News Portal

रेडियो सुन्नुहोस्

प्यूठान थुप्रै संभावना वोकेको जिल्ला होः पोख्रेल

'अहिले सम्म जति हुनु पर्ने हो त्यति भैसकेको छैन'

२३४९ पटक

कृष्ण प्रसाद पोखरेल उद्योग मन्त्रालय अन्तर्गतका बिभिन्न कार्यालयहरुमा २६ वर्ष काम गर्नुभएको एक कुशल व्यक्तित्व हुनुहुन्छ । घरेलु तथा साना उद्योग बिकास समितिमा बिभिन्न जिल्लामा रहि काम गरेको लामो अनुभब प्राप्त गर्नुभएको छ । घरेलु तथा साना उद्योग बिकास समितिमा कार्य गर्दा शुरुमा अधिकृत ,बरिष्ठ अधिकृत र अहिले उपनिर्देशकमा नाम निकाली जिल्लामा आउनुभएका एक व्यबसायी मैत्री ,मिलनसार ,पारदर्शि र हसिलो र फुर्तिलो स्वभाब भएका प्यूठान जिल्लाका वरिष्ठ उद्योग अधिकृत संग पत्रकार राम बहादुर बि क ले जिल्लामा घरेलु तथा साना उद्योगको अबस्था समस्या र सम्भाबनाका बारेमा कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानी को अंश

भर्खर मात्र जिल्लामा तपाईको आगमन भएको छ, कस्तो महशुस भइरहेको छ ?

मलाई अत्यन्तै खुसिको महशुस भइरहेको छ । म गुल्मी जिल्लाको मान्छे जिल्ला सँग जोडीएको छिमेकी जिल्ला उप निर्देशकको रुपमा नाम निकाली अहिले वरिष्ठ उद्योग अधिकृतको रुपमा छु । मलाइ क्षेत्रिय प्रमुखको रुपमा जिल्ला छान्ने क्रममा मैले प्यूठानलाई छानेको छु । म जिल्लाका सम्पुर्ण दाजुभाई तथा दिदी बहिनी, आमा बुबा, सञ्चारकर्मि तथा बुद्धिजिबिहरुसँग मिलेर उद्योग क्षेत्रमा केहि बिकास गरु भन्ने आशा छ ।

घरेलु तथा साना उद्योग बिकासका लागी कस्ता कस्ता सम्भावनाहरु देख्नुभयो ?

यो अत्यन्तै महत्वपुर्ण कुरा हो। प्यूठान जिल्ला स्वर्गद्धारी महा प्रभुको आश्रम भएकाले एउटा पवित्र र चर्चित जिल्ला पनि हो । यहा विभिन्न सम्भावित अवशर छन । उद्योगको पाटोमा भन्नुपर्दा स्थानिय स्रोतमा आधारीत उद्योग व्यबसायीहरु स्थानिय स्रोत साधनहरु कस्ता छन । दोस्रो यहाका विभिन्न बजार क्षेत्र छन ती बजार क्षेत्र ले कस्तो आबश्यकता पहिचान गरेको छ , तस्रो कुरा यहाको जाती,जनजाती को सिपकला ज्ञान के मा निपुर्ण छ यो तिन पाटा भित्र रहेर उधोग बिकास गर्ने मेरो प्रमुख लक्ष्य हो । घरेलु तथा साना उद्योग भन्नु एउटा लघु घरेलु उधोग कार्यालय हो यसले स्थानिय उत्पादीत बस्तु सबदेशमा निर्यात भैरहेको छ सिस्नो अल्लो युवा पनि भन्ने गरीन्छ । यहा भेरै सम्भाबना छन ।अझ यसलाई अझ पनि आधुनिकिकरण गरेर गुणस्तर वृद्धि गरी राम्रो टेक्नोलोजी सेन्टर अर्थात उपयुक्त प्रविधि बाट अझै पनि गुणात्मक र मात्रात्मक तरीकाले बिकास गर्ने एउटा गाष्ठी मार्फत अपेक्षा गरेको छु । दोस्रो स्थानिय स्तरमा अर्गानिक साबुन छ यहाको अमला त्यस्तै बाँस जन्य बस्तुको उत्पादन गर्नु अत्यन्तै आबश्यक छ किनभने प्यूठान बाट दाङ्गको सदरमुकाम भालुबाङ,चकचके,बुटवल,गुल्मी सम्म विभिन्न घरेलु उधोगहरु छन भने पवित्र प्यूठान नगरपालिका जुन बिजुवारमा चर्चित ठाउ छ । स्वर्गद्धारी नगरपालिका छ त्यहाका बजार लगायत त्यहाको बजार क्षेत्र भयको विभिन्न पर्यटकिय होटल ब्यवसाय प्राविधिक इन्स्टिच्युटहरु को अत्यन्त आबश्यक छ त्यसरी अपेक्षा अनुशार यहाको सिप कला ज्ञान छ त्यसमा आधारीत कृषि जन्य कृषि औजार ,छालाका जुत्ताहरु ल्गायतका उधोगहरु स्थापना का सम्भाबना देखेको छु ।

