News Portal

रेडियो सुन्नुहोस्

राप्ती २ काे सार्वजनिक सुनुवाई सम्पन्न

सन्ताेषकुमार गुप्ता३ भाद्र, प्यूठान
१३५२ पटक
३ भाद्र, प्यूठान

देउखुरीकाे राप्ती गाउँपालिका वडा नं २ ले आज बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि भन्ने मुल नाराका साथ गत आर्थिक वर्ष २०७६/०७७ को योजना तथा कार्यक्रमको समिक्षा गर्दै यस आर्थिक वर्ष २०७७/०७८ को योजना तथा कार्यक्रमको वडा नं २ ले सामाजिकदुरी कायम राख्दै सार्वजनिक सुनुवाई कार्यक्रममा सार्वजनिकरण गरेको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा गत वर्षका सम्पूर्ण योजनाको रकम, कार्य प्रगति, हुन नसकेको कामका कारण, कोभिड १९ को प्रभाव तथा वडाबाट खर्च भएको विवरण लगायतका विषयमामा वडा अध्यक्ष जगतबहादुर थापाले उपस्थीत सेवाग्राही तथा सरेकारवालाहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा वडा कार्यालयले प्रदान गरेका सेवा आर्थिक बर्ष २०७६/०७७ मा सम्पादन भएका कामहरुको वारेमा जानकारी गरिएको छ । गत वर्षमा वडाले नागरिकता तथा नागरिकताको प्रतिलिपीे सिफारिस १५१ वटा, जन्मदर्ता, मृत्युदर्ता, बसाइसराई दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्ता, अन्य सिफारिसहरु, लिखत प्रमाणित तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम नविकरण गरिएको संख्या जानकारी गरिएको थियो ।
गाउँपालिकाको कृषि तथा पशुसेवा शाखाका कार्यक्रम, मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम लगायतका कार्यक्रम कार्यान्वयनमा सहजीकरण गरिएको समेत जानकारी गरिएको थियो । वडाध्यक्ष जगतबहादुर थापाको अध्यक्षता तथा प्रदेश नं ५ का प्रदेशसभा सदस्य सांसद ईन्द्रजित थारुको प्रमुख आथित्यता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी र उपाध्यक्ष जगदम्वाकुमारी चौधरीको विशिष्ट आथित्यतामा भएको समिक्षा, सार्वजनिकरण र सार्वजनिक सुनुवाई कार्यक्रममा गत वर्षको योजना तथा कार्यक्रमका वारेमा बुदागत रुपमा जानकरी गरिएको थियाृ ।
गत आर्थिक वर्षमा भूमि कर मालपोत वाट ३ लाख ६ हजार २ सय ५४ रुपैया र गैर कर नगदी वाट ४ लाख ६४ हजार १ सय ७० रुपैया आम्दानि भएको समेत जानकारी गरिएको छ । आर्थिक वर्ष २०७६। ७७ का योजना तथा कार्यक्रमहरुको समिक्षा गर्दै कार्यक्रममा पशु वद्धाश्रममा पशु आहारा कार्यक्रम, २ नं. वडामा स्वास्थ्य शिविर, क्षमता अभिवृद्धि तालिम, खेलकुद कार्यक्रम संचालन, दृष्टिबिहिन छात्रछात्राहरुलाई सांकेतिक
सामग्री खरिद तथा वितरण, बाउन्नेपाटामा कटाई सिलाई, स्यानीघोष होम स्टे व्यवस्थापन, २ नं. वडाको निगरानी समूह वैठक तथा खर्च, २ नं वडामा बालविकास केन्द्रहरुमा भित्ते लेखन, एकतानगर तिनकुने चोक उत्तर तर्फ माटो पाट्ने र ग्रेवल गर्ने, कठाहा गोइन्द्री कुलोमा कल्भर्ट तथा सडक निर्माण, कठाहा बिच गल्ली ग्रेवल, बाउन्नेपाटामा ह्युमपाईप जडान कार्य, मौवा बुटे टोेल, बुटेनी टोल, माउते टोल, बीच गल्ली नयां
ट्रयाक खोलेको बाटोमा ग्रेवल, रामनगर हाईवे कटेशनाला बराखुटी कुलो सम्म सडक स्तरोन्नती, स्यानीघोष बगासोती सडक मर्मत, हर्षेडांडा खुरुरीया बाटो स्तरोन्नती, विद्युत पोल खरिद तथा जडान, बराखुट्टी अधरो नाला निर्माण, २ नं. वडाको वडा कार्यालय भवन निर्माण, अधुरो महिला भवन निर्माण, कठाहा चौतारी मर्मत, कालिका चोक डुवान क्षेत्र व्यवस्थापन, पुन्यपुर बाटो, निर्माण, पशु वृद्धाश्रमको गोठ व्यवस्थापन, पशु वृद्धाश्रमको पर्खाल निर्माण, वृहत खा.पाको भवनमा सेड निर्माण, मुक्त कमैया सार्वजनिक भवन निर्माण लगायत ४६ योजना तथा कार्यक्रमका विषयमा छलफल समेत गरिएको छ । सार्वजनिक कार्यक्रमकाे सहजीकरण गाउँपालिकाका प्रेस संयाेजक तिर्थराज ज्ञवालीले गरेका थिए भने कार्यक्रमकाे सञ्चालन वडा नम्बर २ की वडासचिव सीता भण्डारीले गरेकी थिइन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...