अहिले विकासको, समृद्धिको ज्वरो आएको छ । अहिले मुलुकको एक सूत्रीय एजेण्डा समृद्धि भएको छ । हिजैदेखि हामीले यसमा धेरै छलफल गरेका छौं । अब विकास र समृद्धितिरै जाने हो ।
सैद्धान्तिकरुपमा अब क्रान्ति सकियो, अब समाजवादतिर प्रवेश गर्ने हो भन्दा त्यतिखेर हामी डराएका थियौं । अहिले त्यही प्रमुख नारा भएको छ, तर अर्कोरुपमा भएको छ ।
राम्रो कुरा हो, हामीले प्रशान्त महासागरमा जहाज चलाउनुपर्छ । तर, प्रशान्त महासागरको त्यो जहाजले हाम्रा सीमान्त श्रमजीवी वर्गका मानिसलाई के योगदान गर्छ भन्ने कुरा सोचिएन भने त्यहाँनेर मार्क्सवाद डेभिएट (विचलित) हुन्छ । यहाँनेर मार्क्सवाद रहँदैन । मोदीवाद हुन सक्छ, ट्रम्पवाद हुन सक्छ, अर्कोवाद हुन सक्छ, तर मार्क्सवाद हुँदैन ।
जुन विकासले, जुन समृद्धिले सीमान्त वर्गको समृद्धिलाई समेट्दैन, आधारभूत वर्गका मान्छेसँग त्यो गाँसिँदैन, यस्तो विकासले समस्या ल्याउँछ है भन्नेचाहिँ आठौं, नवौं महाधिवेशनसम्म हामीले निकालेको निश्कर्ष हो ।
अहिले धेरै राम्रा कुराहरु पनि भएका छन् । हामीले संविधान बनायौं, नाकाबन्दीको सामना गर्यौं, चीनसँग सम्बन्ध बढायौं । अहिले वाम पार्टीहरुको एकताको कुरा गर्दैछौं । यी असाध्यै राम्रा कुरा भएका छन् । अब मुलुकको एकसूत्रीय एजेण्डा समृद्धि हुनेछ । आफैंमा यो गलत छैन ।
तर, म तपाईहरुलाई एउटा सानो नक्सली कथा सुनाउँछु ।
कैयौं दिनदेखि खान नपाएर आलस-तालस भएका आमाछोरी थिए । ती आमाछोरी एउटा ठूलो सपिङ मलको तलपट्टि बसे । खान नपाएकी छोरीलाई आमाले मुसार्दै भनिन्- छोरी तँ यति राम्री छस्, जब तँ जवान हुन्छेस्, तँलाई ठूलो घरानामा म बिहे गर्दिन्छु । आ.. त्यहाँ त गाडी हुन्छन्, घोडाहरु हुन्छन्, सुनका थाल हुन्छन् छोरी सुनका थाल !
त्यो जहाजले हाम्रा सीमान्त श्रमजीवी वर्गका मानिसलाई के योगदान गर्छ भन्ने कुरा सोचिएन भने त्यहाँनेर मार्क्सवाद डेभिएट (विचलित) हुन्छ । यहाँनेर मार्क्सवाद रहँदैन । मोदीवाद हुन सक्छ, ट्रम्पवाद हुन सक्छ, अर्कोवाद हुन सक्छ, तर मार्क्सवाद हुँदैन ।
आमाको कुरा सकियो । छोरी केहीछिन बोलिन र एकछिनमा भनी- आमा, राम्रो हुनेरहेछ, तर त्यहाँ रोटीचाहिँ हुन्छ कि हुँदैन ?
यो कुरा अहिले हामीले प्रेसलाई पनि भन्नुपर्नेछ । अहिले समृद्धिको ज्वरोमा हामीले कस्तो मान्छेका लागि कस्तो विकास भन्नेबारेमा कुनै छलफल गरेका छैनौं । वुद्धिजीवीहरु पनि डराएका छन्, कसैले त्यो विकासको लाठोले हिर्काएर मूर्छा पार्दिन्छन् कि भनेर डराएका छन् ।
यहाँ पानीजहाज, रेलका बारेमा बहस भइरहेको छ, मान्छेका बारेमा बहस भएको छैन । रेलको कुरा छ, तर खोई मान्छेको कुरा ? न्यूनतम स्वतन्त्रताविना मान्छेको कुरा हुँदैन ।… मैले यो कुरा डराउँदै दोहोर्याएको हुँ ।
पहिले पहिले हामीले विकास र समृद्धिको कुरा गर्दा मान्छेले त्यति ध्यान दिँदैनथे । अहिले विकासको कुरा गर्दाखेरि बूढाबूढी आमाबुबाहरुको पनि अनुहारमा तेज आउँछ । यो धेरै राम्रो कुरा हो । तर, विकासको कुरा गर्दा चाइनाले गरेको विकासमा पनि त्यसको सुन्दर अनुहारमात्रै छैन ।
त्यसैले यो बहसमा हाम्रो वौद्धिक समाज, नागरिक समाज र मिडिया जोडिन सकेन भने हामीले विकास देखाउनुपर्ने हुन्छ । अनि विकास देखाउनका लागि साधन त आकाशबाट आउँदैन, पातालबाट पनि आउँदैन । हामीले अरुलाई दिनुपर्ने हुन्छ । रेल ? ल्याऊ । उसले भन्छ- म रेल किन ल्याउँछु भाइ, त्यताबाट बोराका बोरा धान लैजान पाउन्न भने, ट्रेनभरि मैले तिम्रो कोइला लैजान पाउन्न भने, खानी लैजान पाउन्न भने रेल किन ल्याउने ? अनि हामीले भन्नुपर्ने हुन्छ, ठीक छ रेल लिएर आऊ, ती चिजहरु लैजाऊ ।
अनि उसले भन्न सक्छ, तिम्रो त्यो भूमि ऐन सुधार । ११ विघाले कसरी हुन्छ ? ११ हजार विघा जमिन राख्न पाउने ऐन बनाऊ । अनि हामी रेल पनि ल्याउँछौं, कृषिमा लगानी पनि गर्छौं । शर्तहरु यस्तै हुनेछन् ।
सिद्धान्त र इतिहास सकिएपछि राजनीतिले पपुलिज्मको बाटो लिन्छ । पपुलिज्ममा केही झुण्ड अगाडि आउँछ । गुटहरु अगाडि आउँछन् । गुटका नायकहरु अगाडि आउँछन् । र, जुन दिन ती गुटहरुले काम गर्न छाड्छन्, सारा मुलुक र राजनीति ध्वस्त हुन्छ ।
हामीले सारा खानी, खोला, प्राकृतिक स्रोत नदीहरु बेचेर रेल ल्याउन लाग्यौं भने अनि त्यो सीमान्त श्रमजीवीको स्थिति के होला ? अनि यो चापाचापमा हाम्रो नेपाली जात कहाँ पुग्छ ?
