ट्रिय अटो जिमखाना गेमका लागि समेत छनोट भएका छन् । उनले ४० प्रतिसप्रदी तथा साहसिक ड्राईभर खेलाडीहरुलाई पछि पार्दै उपाधी उचाल्न सफल भएका हुन् । उनले आउदो वर्ष इण्डोनेशियामा हुने अन्तराष्ट्रिय अटो जिमखाना गेमका लागि नेपालको तर्फबाट सहभागिता जनाउदै छन् । आउनुहोस् सुनौं साहसिक तथा नेशनल च्याम्पियनसिपसँग प्रयास श्रेष्ठको संक्षिप्त कुराकानी । 

  • अटो जिमखाना अर्थात् अटो खेलमा तपाई नेशनल च्याम्पियनसिप बन्नु भएको छ । तपाइलाई कस्तो अनुभुती भैरहेको छ ?

नेपालमै भएको अन्तराष्ट्रिय लेभलको अटो जिमखानाबाट च्याम्पियनसिप हुनपाउदा म धेरै खुशी अनि हर्षित भएको छु । मलाई लागेको थिएनकी म यो उपाधी जित्ने छु । अहिले पनि मलाई म आफै च्याम्पियन भएको विश्वास लागिरहेको छैन । जेहोस् मनमा आट र साहस भए सफलता हात लाग्ने रहेछ । अहिले मलाई यस्तै लागिरहेको छ ।

  • पहिले पनि तपाईले यस्तै कुनै गेममा भाग लिनु भएको थियो की ?

विल्कुल थिएन । स्कुल पढ्दाखेरी सामान्य शारिरीक व्यायम तथा अन्य गेमहरु त खेलिएको थियो होला तर यस्तो अटो रेस तथा जिमखाना खेलहरुमा भने कहिल्यैं भाग लिगेको थिईन । यो नै मेरो जीवनको पहिलो अटो गेम हो । पहिलो गेमले नै मलाई नेशनल च्याम्पियन बनाईदियो ।

  • खेलमा कसरि सहभागी हुनुभयो त ?

मेरो घर धनुषा क्षेत्र नंबर ४ हो । मेरो पेषा व्यवसया तथा कामकाज उतैनै छ । पहिलो पटक नेपालमा अटो जिमखानाको आयोजना हुदै छ भन्ने कुरा साथीमार्फत थाहाँ गरे । त्यसोत पछि मैले पत्रिकामा पनि पढे । तर खेलकुदमा भाग लिने भने मेरो कुनै योजना थिएन । साथीले भाग लिन अनुरोध गर्नुका साथै प्रोत्साहन समेत गरेकाले मैले भाग लिने निर्णय गरे । यहि अटो जिमखानाका लागि नै भनेर म धुनुषा देखी काठमाण्डौं हुदै काभ्रेको धुलिखेल सम्म आइपुगे । भाग पनि लिगियो र जितियो पनि । यसले मलाई ठूलो खुशी प्रदान गरेको छ ।

  • प्रतियोगितामा भाग लिदै गर्दा तपाईलाई कस्तो अनुभूती भएको थियो नी ?

पहिलो पटक रेसिङ्ग गेममा भाग लिदा केहि कौतुहलता हुनुत सोभाविक नै हो । मलाई पनि के हुन्छ होला ? कसरी ड्राईभ गर्ने होला ? जस्ता कुराले ढुक्ढुकी बढाईरहेको थियो । गेम सुरु भए पछि पनि मलाई कताकता आफैमा नर्मस फिल भैरहेको थियो । विस्तारै अघि बढेपछि भने आफुमा साहस बढेर गयो । म भन्दा पनि राम्रा र सिपालु साहसिक ड्राभरहरु नर्मस र हतारिएकै कारण असक्षम हुन पुगे । जे होस् म भने सफल हुन पुगे ।

  • तपाईको ड्राईभिङ्ग अनुभव कति वर्षको हो ?

मेरो ड्राईभिङ्ग अनुभव त त्यति धेरै रहेको छैन । मैले नियमित गाडी चलाउन थालेको करिब २ वर्ष जति मात्र हुनलागेको छ । यो भन्दा पहिला त आक्कलझुक्कल दाइको गाडी चलाउने गर्थे । पछि आफैले गाडी किनेर ड्राईभ गर्न थालेको हुँ । ड्राईभिङ्ग अनुभवको समयावधीले भन्दा पनि मलाई एकपटक सिकेको कुरालाई निकै ध्यान दियर त्यसमा निखारता ल्यान मन लाग्छ । त्यसैले गर्दा मेरो ड्राईभिङ्गको छोटो समयको अनुभवले पनि सफलता हात लागेको छ । त्यसोत मैले चालक अनुमतीपत्र लाईसेन्स प्राप्त गरेको करिब ८–१० वर्ष जति भैसकेको छ । त्यो वेलामा जनकपुरबाट मैले लाईसेन्स झिक्दा करिब साढे दुई सयले एकै पटक ट्रायल दिदा एक मात्र पास गरेर लाईसेन्स प्राप्त गर्ने व्यक्ति मनै थिए । त्यो पनि पहिलो पटकमै ।

  • नेशनल च्याम्पियनसिपसँगै अब तपाई इन्टरनेशन गेमका लागि समेत छनोटमा परिसक्नु भएको छ । अबको तपाईको तयारी कस्तो हुने छ त ?

नेपालकै पहिलो अटो गेमले मलाई नेशनल च्याम्पियनसिप बनाउदै इन्टनेशनल पार्टिसिपेन्ट खेलाडी समेत बनाएको छ । यसलाई मैले मेरो भाग्य र अवसर दुबैकै रुपमा हेरेको छु । प्राप्त अवसरलाई सदुपयोग गर्दै आयोजक टिमले सपोर्ट गरेको खण्डमा म इन्टरनेशनल मैदानमा समेत सहभागी हुनेनै छु । तर मेरो यहि स्तर र पर्फमेन्सले त त्यहाँको लागि प्रयाप्त हुने छैन । यसका लागि आयोजक टिमसँग सहकार्य गर्दै म आफै पनि आफ्नो ड्राभिभ स्किललाई अझ सुधार गर्न प्रयत्न गर्ने छु । ताकी विदेशी भूमीमा पनि जित हासिल गर्दै नेपालको झण्डा फहराउन सकु ।

source: gracekhabar.com

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...