News Portal

रेडियो सुन्नुहोस्

सिरिया युद्धः युद्ध रोक्ने कि सबै सिरियाली जनता मारिसकेपछि आउने शान्तिलाई पर्खिएर बस्ने

आयन बोन्ड
९५५ पटक

सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गयो । ज्यान गुमाउनेमा अधिकांश अबोध बालबालिका छन् । बसर अल असद सिरियाली सत्तामा आएको सात वर्ष भयो । उनको आगमनसँगै सिरिया कहालिलाग्दो गृहयुद्धमा होमिएको छ । अहिलेसम्म पाँच लाखभन्दा बढी सिरियाली नागरिकले ज्यान गुमाइसकेका छन् ।

साँचो बोल्नुपर्दा, सिरियामा क्रूरता विजयी भइरहेको छ । प्रजातान्त्रिक मुलुक भनाउँदाहरूसँग सिरियाको जर्जर अवस्थाको सामना गर्ने हिम्मत छैन । हालैको नरसंहार हृदयविदारक लासहरूले इरान र रुसजस्ता असद सत्ताका सहयोगीको मन पग्लिनेवाला छैन । उनीहरूले असदको सहयोग छाड्ने कुनै सुइँको पनि देखिएको छैन । सन् २०११ बाट सिरियामा गृहयुद्ध सुरु भएयता युद्धविरामका लागि गरिएका ११ वटा प्रस्तावलाई रुसले अस्वीकार गरेको छ । अन्ततः गत शनिबार मात्र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सिरियामा एकमहिने युद्धविराम प्रस्ताव पारित गरेको छ ।

रुस राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य भएको नाताले अन्तर्राष्ट्रियस्तरमा शान्ति तथा सुरक्षाको वातावरण बनाउने जिम्मेवारी उसको पनि हो । रुसले सुरक्षा परिषद्मा असदको कदमको बचाउ गर्दै आएको छ । सिरियामा आफूले प्रयोग गरेका केमिकल आक्रमणबाट विकसित परिणामलाई स्विकार्न रुस तयार छैन । रुसी सैन्य बलले सिरियाली अस्पताललाई समेत निसाना बनाएर क्रूरताको प्रमाण पेस गरिसकेका छन् । उनीहरूको अत्याचार सबैले देखिसकेका छन् । सिरियाको मानवीय संकटप्रति पश्चिमा देशहरू सधैँ स्थिर देखिएका छन् । उनीहरूको प्रतिक्रिया पनि सधै एउटै हुन्छ । उनीहरूले गर्ने भनेको घटनाको भत्र्सना अनि हिंसा अन्त्यका लागि अपिल हो ।

हिंसा सुरु भएको दुई वर्षसम्म युरोपेली युनियनले हिंसाको भत्र्सना गर्दै सातामा एकचोटिजसो वक्तव्य निकाल्ने गथ्र्यो । अहिले उसको वक्तव्य आउने क्रम घटेको छ । अब आएका वक्तव्यको कुनै प्रभाव पनि छैन । हालै संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त जेइद राद अल हुसेनले सिरियाको विकसित संकटबारे मुख खोलेका छन् । उनले भनेका छन्, ‘जुन तरिकाले सिरियामा युद्ध र हिंसा भइरहेको छ, मानवीयताका लागि यो अत्यन्तै लज्जास्पद छ । यस संकटको समाधान हुन नसक्नुले विश्व कूटनीतिको सबैभन्दा ठूलो असफलतालाई पुष्टि गरेको छ ।’

सिरिया, इरान र रुसी बलले आफ्ना सम्पूर्ण शत्रुको नाश नगरेसम्म युद्ध चलिरहोस् भन्ने पश्चिमा देशहरू चाहन्छन् । यत्रो नरसंहार हुँदा पनि चुप लागेर बस्नु भनेको नरसंहारकोे पक्ष लिनु हो । यसर्थ पश्चिमा मुलुकले पनि यो संकटको जिम्मेवारी लिनुपर्छ । पश्चिमा देशहरू रुवान्डा तथा बोस्नियाको संकटमा भन्दा बढी दोषी सिरियाको मुद्दामा देखिएका छन् । यदि सिरियाली सत्ता तथा उसका समर्थक विजयी भएको खण्डमा सिरियामा पुनः असदको निरंकुश राजको पुनर्बहाली हुनेछ । यस्तो भएको अवस्थामा पश्चिमा नेतृत्वको स्वार्थ स्वयंमा असर पर्नेतर्फ उनीहरूको ध्यान जान जरुरी छ ।

युरोप तथा छिमेकी देशहरूको सीमाबाट सिरिया पूर्ण रूपले रोकिएको छैन । हालै मात्र ५५ लाखभन्दा बढी सिरियाली शरणार्थी मुलुकबाहिर शरण लिन बाध्य छन् भने ६० लाखभन्दा बढी पूर्ण रूपमा विस्थापित भइसकेका छन् । युरोपेली युनियन, बेलायत तथा अन्य दाताहरूले शरणार्थीलाई सहयोग गरेता पनि शरणार्थीका लागि पर्याप्त छैन । आफ्नोे देशको मूल समस्याको समाधानका लागि यस्ता संगठन, देश तथा दाताहरूले भूमिका नखेलेसम्म उनीहरूको सहयोगप्रति शरणार्थी आभारी हुन सक्दैनन् । शरणार्थी शरण दिने मुलुक तथा अतिवादी संगठनको शोषणमा पर्ने खतरा उत्तिकै छ । यसले गर्दा जोर्डन, लेबलान र टर्कीजस्ता देशमा शरणार्थीहरूको जीवन झनै संकटमा पर्ने देखिन्छ ।

