News Portal

रेडियो सुन्नुहोस्

दुई बर्षिय थारुप थापामगरको आम्दा अस्पताल बुटवलद्धारा मृत घोषणा

दीपा घर्ती (पौडेल)१३ भदौ, प्यूठान
२३९० पटक
१३ भदौ, प्यूठान

जिल्ला अस्पताल बिजुवार प्युठानमा आर्थिक अभावका कारण अलपत्र परेर अचेत भएका २ बर्षिय बालक थारुप थापामगरको उपचारको क्रममा बुटवलमा मृत्यु भएको छ।

प्युठान माण्डवी गाउँपालिका वडा नं. १ तिराम थक्लेनीका बालक थारुपलाई विभिन्न सहयोगदाताहरु को सहयोगमा प्यूठानबाट बुटवल लगिएको थियो। थापामगरको सिटि स्क्यान रिर्पोट अनुसार मस्तिष्कको दाहिने भागमा गम्भिर प्रकारको समस्या दाहिने पट्टीको मस्तिष्कघात { Right ischemic strok e देखिएको थियो। आम्दा अस्पताल वुटवलका डा. सन्तोष पोख्रेलका अनुसार बालकलाई बचाउन धेरै प्रयास गरेता पनि बचाउन नसकिएको हो।

बालकको उपचारको लागि बिभिन्न सहयोगदाताहरुले गरेको सहयोगको बिषयमा सहयोगदाताहरुको परामर्शमा के गर्ने भन्ने बिषयमा छलफल गरि निर्णय लिने सिखबर.डट.कम अनलाईनका सम्पादक नोमराज पौडेलले बताउनुभयो। पौडेलले थारुपलाई बचाउनको लागि बिभिन्न संचारमाध्यमबाट उनको बिषयमा आएको समाचारलाई चासो राखेर आर्थिक, भौतिक ,नैतिक सहयोग गर्ने सवैलाई धन्यबाद दिनुभएको छ। झिमरुक मिडिया नेटवर्कद्धारा संचालित सिखबर डट.कमका अध्यक्ष हरि भण्डारीले अचेत बालकलाई बचाउनको निकै खटेर लाग्ने जिल्ला अस्पताल बिजुवारमा कार्यरत एम.जि.डि.पि डा. सुनिल सुनार, जिल्ला अस्पताल विजुवारका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत पन्थी , चितवन रहनु भएका एम.डि.जि.पि डा. समिर लामा, लुम्बिनी सिटी अस्पतालका न्यूरो सर्जन डा. सुदिपराज सिंह , लुम्बिनी सिटी अस्पतालका ब्यवस्थापक बसन्त जि.सी लगाएतका सहयोगी मनलाई धन्यबाद दिनुभयो।

बालकको निधनले मिडियालाई नै दु:खि वनाएको छ। बालक प्रति श्रद्धान्जली अपर्ण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौ। अस्पत्तालमा आर्थिक अभावका कारण अलपत्र परेका वालकको उपचारमा संलग्न आम्दा अस्पतालका डा. सन्तोष पोख्रेल सहितको टिम र बुटवल सम्म पुर्याई उपचारमा सहयोग गर्नुहुने माण्डवी गाउँपालिका निवासी समाजसेवी हरि बस्नेत, लेखक दिल निशानी मगर, अभियन्ता इशा गुरुङ, सपना पाण्डेय, निरञ्जन लामिछाने, सितल राना, शिशिर भण्डारी, हरि भण्डारी लगायत सवैमा धन्यवाद।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...