News Portal

रेडियो सुन्नुहोस्

पह शाह र आचल शर्मा दिलराजा दिलरानी बने हेर्नुहोस् भिडियो सहित

सिखबर संवाददाता
२०५५ पटक

नेपाली गीत संगीतको क्षेत्रमा उत्कृष्टताको कोणबाट सबै सामु परिचित नाम हो बि.बि. अनुरागी । जुन नाम नेपाली गीत संगीत प्रेमी दर्शक श्रोताको लागि नयाँ नाम भने अवस्य हैन । उहाँले नेपाली गीत संगीतको क्षेत्रमा संगीतकार एवम् एरेन्जर (संगीत संयोजकको ) माध्यमवाट ठुलो लगानी गर्नुभएको छ ।

उहाँले धेरै एरेन्ज र संगीत गरेपनी कहिलेकाही आफ्नो आवजमा पनि उत्कृष्ट्र गीतहरु रेकर्डिङ्ग गरेर दर्शक श्रोतालाई पस्कीरहनु भएको हुन्छ । उहाँले पछिल्लो समय गीत गाउने पाटोलाई पनि अलि निरन्तरता दिन थाल्नुभएको छ । केही समय अगाडी बजारमा आएको आइलभ यू आइ मिस यु र वय स्यानीले राम्रो सफलता बटुले सँगै उहाँको आवाजमा फेरि अहिले भ्यालेन्टाइन डे लाई लक्ष्ति गरेर नयाँ गीत “दिल राजा दिल रानी” सार्वजनिक भएको छ ।

पछिल्लो समयकी लोकप्रीय गायिका इन्दु बाँनियाको प्रस्तुतीमा बजारमा आएको यस गीतको स्वरमा साथ बिबि अनुरागीले दिनुभएको छ भने गीतको संगीत र एरेन्ज पनि अनुरागीकै रहेको छ भने शब्द सृजना सर्वप्रिय सर्जक सुमन श्रापितको रहेको छ । गीतको ध्वनी सम्पादन कुशल एवम् चर्चित साउण्ड इन्जिनियर श्यामश्वेत रसाइलीले गर्नुभएको छ ।

म्यूजिक भिडियोमा अहिलका सर्वाधिक रुचाइएका जोडी पल शाह र आँचल शर्माको रोमान्स देख्न सकिन्छ । गम्भिर विष्टको निर्देशन रहेको यस म्यूजिक भिडियोको छायाँकन नबराज उप्रेतीले गर्नुभएको छ भने सम्पादन नबीन निरौलाले गर्नुभएको छ । गीतको बजार व्यवस्थापन ओपल अडियो भिडियोले गरेको छ । भिडियो ओपल इन्टरटेनमेन्ट को युटुब च्यानलमा अपलोड गरिएको छ । गीतले सबैखाले दर्शक श्रोताको मन जितोस् हाम्रो तर्फवाट शुभकामना ।
हेर्नुहोस् भिडियो

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...