News Portal

रेडियो सुन्नुहोस्

दुई बर्षिय थारुप थापामगरको आम्दा अस्पताल बुटवलद्धारा मृत घोषणा

दीपा घर्ती (पौडेल)१३ भदौ, प्यूठान
२१८४ पटक
१३ भदौ, प्यूठान

जिल्ला अस्पताल बिजुवार प्युठानमा आर्थिक अभावका कारण अलपत्र परेर अचेत भएका २ बर्षिय बालक थारुप थापामगरको उपचारको क्रममा बुटवलमा मृत्यु भएको छ।

प्युठान माण्डवी गाउँपालिका वडा नं. १ तिराम थक्लेनीका बालक थारुपलाई विभिन्न सहयोगदाताहरु को सहयोगमा प्यूठानबाट बुटवल लगिएको थियो। थापामगरको सिटि स्क्यान रिर्पोट अनुसार मस्तिष्कको दाहिने भागमा गम्भिर प्रकारको समस्या दाहिने पट्टीको मस्तिष्कघात { Right ischemic strok e देखिएको थियो। आम्दा अस्पताल वुटवलका डा. सन्तोष पोख्रेलका अनुसार बालकलाई बचाउन धेरै प्रयास गरेता पनि बचाउन नसकिएको हो।

बालकको उपचारको लागि बिभिन्न सहयोगदाताहरुले गरेको सहयोगको बिषयमा सहयोगदाताहरुको परामर्शमा के गर्ने भन्ने बिषयमा छलफल गरि निर्णय लिने सिखबर.डट.कम अनलाईनका सम्पादक नोमराज पौडेलले बताउनुभयो। पौडेलले थारुपलाई बचाउनको लागि बिभिन्न संचारमाध्यमबाट उनको बिषयमा आएको समाचारलाई चासो राखेर आर्थिक, भौतिक ,नैतिक सहयोग गर्ने सवैलाई धन्यबाद दिनुभएको छ। झिमरुक मिडिया नेटवर्कद्धारा संचालित सिखबर डट.कमका अध्यक्ष हरि भण्डारीले अचेत बालकलाई बचाउनको निकै खटेर लाग्ने जिल्ला अस्पताल बिजुवारमा कार्यरत एम.जि.डि.पि डा. सुनिल सुनार, जिल्ला अस्पताल विजुवारका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत पन्थी , चितवन रहनु भएका एम.डि.जि.पि डा. समिर लामा, लुम्बिनी सिटी अस्पतालका न्यूरो सर्जन डा. सुदिपराज सिंह , लुम्बिनी सिटी अस्पतालका ब्यवस्थापक बसन्त जि.सी लगाएतका सहयोगी मनलाई धन्यबाद दिनुभयो।

बालकको निधनले मिडियालाई नै दु:खि वनाएको छ। बालक प्रति श्रद्धान्जली अपर्ण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौ। अस्पत्तालमा आर्थिक अभावका कारण अलपत्र परेका वालकको उपचारमा संलग्न आम्दा अस्पतालका डा. सन्तोष पोख्रेल सहितको टिम र बुटवल सम्म पुर्याई उपचारमा सहयोग गर्नुहुने माण्डवी गाउँपालिका निवासी समाजसेवी हरि बस्नेत, लेखक दिल निशानी मगर, अभियन्ता इशा गुरुङ, सपना पाण्डेय, निरञ्जन लामिछाने, सितल राना, शिशिर भण्डारी, हरि भण्डारी लगायत सवैमा धन्यवाद।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...