कम्तीमा पनि सिरियाली नेतृत्व तथा उसका समर्थले जन्माएको दण्डहीनताको अन्त्यका लागि पश्चिमा जगत् अघि बढ्नुपर्ने हुन्छ । सन् २०१६ को डिसेम्बरमा भएको राष्ट्रसंघको साधारण सभाले सिरिया युद्धको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रस्ताव पारित गरेको थियो । बेलायतले यस कार्यका लागि सम्भव भएसम्म चाँडो अन्य देशको प्रतिबद्धता खोज्यो । यसरी हेर्दा इरान तथा रुसले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको अवस्थामा उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । यति मात्र होइन, विगत सात वर्षदेखि सिरियामा संकट लम्ब्याएका दोषीले सिरियाली जनतालाई जीवनभर पाल्नुपर्छ ।

युरोपेली युनियन र उस्तै मत भएका देशहरूले सिरिया युद्धमा सहयोग गर्ने रुसी कम्पनी तथा व्यक्तिविशेषविरुद्ध प्रतिबन्ध लगाउनुपर्छ । सन् २०१४ मा युक्रेनविरुद्धको रुसी आक्रमणमा संलग्न धेरैलाई पहिले नै प्रतिबन्ध लगाइसकिएको छ । अब, सिरियाको हिंसामा संलग्न भएका रुसी पक्षसँग व्यापार गरिरहेका युरोपेली संस्थालाई समेत सम्पत्ति रोक्का, यात्रा प्रतिबन्धलगायत कानुनी दायराभित्र पर्न युरोपेली युनियनले कडा कदम चाल्नुपर्ने हुन्छ ।

पछिल्ला केही सातामा पश्चिमा नेतृत्व हिंसा मच्चाउने विद्रोही समूहप्रतिको कारबाहीमा नरम देखिएको छ । गत ७ फेब्रुअरीका दिन रुसले भाडामा राखेका निजी लडाकु समूहले सिरियाको पूर्वी क्षेत्रमा रहेको अमेरिकी सेनाको आधार शिविरमा आक्रमण ग¥यो । जवाफी कारबाहीमा अमेरिकी बलले ठूलो संख्यामा सो समूहका लडाकुलाई तहसनहस बनायो ।

यसरी रुस घुमाउरो पारामा सिरियाको जमिनमा आफ्ना सैन्य बल तैनाथ नभएजस्तो देखाउन चाहन्छ । यसैबीच, गत १० फेब्रुअरीमा सिरियाली वायु रक्षक बलले एउटा इजराइली लडाकु विमान खसाल्यो । सो घटनालगत्तै अक्रोशित इजरायलले सिरियामाथिको जवाफी कारबाहीमा सिरियाको आधा वायु रक्षा प्रणाली ध्वस्त पारेको दाबी गर्यो । तर, इजराइली अक्रमण रोक्न रुसले कुनै कदम चालेन ।

माथिका दुई घटनालाई हेर्दा सिरियामाथिको रुसी सहयोग र सिरियाली सत्तालाई कमजोर बनाउने कदम चाल्नु अत्यावश्यक छ । यसका लागि योजनाबद्ध अभियान चाल्नुपर्ने हुन्छ । अप्रिल ०१७ मा सिरियाविरुद्ध डोनाल्ड ट्रम्पले चालेको मिसाइल आक्रमणजस्तो कदमले भने हुन्न । असदको सैन्य बललाई निस्तेज बनाएर उनलाई शान्तिको बाटोमा हिँड्ने विकल्प आउन बाध्य बनाउनुपर्ने हुन्छ । यस्तो रणनीतिको उदाहरणका रूपमा बोस्निया द्वन्द्वलाई लिन सकिन्छ । सर्बियाका तत्कालीन राष्ट्रपति स्लोबोदन मिलासेभिकलाई वार्ताको टेबुलमा ल्याउन नाटोले सर्बियाको सैन्य बलमाथि कारबाही गर्नुपरेको थियो ।

यसरी, सन् १९९५ मा बोस्निया द्वन्द्वको अन्त्य भएको थियो । यसर्थ, सिरियाको सन्दर्भमा पनि संगठित सैनिक अभियानको अवश्यकता छ । जसले गर्दा रुस सिरियाली मामिलाबाट हट्न बाध्य हुनेछ । अनि, उसले शान्तिको विकल्पमा रोज्नैपर्ने हुन्छ । यस दौरान वार्तामा बस्न इच्छुक सिरियाली सत्तापक्षका सदस्य तथा विपक्षी सदस्यहरूको पनि पहिचान गर्नुपर्ने हुन्छ । अफगानिस्तान, इराक र लिबियामाथिको हस्तक्षेपमा पश्चिमा राजनीति असफल भइसकेको सन्दर्भमा सिरियामा सैन्य कारबाही गर्नेबारे उनीहरूले आफ्ना मतदाताको राय बुझ्न चाहेका छैनन् ।

सिरियामा रुसको संलग्नताले संकटलाई थप जटिल बनाएको छ । सिरियाली विद्रोहीका लागि कुनै पनि देश तेस्रो विश्वयुद्ध निम्त्याउन चाहन्नन् । युद्धरत अधिकांश विद्रोही हिंसा भड्काउने अतिवादी समूह छन् । कतिपय राजनीतिक नेतृत्वले सिरियामा सैन्य हस्तक्षेपले समाधान नल्याउने तर्क गर्छन् । तर, उनीहरू झुट बोलिरहेका छन् । सिरिया संकटको सैन्य समाधान छ, तर असद र पुटिनले त्यसको गलत प्रयोग गरिरहेका छन् । यस्तो अवस्थामा पश्चिमले उनीहरूलाई रोक्न सक्नुपर्छ या त असद र पुटिनले सबै सिरियाली जनतालाई मारिसकेपछि आउने शान्तिलाई पर्खिएर बस्नुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...