घरेलु तथा साना उधोग बिकास समिति प्यूठानले हाल सम्म उद्योगी व्यबसायीहरुलाई कस्तो सेबा प्रदान गर्दै आइरहेको पाउनुभयो ?

म यहा आएको आज केही दिन भैसक्यो म आज दिउसो पनि गने एकजना सेबाग्राही आउनु भएको थियो । मैले उद्यमीहरुलाई आउने बितिकै एउटा प्यूठान उधोग वाणिज्य संघ र होटलव्यवसाय संघको संयुक्त रुपमा तेस्रो स्वर्गद्धारी प्यूठान महोत्सब आयोजना गरीएको रहेछ म आउने वितिकै प्यूठानक उद्यमीहरुलाई छलफल कार्यक्रम राखेर रेडियो कार्यक्रम पनि राखे यहाहरु लाई सर्बबिदितै भएको कुरा हो र मैले यहा विषेश गरेर औधोगिक व्यवसाय ऐनले के भन्छ भने उउकृख प्रसेनी अथवा संचार,उत्पादनमुलक , उर्जामुलक,कृषि तथा वन जन्य संचार पर्यटन यि विभिन्न किसिमका उद्योग धन्दा भएको अवस्थामा हाम्रो यहा विषेश गरेर उत्पादन मुलक उद्योगहरु भएको मैले पाए सेवामुलकमा विभिन्न इन्स्टिच्युट हरु जस्तो तपाइहरुले चलाएको उद्यम बिकास सहजकर्ता तपाइहरुले उत्पादन गर्ने विभिन्न प्रशिक्षण दिने ,सिलाइ कटाई तालिम दिने,मोबाइल मर्मत सम्बन्धी दिएको पनि मैले पाए । र विषेश गरेर ठेक्का पट्टा निर्माण सम्बन्धी पनि सेबामुलक उद्योग मैले पाए अब हामीले सेबा मुलम भन्दा पनि राज्य अब संघ प्रदेश स्थानिय तहमा गएको अबस्था मा हामीले विदेशमा आयात मुखि छौ अब निर्यात मुखि नभएसम्म अर्थतन्त्र सुर्धित हुदैन । अब स्थानीय तहले पनि आर्थिक संकलन गर्ने परीपाटो भनेको स्थानीय स्तरमा उद्योग उत्पादन गर्ने हो । उद्योग सिर्जना गर्ने रोजगार सिर्जना गर्ने उत्पादन बाट बल्ल कर उठाउने हो त्यो भएर उत्पादन तह केहो त्यसमा ध्यान दिन जरुरी छ भनेर मैले यहाका आदरणीय अग्रज नेताज्यूहरु समक्ष मैले तपाइहरु समक्ष पनि मैले यही कुरा राख्न खोजेर मैले राखेको पनि छु ।

यसो भनिरहदा रोजगारीको अबसरमा बर्सेनि जिल्ला बाट हजारौ युबाहरु बाहीरीएको तथ्याङक पनि छ युबा लक्षित कार्यक्रम प्रति ध्यान गएको छैन नी ?

