जिल्ला जनपरिषद प्यूठानको प्रमुखमा विश्वास क्षेत्रि निर्वाचित भएका छन्।
आज माण्डवि गाउंपालिका उदयपुरकोटमा सम्पन्न जिल्ला जनपरिषद प्यूठानको जिल्ला सम्मेलनले क्षेत्रिको अध्यक्षतामा उपप्रमुख चाईना रहेको ११ सदस्यिय जिल्ला जनपरिषद निर्वाचित गरेको छ।
नेपाल कम्यूनिष्ट पार्टीले संसदको अभ्यासस्वरुप जनप्रतिनिधि सभा र जनसरकारको रुपमा जनपरिषद चलाईरहेको छ।
सम्मेलनवाटै भगवता ठेडि प्रमुख र ईमानसिंह परियार उपप्रमुख रहेको ३५ सदस्यिय जिल्ला जनप्रतिनिधिसभा गठन भएको छ।
कार्यक्रममा वोल्दै प्रमुख अथिति एवं मगरात स्वायत्त प्रदेश जनपरिषद प्रमुख नन्द वहादुर वुढा(विजय) ले वर्तमान सत्ताले जनतामा गरेको अन्याय, अत्याचार, भ्रष्टाचार र वेथितिको भण्डाफोर गरि जनताको सेवा गर्न जनपरिषद गठन कार्य देशव्यापि रुपमा अगाडि वढाइएको वताउनु भयो।
उहांले निर्वाचित पदाधिकारीलाई जनताको सेवामा प्रतिवद्ध रहेर लाग्न र वर्तमान संसदिय सत्ताले गरेको अन्याय र भ्रष्टाचारको भण्डाफोर गर्न समेत निर्देशन दिनुभयो।
यस्तै कार्यक्रमका विशिष्ट अथिति एवं नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा राप्ती व्यूरो प्रमुख सुवास वाठामगरले सरकारले जनवजस्त मुलुकमा युद्ध निम्त्याउन लागेको वताउनु भयो।
जनताले उठाईरहेको आन्दोलनलाई दमन गर्न र क्रान्तिकारी आन्दोलन कमजोर गराउन केपि ओलि नेतृत्वको सरकारले नेकपा का नेता कार्याकर्तालाई पक्राउ गरि झुठा मुद्धा लगाएको भन्दै उहाले यो कार्यले सरकार स्वयंको आयु घटिरहेको समेत दावि गर्नुभयो।