News Portal

रेडियो सुन्नुहोस्

पिकअपको ठक्करबाट बृद्धको मृत्यु

सागर रिजालप्युठान,१६ पुस ।
८७३ पटक
प्युठान,१६ पुस ।

प्युठान बिजुवार देखि बाग्दुला तर्फ कुखुराको चल्ला बोकेर जाँदै गरेको पिकअपको ठक्करबाट सोमबार एकजनाको मृत्यु भएको छ। प्युठान नगरपालिका ७ पुण्र्यखोलामा से १ च २१७३ लिपकोट निवासी ६३ बर्र्षीय ईश्वर वहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी गराए । उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा ज्यान गएको हो। मृतकको लास पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखीएको छ । गाडी चालक झिमरुक गाउँपालिका‐५ का अजय पोख्रेल सहित गाडी प्रहरी नियन्त्रणमा राखिएको छ। न्यौपाने एग्रोभेट सेन्टर बाग्दुलाको चल्ला बोकेर जीप बाग्दुला तर्फ जाँदै थियो । सडक किनारमा पैदल हिडिरहेका बिकलाई जिप अनियन्त्रीतभई ठक्कर दिएको थियो ।
मृत अवस्थामा फेला
त्यस्तै,सोमबार प्युठान नगरपालिका ७ बाग्दुला स्थित लाइफकेयर अस्पतालको पछाडी कुलामा एक युवक मृत अबस्थामा भेटिएका छन। दाङ घोराही नगरपालिका १८ का बर्स २५ का अनिल चौधरी मृत अबस्थामा भेटिएका हुन। चौधरी घर निर्माणकार्यमा लेबर काम गर्दै आएका थिए।आईतबार साझ देखि चौधरी हराईरहेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...