News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा मतदान सुरू, कहाँ के हुदैछ?

सिखबर न्युजडेस्क१४ मंसिर, प्यूठान
१४८६ पटक
१४ मंसिर, प्यूठान

जिल्लाका ८ मतदान स्थलका १२ वटै मतदान केन्द्रमा मतदान सुरु भएको छ। ३ वर्डा अध्यक्षका लागि २ स्थानिय तहमा निर्वाचन हुन लागेको हो। सवै स्थानमा शान्तिपुर्वक समयमै मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले वताए।

मतदानका लागि लाईनमा लामवद्घ मतदाताहरु, तस्विर:वासुदेव गिरी(पत्रकार)

ऐरावती गाउँपालिका वडा नम्वर १ दाङवाङ, २ वरौला र प्यूठान नगरपालिका वडा नम्वर २ दाखाक्वाडीमा निर्वाचन हुन लागेको हो । ३ वडावाट ८ हजार ३ सय ४६ मतदाताले ७ जना उम्मेद्वारका लागि मतदान गर्दैछन्।

ऐरावती १ मा २ हदार ५ सय ४५ र २ नम्वरमा २ हजार ७ सय ८० गरी कुल ५ हजार ३ सय २५ मतदाता ऐरावतीमा रहेको निर्वाचन अधिकृत चन्द्रदेव भारतीले बताए ।

ऐरावती १ मा वालशिक्षा प्रा वि का २ केन्द्रवाट ११ सय ४५, दाङवाङ माविवाट ८९६ र दाङवाङ प्रा वि मतदान केन्द्रवाट ५०४ मतदाताले मतदान गर्नेछन्।

ऐरावती २ मा मोति मावि मतदान स्थलका २ केन्द्रवाट १२००, जनकल्याण आ.वि. वाट ७८७ र रत्नेश्वरी प्रावि केन्द्रवाट ७९३ जना मतदाताले मतदान गर्नेछन्।
प्युठान नगरपालीका २ मा वडहरपाटा मतदान स्थलका २ केन्द्रवाट १८५० र जानकि मा वि का २ केन्द्रवाट १ हजार १ सय ७१ मतदाताले मतदान गर्नेछन।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...