News Portal

रेडियो सुन्नुहोस्

पह शाह र आचल शर्मा दिलराजा दिलरानी बने हेर्नुहोस् भिडियो सहित

सिखबर संवाददाता
२०३८ पटक

नेपाली गीत संगीतको क्षेत्रमा उत्कृष्टताको कोणबाट सबै सामु परिचित नाम हो बि.बि. अनुरागी । जुन नाम नेपाली गीत संगीत प्रेमी दर्शक श्रोताको लागि नयाँ नाम भने अवस्य हैन । उहाँले नेपाली गीत संगीतको क्षेत्रमा संगीतकार एवम् एरेन्जर (संगीत संयोजकको ) माध्यमवाट ठुलो लगानी गर्नुभएको छ ।

उहाँले धेरै एरेन्ज र संगीत गरेपनी कहिलेकाही आफ्नो आवजमा पनि उत्कृष्ट्र गीतहरु रेकर्डिङ्ग गरेर दर्शक श्रोतालाई पस्कीरहनु भएको हुन्छ । उहाँले पछिल्लो समय गीत गाउने पाटोलाई पनि अलि निरन्तरता दिन थाल्नुभएको छ । केही समय अगाडी बजारमा आएको आइलभ यू आइ मिस यु र वय स्यानीले राम्रो सफलता बटुले सँगै उहाँको आवाजमा फेरि अहिले भ्यालेन्टाइन डे लाई लक्ष्ति गरेर नयाँ गीत “दिल राजा दिल रानी” सार्वजनिक भएको छ ।

पछिल्लो समयकी लोकप्रीय गायिका इन्दु बाँनियाको प्रस्तुतीमा बजारमा आएको यस गीतको स्वरमा साथ बिबि अनुरागीले दिनुभएको छ भने गीतको संगीत र एरेन्ज पनि अनुरागीकै रहेको छ भने शब्द सृजना सर्वप्रिय सर्जक सुमन श्रापितको रहेको छ । गीतको ध्वनी सम्पादन कुशल एवम् चर्चित साउण्ड इन्जिनियर श्यामश्वेत रसाइलीले गर्नुभएको छ ।

म्यूजिक भिडियोमा अहिलका सर्वाधिक रुचाइएका जोडी पल शाह र आँचल शर्माको रोमान्स देख्न सकिन्छ । गम्भिर विष्टको निर्देशन रहेको यस म्यूजिक भिडियोको छायाँकन नबराज उप्रेतीले गर्नुभएको छ भने सम्पादन नबीन निरौलाले गर्नुभएको छ । गीतको बजार व्यवस्थापन ओपल अडियो भिडियोले गरेको छ । भिडियो ओपल इन्टरटेनमेन्ट को युटुब च्यानलमा अपलोड गरिएको छ । गीतले सबैखाले दर्शक श्रोताको मन जितोस् हाम्रो तर्फवाट शुभकामना ।
हेर्नुहोस् भिडियो

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...