News Portal

रेडियो सुन्नुहोस्

अनुगमनकर्ता पुग्दा विद्यालयमा प्रधानाध्यापक र शिक्षक नै नभएपछी..

जायश्वर जैसि
२४४८ पटक

गौमुखि गाँउपालीकाका विद्यालयहरुमा नियमविपरित प्रधानाध्यापक र शिक्षक विद्यालयमा अनुपस्थित हुने गरेको पाईएको छ।

गाँउँपालीकाको आयोजनामा मंगलवार गाँउपालीकाका ७ वटा विद्यालयको अनुगमन गर्दा केही विद्यालयमा प्रधानाध्यापक नै विद्यालयमा अनुपस्थित रहेको, विद्यालय समयमा शिक्षक उपस्थित नरहेको, तथ्यांकहरू व्यवस्थित र अभिलेखिकरण नगरिएको, सबै विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थित गराउन नसकेको लगायतका गम्भीर समस्याहरू देखिएको अनुगमन पस्चात वसेको समिक्षा वैठकले निष्कर्ष निकालेको छ।

अनुगमनका क्रममा गतवर्षको सिकाइ उपलब्धि, निरन्तर विद्यार्थी मूल्यांकन, शिक्षक ( विद्यार्थी नियमित उपस्तिथि, अतिरिक्त क्रियाकलाप, पोषण कार्यक्रम, विद्यार्थी संख्या, विद्यालयका अन्य समस्या लगायतका विषयमा अनुगमन टोलीले जानकारी लिएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर कमजोर रहेको भन्दै यसमा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाले अनुगमन थालेको गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिनु भएको छ । गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीको नेतृत्वमा ९ जनाको एक टोलीले विभिन्न विद्यालय अनुगमन गरेको हो ।

पालिका अध्यक्ष बिष्णु कुमार गिरी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्याल र पालिकाको सामाजिक बिकास सहयोग समितिका सदस्य युग बहादुर केसीले गौमुखी माध्यमिक विद्यालय, पालिका उपाध्यक्ष तुल्सी सुनारले पूर्ण आधारभूत विद्यालय, स्रोत व्यक्ति ओमहरी पोख्रेलले लोकतान्त्रिक आधारभूत विद्यालय, सामाजिक बिकास समितिका सदस्यहरू अर्जुन बहादुर केसीले शिशु कल्याण आधारभूत विद्यालय गौँडेचौर, माधवराज पोख्रेलले शिशु कल्याण आधारभूत विद्यालय गाडापानी र जायश्वर जैसीले जनप्रिय आधारभूत विद्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...