हो, सहि कुरा गर्नुभयो। उद्योग वास्तबमा आज दैनिक १५००,२००० युवाहरु ीवदेश गईराखेका छन।यो अत्यन्त दुर्भाग्यको कुरा हो । अब राज्यले के भन्न सक्नु पर्यो भने यो प्रदेशमा यो क्षेत्र यो बर्षमा यति करोडको यो उद्योग उत्पादन गर्ने भनेर एउटा नितिमुलक कार्यक्रम ल्याउनु पर्छ । नेपाल सरकार अब हाम्रो ५ नं प्रदेश परयो अब हाम्रो ७ वटा मन्त्रालय मन्त्रिपरिषदको पनि गठन हुदैछ पक्कै पनि यो क्षेत्रमा यो उद्योग बन्ने छ भनेर राष्ट्यिस्तरमा एउटा निति बन्ला नितिले पनि उत्पादनमुलक उद्योग लाई पक्कै पनि टेवा दिने निति बन्ला भन्ने मैले अपेक्षा गरेको छु । मैले मन्त्रालयमा मन्त्रालय केन्द्रित भएर मन्त्रालयमा सम्पर्क गरेको छु ।

त्यसो भए जिल्लाबासि युबाहरुले रोजगार प्राप्त गर्ने आधारदेखिन्छ है ?

अहिले सम्म जति हुनु पर्ने हुनु पर्ने हो त्यति भैसकेको छैन। कृषि,पशुपालन,तरकारी खेति पर्यटन यसको ह’न सक्छ ,थोरै कमाइले गर्दा पनि युवाहरु विदेश तर्फ आक्रसित छन थारै कमाइको कारणले नेपालीहरु ीवखेश पटटी आकर्षण बढदो छ । नेपालीहरुको अपेक्षा भनेको उकै पटक ठुलो फाइदा लिने हुन्छ विदेश गएका युवाहरु पनि विदेशमा ठक्कर खाएर नेपालमा आएर रोजगारीमा लागेको पनि देख्न सकिन्छ । कति पयले बाख्रा पालेका छन ,कुखुरा व्यबसाय गरेका छन , कुखुरा व्यबसाय गरेर पनि बार्षिक करोडौको कारोबार गरीएको कयौ उदाहरण छन । विदेश गएका युबाहरु लाई यहि स्तरमा अनुशार धेरै कार्य गर्न सकिन्छ यस्तालार्ए धेरै प्रोत्साहन गर्नुपर्दछ । रोजगार दिने कार्य ल्याउनुपर्दछ ।

व्यबसायीलाई व्यबसाय प्रबर्द्धन गर्नका लागी अनुदान प्रदान त गरेकै छ नै फर्म दर्ता गर्ने पहुचका आधारमा अनुदान प्राप्त गर्ने व्यबसायी बन्नुको साटो अनुदान पचाउने मात्र काम भइरहेको छ भन्ने कुरा पनि छ नी ?