यी विषयहरुमा किन छलफल चलाउन जरुरी छ भने सिद्धान्त र इतिहास सकिएपछि राजनीतिले पपुलिज्मको बाटो लिन्छ । पपुलिज्ममा केही झुण्ड अगाडि आउँछ । गुटहरु अगाडि आउँछन् । गुटका नायकहरु अगाडि आउँछन् । र, जुन दिन ती गुटहरुले काम गर्न छाड्छन्, सारा मुलुक र राजनीति ध्वस्त हुन्छ । सपना ध्वस्त हुन्छन् । त्यसबेला लेखकहरु, आलोचकहरुलाई सके कानूनले नसके दक्षिण अमेरिकामाजस्तो गुण्डा लगाएर मार्नेसम्म राज्य जान्छ । राज्य त्यहाँसम्म जान्छ । फासिस्ट बन्छ ।
अहिले वाम आन्दोलनमा यत्रो सम्भावनाको ढोका खुलेको छ । हामी समाजवादतर्फ जान सक्ने प्रशस्त सम्भावनाहरु छन् । तर, फेरि यो विकास, यो समृद्धि सिद्धान्त र विचारभन्दा अलग हुन्छ भनेर सोचियो भने नेपाली जातले चाँडै ठक्कर खान्छ, यसबाट हामी सतर्क रहनुपर्छ ।
त्यसपछि म ‘जेएनवादी’ भएँ…..
सिद्धान्तको प्रश्न, नेपाली समाजको सैद्धान्तिक व्याख्या गर्ने अनि त्यसलाई मार्क्सवादी अर्थराजनीतिक हिसाबले अध्ययन गर्ने र निश्कर्ष निकाल्नेको कोल्टे फेराइको नेता हो कामरेड झलनाथ खनाल ।
आठौं महाधिवेशनभन्दा अगाडि उहाँ एमालेको महासचिव हुनुहुन्थ्यो । मैले उहाँलाई सोधेको थिएँ, कामरेड तपाईसँग असहमति राख्न पाइन्छ कि पाइँदैन ? म तपाईलाई सहयोग गर्छु, तर असहमति राख्न पाइन्छ कि पाइँदैन ?
उहाँले वैचारिक हिसाबले आउनोस्, जुनसुकै असहमतिसँग म छलफल गर्न तयार छु, मैले खोजेकै यस्तै साथीहरु हो भन्नुभयो । र, त्यसपछाडि म जेएनवादी भएँजस्तो लाग्छ । त्योबेला असहमति राख्न पाइन्छ भनेर पार्टीका महासचिवले भन्ने कुरा ठूलो हो ।
आठौं महाधिवेशनमा हामीले नेपाली समाज बदलियो भनेर पार्टीमा प्रस्ताव राख्दाखेरि धेरै वास्ता हुँदैनथ्यो । हामीले नयाँ जनवादी क्रान्ति अथवा जनताको बहुदलीय जनवादी क्रान्ति सम्पन्न भइसक्यो भन्यौं । सरकार प्राप्त भो, तर सत्ता प्राप्त भएको छैन भन्ने जुन थेगो थियो, त्यो गलत हो, अब हाम्रो अगाडिको बाटो राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादमा जाने हो भन्यौं ।
हामी केन्द्रीय कमिटीमा पनि नभएका मानिसहरुले यो कुरा राख्दाखेरि कालोमोसो पो दलिने हो कि भनेर धेरैपटक सोच्यौं । तर, छलफलको वातावरण भएकै कारणले गर्दाखेरि केन्द्रीय कमिटीमा पनि नभएका केटाहरुले पार्टीमा प्रस्ताव राखेर पाँच वर्षमा पार्टीमा पारित भएर जाने कुरा सामान्य होइन । कुनै पार्टीमा पनि हुँदैन यस्तो । त्यसैले वैचारिक सैद्धान्तिक हिसाबले त्योकाल सम्झन लायक थियो भन्ने मेरो अनुभव छ ।
(एमाले उपमहासचिव भुसालले शुक्रबार बागबजारमा नेपाल अध्ययन केन्द्रद्वारा आयोजित एक कार्यक्रममा व्यक्त गरेको विचारको अंश onlinekhabar.com वाट लिएका हौं।)