News Portal

रेडियो सुन्नुहोस्

बि.एन.एम.टि द्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

सिखबर संवाददाता २६ जेठ
१३७६ पटक
२६ जेठ

प्युठानमा विगत लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको बिराट नेपाल मेडिकल ट्र««स्ट ( बि.एन.एम.टि)द्वारा स्वास्थ्य कार्यालय प्युठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
बि.एन.एम.टि नेपालगञ्जका क्षेत्रिय कार्यक्रम प्रबन्धक गंगाराम बुढाथोकीले ३ लाख बराबरको व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदीलाई हस्तान्तरण गरेका हुन्।सामग्री अन्र्तगत ३० सेट पिपिई,३ हजार सेट ग्लोभ्स,३ हजार सेट सर्जिकल मास्क,५५ लिटर सेनिटाइजर र ६० पिस एन–९५ मास्क रहेका छन्।
कोभिड –१९ को महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र प्रयोगशालाकर्मीहरुलाई बिशेष गरि सुरक्षा प्रदान गर्ने उद्देश्यले उक्त सामग्री उपलब्ध गराएको बुढाथोकीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘ क्षयरोग रोकथामका लागि हामीले सहकार्य गरिरहेका छौं अहिलेको विपतमा पनि सहकार्य गर्न कोसिस गरेका छौं।” कोभिड –१९ को जोखिममा हामी सबै भएतापनि उनीहरु अत्यन्तै जोखिममा हुने भन्दै उहाँले यस्तो बेला स्वास्थ्यकर्मीहरुको समस्या बुझ्न आवश्यकता रहेको बताउनुभयो।
विगत ३ बर्ष देखि प्युठानमा स्वास्थ्य कार्यालय प्यूठानको सहकार्यमा क्षयरोग रोकथाम तथा नियन्त्रण क्षेत्रमा काम गरिरहेको भन्दै उहाँले पहिलो चरणको कार्यक्रम अन्र्तगत सहयोग गरेको बताउनुभयो।
दोश्रो र तेश्रो चरणको कार्यक्रम अन्तरगत जिल्लाभर रहेका करिब ३ सय जना उपचाररत गरिब तथा असहाय क्षयरोगका विरामीहरुलाई पोषणको अभाव नहोस् भन्ने उद्देश्यले खाद्य सामग्री वितरण गर्ने र जिल्लाभरका स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने समेत जानकारी दिनुभयो।
स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जिल्लामा आफुहरु संगको सहकार्यमा क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा महत्वपुर्ण सहयोग गर्दै आएको भन्दै विपतको समयमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकोमा संस्थालाई धन्यवाद दिनुभयो। उनले प्राप्त गरेको सहयोगलाई स्थानिय तहसंगको समन्वयमा आवश्यक ठाउँमा उपयोग गर्ने बताउनुभयो।
अहिले जिल्लामा रहेका विभिन्न क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी चेकजाँच भैरहेको र स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट आवश्यक भैरहेको बेला संस्थाले गरेको सहयोग निकै महत्वपुर्ण भएको प्रमुख सुवेदीको भनाई छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...