अत्यन्तै राम्रो कुरा गर्नु भयो राम्रो भएको छ पनि भन्न सकिदैन नराम्रो भएको छ पनि भन्न् सकिदैन म जुन जिल्लामा छु हामीले पत्रपत्रिकामा सुचाम प्रकाशन गर्छाै स’श्चना प्रबाह गरीसकेपछि एउटा कमिटि छ त्यो कमिटी तोकियको मापदण्ड अनुशार विभिन्न उद्योग दर्ता भएका कुराहरु पनि सबैकुराहरु कमिटीले हेर्छ र मूल्याङकन दिने आधार पनि छ उज्ञ,उद्द,उघ विषेश गरी घरेलु उद्योग लाई प्राथमिकता दिने उत्पादनमुलक व्यबसायलाई प्राथमिकता दिने त्यो रुपले हामीले अनुदान दिदै आएका छौ । त्यो पनि ८० प्रतिशत मेशिन औजारहरु दिने विगत बर्ष देखि मात्र लागु भएका्े हो त्यो भन्दा अगाडी यस्तो व्यबस्था थिएन । त्यो अनुदान पनि एउटा जिल्ला भित्र २० लाख २२ लाखको औजार दिनु भनेको त्यस्तो ठुलो रकम त होइन । ८० प्रतिशत नेपाल सरकारको अनुदान २० प्रतिशत उहाहरुको लगानीमा बढिमा १ लाख सम्म दिने त भनेकोे छ तर भाग बढी आउछ कोहिले १ लाख पाउछ कोहीले पाउदैन हामीले बढी भन्दा बढी दिउ त्यसरी नै लागुन भन्ने हाम्रो सोच हो। धेरै मान्छेहरु लाग्छन तर केहिले मिसयुज पनि गर्दछन । त्यसलाई हामीले अनुगमनको पाटोबाट सम्बन्धीत काममा लगाउने एउटा प्रयास गर्दै छौ र मेरो कार्यालयमा पक्कै पनि जिल्ला बासी व्यबसायीले बन्चित गराउने छैन । म निस्पक्ष तरीकाले सल्लाह लिएर काम गर्ने प्रतिबद्धता समेत राख्न चाहन्छु ।

बिगतका दिनमा पहुचको आधारमा यस्ता कार्यहरुले निरन्तरता पाइरहेको उदाहरण पाइन्छ ,तपाइबाट यस्तो नहुने आधार के छ ?

मलाइ नौलोे लाग्यो सबै जिल्लामा म धन्यबादको पात्र भएको जिल्लामा म उत्कृष्ट कार्यालय प्रमुख भएको र राम्रो काम गर्ने मध्यमा मेरो जुन जुन जिलामा त्यहा छ मेरो योगदान छ । यहाँ यस जिल्लामा गर्न सक्दैन भन्ने केही छैन । क्षेत्रिय कार्यालय प्रमुख भएकाले यहाबाट ३,४ जिल्ला हेर्छु ।यहाबाट एउटा गाडी छैन , तपाईहरुले देखिरहनुभएको छ । हामिले नमस्ते गरेर घर घरमा पुगेर सेवा दिइरहेको अवस्था छ । हामि कहा आउने कुनै पनि ब्यक्तिको गुनासो होला जस्तो लाग्दैन । म स्वयम कार्यालय प्रमुख हु म एउटा उप निर्देशकको रुपमा नाम निकालेको ब्यक्ति पनि हु सेबाग्राहि लाई सेवा दिइरहेका छौ । हामीले उद्योग दर्ता गर्ने, वाणिज्य त्यसमा कुनै गुनासो छैन जस्तो लाग्छ । निवेदन दिएको १५ मिनेट भित्र सेबा प्रदान गर्दछौ । तालिम प्राप्त गरेका व्यक्तिलाई त्यही खालको सेवा दिएका छौ । ठाउँ ठाउँमा तालिम चलाई त्यही मेशिन औजार दिएका छौ । अर्को प्रविधिको कुरोमा पनि सोही अनुसार प्रदान गरेका छौ । जुन मेडपा कार्यक्रम पनि संंंस्था छनोटको भरमा गएको छ । घरेलु तथा साना उद्योग कार्यालय अत्यन्त सानो अडडा हो केहि ओझेलमा परेको छ होला सेवा ग्राहीमा कुनै गुनासो छ जस्तो लाग्दैन यदि छ भने यहाहरुलाई मलाई भन्नुस होस्टेमा हैेस्य गरेर जनतालाई खुसिको सेबा दिनेमा प्रतिबद्धता छु ।

अब प्यूठानी व्यबसायीले राम्रो सेबा पाउनेमा ढुक्क भए हुन्छ त्यसो भए ?

एकदम मलाई म भन्ने गर्दछु देखि ५ बजे होइन कृष्ण सर होइन कृष्ण दाइको रुपमा अङकलको रुपमा जे रुपमा हेरे पनि म तपाइको छिमेकी हु मलाई सम्पर्क गर्नुस म जति बेला पनि तयार तपाइको गुनासाहरु सहज तरीकाले बुझ्ने छु । घरेलुमा आएर गुनासो गर्नु पर्दैन म जिल्लामा बस्दै गर्दा कुनै गुनासो सुन्ने सुनाउने वाताबरण बनाउने छैन ।

यस कार्यालय मात्र नभई विभिन्न संघ संस्था संग सहकार्य र समन्वय गरेर कार्य गर्दै आइरहेको छ कार्यक्रम त प्रभाबकारी नभएको गुनासो त व्याप्त छन नी ?

सही हो कृषि अरु धेरै अफिसका गाडीहरु छन कर्मचारी धेरै छन बजेट ठुलो छ हाम्रो स्थानीय लेबलमा जानुपर्छ बजेटको खाका हेर्नुस तपाइहरु आश्चर्य चकित पर्नुहुन्छ २ महिने ३ महिने तालिम हामी १०÷१२ जनालाई तलब भत्ता देखि सबै एक लाख डेढ लाखका कार्यक्रम हुन्छन जबकी लज्जास्पद स्थीति छ अहिलेको स्थितिमा र हाम्रो कार्यक्रम भनेको समुह , महिला समुह ,अपाङ्ग दलित बर्गसंग समन्वय गरी गर्ने कार्यक्रम हो र स्थानीय तहका पदाधिकारी हरु संग समन्वय गर्ने अनिबार्य खाचो हो त्यसले गर्दा हामीहरुले समुह सँग समन्वय गरेर काम गर्छाै । गुनासो पक्कै छैन यहाले अहिले यसो भन्दा हास्न मन लाग्यो नेपाली कागजका समुह संग अगरबत्तीका समुह साबुन समुह सँग सम्पर्क गरीरहेको सम्पर्क गरी रहेको छ कहा छन महिला समुह आउनुस म हात फिजाएर सेबा गर्दछु भनेको छु समुहबाट गुनासा आउने छैन । आउदा दिनमा पक्कै पनि ढुक्क हुनुस म खुसिका साथम विनम्र अनुरोध गर्न चाहन्छु सेवाग्राही म सँग हासेर खुसी मन गराएर जानेछन भन्छन नी मुस्कान सहित सेवा दिने म प्रण गर्दछु ।

हाल सम्म कस्ता कस्ता प्रकृतिका उद्योग तथा व्यबसाय दर्ता भैरहेका छन ?

म्ौले भने माघको २४ गते म जिल्लामा हाजिरी भएको हु रेकर्ड म हेर्दै छु पहाडी जिल्ला हो उद्योगको पुर्वाधार भनेको यातायात,बिजुली,मोटरबाटो हो । प्यूठान कस्तो छ यहालाई थाहा भएकै कुरा हो बुटवल देखि जब म हिडे मलाई निरासा लाग्यो किन भने प्यूठान भनेको त चर्चित बिद्धान व्यक्तित्वको जिल्ला हो तर बुटवल बसपार्क बाट एउटा गाडी छुटदोरहेछ खलंगाको लागी तै पनि ७स्३० को गाडीले ३ बजे ल्याउदा लज्जास्पद लाग्यो अहिलेको अवस्थामा उद्योगहरुको लागी पूर्वाधारको अवस्था यस्तो छ । कच्चामाल ल्याउने उत्पादन निर्यात गर्ने बजारि खाकाहरु बिद्यत हेर्नुहोस त दिनमा कति घण्टा लोड सेडिङ्ग हुन्छ खै हाम्रा उद्यमीले के पाउदा रैछन । चिउरा उद्यमी हुन सक्छन चामलका मिलका उद्यमी हुन सक्छन बिजुली मोटरबाटोघाटो पानी अनज २ दिन भयो नआएको यि पूर्वाधारको जब सम्म बिकास हुदैन तब सम्म उद्यमीका समस्या छन भर्खरको अनतरक्रिया कार्यक्रममा पनि धेरै उद्यमीका समस्याहरु चित्रकलीको समस्याहरु इहाले सुन्नुभयो त्यसले गर्दा मेरो तर्फबाट गर्ने उद्यमीको सेवाग्राहीमा सुबिधामा हामी प्रयास रत छौ र भुलने पनि छैनौ ।

व्यबसायीका लागी फर्म दर्ता गर्ने अनुदान पाउने प्रकृयाबारे व्यबसायीलाई प्रस्ट पारीदिनुहोस न ?

एकदमै सजिलो (सिटीजन चार्टर) नागरकि बडापत्र अहिले हाम्रो अफिस तल भुकम्पले गर्दा भत्केको रैछ त्यसैले मैले नागरीक बडापत्र बनायन दिईसकेको छु सेवाग्राहीले नागरीक बडापत्र भन्दा पनि छिटटै आएर हाकिम कहा आएर काम गर्न नेपालीको परीपाटी छ । कसैले पढदैनन हामी कहा दर्ता गर्ने प्रकृया अत्यन्त सहज छ । मुचुल्का छ लाल पुर्जा छ कसैमा सिधै निबेदनका आधारमा काम गर्ने गर्छाै । हामीले २ वटा मन्त्रालयको काम गर्छाै जसमा जसमा यद्योग मन्त्रालय र वाणिज्य मन्त्रालयको काम जसमा वाणिज्य फर्म दर्ता गर्नलाई कुनै समस्या छैन निवेदन र लालपुर्जा र नागरिकता ले दर्ता गर्न सक्नुहुन्छ । स्थानीय तहको सफिारीस आएमा एकदमै राम्रो कुरा तर उद्योगको लागी प्रकृती हेरीकन जस्तै फर्निचर मिल उद्योग जस्ता लाई स्थानीय तहको मुचुल्का चाहीन्छ । त्यती झन्झटीलो छैन ठुला ठुला उद्योग इट्टा उद्योग आइ इ आइ गर्ने पलट गर्ने क्रममा झन्झटीलो छ तर जिल्लामा गर्ने कुरा त्यस्तो केहीपनि समस्या छैन । सामान्य निवेदन सिफारीस मुचुल्काको भरबाट उद्योग दर्ता गर्न सकिन्छ गाहा्े हुदैन ।

अनि जिल्लामा व्यबसाय र उत्पादनको संभावना कस्तो पाउनुभयो ?

प्यूठानमा अत्य्न्त राम्रा मनोरम बस्तिहरु छन बिजुवार चेरनेटा चकचके देखि लिएर धेरै यरीया राम्रा छन तर आम्रो प्यूठान त्यतीबेलाको स्थितीमा अरु ठाउमा बस्ने खेतीयोग्य जमिनमा दाने भन्ने र भुवनावटको हिसाबमा हेर्दा खलंगा लाई अलि ठगेको रैछ यहाबाट सिधै २ घण्टामा सन्धिखर्क पुगिदो रहछि गाडीमा र ३ घण्टामै गुल्मीको पुर्कोट पुगिदो रैछ र यहाबाट करीब करीब २,३ घण्टामा रोल्पाको सिमानामा पुगिखो रैछ भने यहाबाट २ घण्टामा दाङ्गको सिमानामा पुगिदो रैछ । यसरी जोडीएको ठाउमा यहा बाटोघाटोले गर्दा अधिक औधोगीक पुर्वाधारहरु लाई समस्या रहेछ यहा गुल्मीको लागी पिन बाटो अर्घाखाँचीको लागी पिजबाटो यातायातको राम्रो सुविधा हुनेभने उद्योगको राम्रो संभावना आउछ र उद्यमी हरु आर्कषित दिसामा छन यहा चकचके देखि स्वर्गद्धारी सम्म केवलकार पर्यटकको बिकासको लागी थुप्रै संभावना शरु छन यहाका होटलहरु विभिन्न टा««वल एजेन्सीहरु टे«किङ्गहरु हेमेस्टेहरु धेरै सम्भाबना छन । अब बिस्तारै स्थानीय तहले उचित योजना बनाउने छ थ्यसका लागी नेपालसरकार ‘सबै निकायहरु क्ृषि,वन जस्ता कार्यालयहरुको एउटै थलोको योजना बनाएर अगाडी बढने छौ । यहाहरुलाई थाहा भएकै कुरा हो । यसरी उद्योग क्षेत्रको विकास पक्कै हुन्छ र वाध्यताको आवश्यकता पनिदेखेको छु ।

केही समय पछि घरेलु तथा साना उद्योग विकास समिती स्थानीय तहमै पुगेर सेबा प्रदान गरीने भन्ने चर्चा छ नी ?

पहिले पनि कृषि,भेटनरीका कार्यालय स्थानीय तहमा जानुपर्दछ भन्ने चर्चा हो र अहिले पनि मन्त्रालयमा सचिब ज्यू ले उद्योग बिकास शाखामा २००० कर्मचारी चाहिने अवस्थामा अहिले हामी कहा ५÷६ सय कर्मचारी हरु छन । त्यसैले गर्दा एउटै थलो बाट सेवा दिन्छौ र सम्पर्क समन्वय गर्छाै भनेर मन्त्रीपरीषद बैठकले निर्णय गरे अनुशार गरीने भएको छ । तालीम प्याकेजहरु ऋरु निकाय तथा अन्य कार्यालय बाट गर्दै आएका छौ । अब नेपालसरकार ले चैत्र २८ देखी तोकीदीएको छ यसमा समायोजन हुनेमा उद्योग मन्त्रालय पनि रहेको छ त्यसो भयो भने स्थानीय तहको फाट मै जान्छ । तयहा यद्योग बिकास शाखाको रुपमा रहन्छ । उद्योग दर्ता वाणिज्य दर्ता गर्ने कार्यहरु रहनेछन सरकारले निर्णय नगर्दा सम्म हामीले भन्न समिने अबस्था छै । संविधान मै भएको कुरा हो पक्कै पनि यो कार्यालय स्थानीय तहमा जान्छ।

अन्य जिल्लामा रहंदा यहाले उत्कृष्टता हासिल गरेर प्युठान आउनुभएको छ, अब के छन यहाँ गर्न सकिने नयाँ काम ?

फरक काम भन्दा पनि काम त एउटै प्रकृतिका नै हुन । यहाका राजनितिक दलका पदाधिकारीहरु ,जनप्रतिनिधिहरु,उद्यमीहरुलाई समेटेर यहाको सम्भाबना र आबश्यकताको पहिचान गरी केही कामहरु नमुना कामहरु गर्न सकिन्छ भन्ने मलाई लागेको छ अरु जिल्लामा गरेको अनुभबले गर्दा यहा केहीगर्न सकिन्छ भन्ने मलाई लागेको छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

पत्रकारीता अपरीहार्य बिषयबस्तु हो यो पत्रिका मार्फत सम्पुर्ण उद्योग, वाणिज्य क्षेत्रका हाम्रा उद्यमीहरु लाई यस कार्यालय बाट प्रचुर मात्रामा सेवासुविधा हरु लिनुहोस तपाइले जतिबेला पनि कृपया मलाई जतिबेला पनि मलाई सम्पर्क गरी यहाबाट पाउने सेवा सुविधा जानकारी दिने कति पनि कन्जुस्याई गर्ने छैन सोही अनुसार सेवा पदान गर्दै जाने छु ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...